Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • केयर गिभरका लागि तीन हजार चार सय ६१ जनाको आवेदन स्वीकृत
केयर गिभरका लागि तीन हजार चार सय ६१ जनाको आवेदन स्वीकृत
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, साउन २२, २०८१

काठमाडौं– वैदेशिक रोजगार विभागले इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदार (केयर गिभर)को रुपमा जानका लागि आवेदन दिएकामध्ये तीन हजार ४६१ जनाको आवेदन स्वीकृत गरेको छ । चार हजार २४ जनाले आवेदन दिएकोमा आवश्यक कागजात परीक्षणपश्चात् उक्त संख्यामा आवेदन स्वीकृत गरिएको विभागले सोमबार जानकारी दिएको छ ।

विभागले सोमबार जारी गरेको सूचनामा स्वीकृत भएका तीन हजार ४६१ आवेदनमध्ये एक हजार ८६३ पुरुष र एक हजार ५९८ महिला रहेको उल्लेख गरिएको छ । आवेदन दिएकामध्ये ३२१ जनाको आवेदन रद्द गरिएको र कागजात नपुगेका २४२ जनाको आवेदन फिर्ता पठाइएको उल्लेख छ ।

विभागले स्वीकृत गरेका आवेदन इजरायलको सरकारी निकाय पिबालाई पठाएको जनाएको छ । पिबाले ‘नेम चेक’को नतिजा पठाएपश्चात् सफल उम्मेदवारहरुलाई मात्रै इजरायल सरकारको छनोट कार्यक्रममा समावेश गराइने विभागले जनाएको छ ।

Hardik health

इजरायलले सुरुमा ५०० जना मुख्य उम्मेदवार र ३०० जना वैकल्पिक गरी ८०० जना नेपालीलाई केयर गिभरमा लैजान आवेदन माग गरे पनि यो संख्यालाई बढाएर दुई हजार पु¥याएको थियो । जसमा मुख्य उम्मेदवार र वैकल्पिक उम्मेदवार एक÷एक हजार भनी उल्लेख गरिएको छ । जसअन्तर्गत ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष कामदार लैजाने इजरायली नीति रहेको छ । तर आवेदन दिने नेपालीको संख्या महिलाभन्दा पुरुष बढी रहेको छ । 

इजरायलले दीर्घकालीन स्याहार केन्द्रमा बच्चा, युवा तथा ६५ वर्ष ननाघेका गम्भीर अपांगता भएका व्यक्तिको हेरचाह तथा स्याहार गर्न नेपालबाट केयर गिभरको माग गर्दै आएको जनाएको छ । यसअघि नेपालबाट केयर गिभरमा काम गर्न झण्डै १२ सय नेपाली इजरायल गइसकेको विभागले जनाएको छ । केयर गिभरमा छनोट हुनेले मासिक पाँच हजार ८८० सेकेल इजरायली मुद्रा अर्थात् दुई लाख १० हजार रुपैयाँभन्दा बढी पारिश्रमिक पाउने छन् भने करार अवधि सुरुमा एक वर्षको हुने छ । त्यसपछि बढीमा पाँच वर्षसम्म थप गर्न पाइने छ ।

यसै सन्दर्भमा इजरायलमा कामदार पठाउने प्रक्रिया जिटुजीअन्तर्गत पर्ने भएकाले छनोट प्रक्रिया निष्पक्ष र पारदर्शी हुने उल्लेख गर्दै अनधिकृतरुपमा रकम संकलन भइरहेको जानकारी आएको भन्दै यसप्रति विभागको गम्भीर ध्यानाकर्षण भएकोसमेत उल्लेख गरिएको छ । तसर्थ कतिपय व्यक्ति÷समूहबाट छनोट प्रक्रियाबारे फैलाइएका भ्रममा नपर्न र अनधिकृतरुपमा रकम नबुझाउन पनि विभागले सम्बन्धित सबैमा आग्रह गरेको छ । यसअघि असार १३ गते इजरायलमा जान इच्छुक कामदारहरुको आवेदन आह्वान गरेलगत्तै विभागले एक सूचना जारी गर्दै गैरकानुनीरुपमा प्रलोभनमा पारी रकम ठगी गर्ने गिरोह सक्रिय भएको भन्दै सचेतता अपनाउन आग्रह गरेको थियो ।

 


प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  १०:४२
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज मंगलबार, चैत १७, २०८२
ठगीको अभियोगमा पक्राउ
ठगीको अभियोगमा पक्राउ मंगलबार, चैत १७, २०८२
बालेन्द्र सरकारको प्राथमिकता पनि श्रम सम्झौता विस्तारमै
बालेन्द्र सरकारको प्राथमिकता पनि श्रम सम्झौता विस्तारमै मंगलबार, चैत १७, २०८२
राहदानी र कन्सुलर सेवाका लागि वृहत घुम्ती शिविर सञ्‍चालन हुने
राहदानी र कन्सुलर सेवाका लागि वृहत घुम्ती शिविर सञ्‍चालन हुने सोमबार, चैत १६, २०८२
श्रम मन्त्रालयकाे १० बुँदे तत्काल कार्ययोजना सार्वजनिक
श्रम मन्त्रालयकाे १० बुँदे तत्काल कार्ययोजना सार्वजनिक सोमबार, चैत १६, २०८२
अब आवेदन दिएको दिनमै श्रम स्वीकृति दिने तयारी
अब आवेदन दिएको दिनमै श्रम स्वीकृति दिने तयारी सोमबार, चैत १६, २०८२
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती आइतबार, चैत १५, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP