Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #महोत्सव_२०८३
  • #आदिवासी_जनजाति_चलचित्र_महोत्सव
  • #नेपाल_तामाङ_घेदुङ
  • #कामकाजमा तामाङ र नेपाल भाषा
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #सपनाको_चंगा
  • #नेपाल चेम्बर अफ कमर्स
  • #नेपाल_पर्यटन_बोर्ड
Search Here
विश्व
  • Home
  • विश्व
  • सोमबार विहानैदेखि प्रमुख सहरमा सुरक्षाकर्मीले गस्ती गर्दै
सोमबार विहानैदेखि प्रमुख सहरमा सुरक्षाकर्मीले गस्ती गर्दै
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, साउन २१, २०८१

ढाका - प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गर्दै सडकमा उत्रिएका प्रदर्शनकारीले पुनः प्रदर्शन शुरू गरेपछि आइतबार भएको झडपमा कम्तीमा ९४ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । 

गत महिना सुरु भएको प्रदर्शनमा सोमबारसम्म प्रहरी, सरकारी अधिकारी र चिकित्सकबाट एएफपीले प्राप्त गरेको तथ्याङ्कमा कम्तीमा ३०० जनाको मृत्यु भएको पुष्टि भएको छ । 

आइतबार एकै दिनमा धेरै जनाको ज्यान जानेगरी झडपहरू भएपछि बङ्गलादेशको सुरक्षाकर्मीले सोमबार विहानैदेखि राजधानी ढाकामा गस्ती गरेको छ ।विश्लेषकहरूले आइतबार देशभरका लाखौं प्रदर्शनकारी र सरकारी समर्थकहरूबीच लाठी र चक्कुले एकअर्कासँग आक्रमण गर्न थालेपछि सुरक्षा फौजले गोली चलाएको थियो । 

ढाकामा रहेका सैनिक र प्रहरीले आइतबार साँझदेखि लागू भएको कफ्र्यू लागू गर्नका लागि काँडेतार लगाएर प्रधानमन्त्री हसिनाको कार्यालय जाने बाटोहरूमा अवरोध गरेका छन् ।गत महिनादेखि शुरु भएको आन्दोलन प्रधानमन्त्री हसिनाको १५ वर्षे शासनकालको सबैभन्दा खराब अशान्तिमा परिणत भएको छ र ७६ वर्षीय हसिनाले राजिनामा दिनुपर्ने व्यापक मागमा परिणत भएको छ ।

Hardik health

आन्दोलनप्रति नागरिक सहभागिता बढेसँगै मोबाइल इन्टरनेटलाई देशव्यापी रूपमा कडाइका साथ प्रतिबन्धित गरिएको थियो, कार्यालयहरू बन्द गरिएको थियो र देशका आर्थिक रूपले महत्त्वपूर्ण तीन हजार ५०० भन्दा बढी गार्मेन्ट कारखानाहरू बन्द गरिएको थियो । 

विद्यार्थीद्वारा अवज्ञा आन्दोलनको घोषणा गरेकै दिन राजधानी ढाकालगायतका स्थानमा स्थििति थप तनावपूर्ण बनेको हो । राष्ट्रव्यापी अवज्ञा अभियानको नेतृत्व गरेका एक प्रमुख नेता आसिफ महमुदले भन्नुभयो, “अन्तिम विरोध प्रदर्शन गर्ने समय आएको छ । हामी देशभरका विद्यार्थी र सर्वसाधारणलाई ढाकातर्फ अघि बढ्न  आह्वान गर्दछौं ।

आइतबार उत्तरपूर्वी शहर इनायतपुरको एक स्टेसनमा प्रदर्शनकारीले आक्रमण गर्दा १४ जना प्रहरी अधिकारीसहित कम्तीमा ९४ जनाको मृत्यु भएको थियो ।संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुख भोल्कर तुर्कले जारी गरेको विज्ञप्तिमा बङ्गलादेशमा भइरहेको प्रहरी ज्यादती र हिंसा रोकिनुपर्ने बताएका छन् । 

इलिनोइस स्टेट युनिभर्सिटीका राजनीतिका प्राध्यापक तथा बङ्गलादेशका विज्ञ अली रियाजले प्रधानमन्त्री हसिनाले ‘प्रदर्शनकारीका मागप्रति खासै चासो दिएकोजस्तो’ नदेखिएको र यसले तनाव थप बढिरहेको चेतावनी दिएका छन् । रियाजले भन्नुभयो, “यो सबै उपायहरूद्वारा अभूतपूर्व लोकप्रिय विद्रोह हो ।” राज्यपक्षधर र सत्ताका वफादारहरूबीचको अहिलेको क्रूरतालाई बङ्गलादेशको इतिहासमा नै भएका सिमित आन्दोलन र तीनको प्रभाबसँग जोड्न सकिन्छ । 

एएफपीले पुष्टि गरेको सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोअनुसार ढाकामा प्रदर्शनकारीहरूले हसिनाका पिता शेख मुजिबुर रहमानको शालिकमा आन्दोलनकारी चढेर यसलाई हथौडाले तोडेको तस्बीर सामाजिक सञ्जालमा भाइरल बनेको छ ।


प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  १३:३६
प्रतिक्रिया दिनुहोस्
थप विश्व
परेवाको दिशाबोधमा कलेजोको भूमिका
परेवाको दिशाबोधमा कलेजोको भूमिका शुक्रबार, जेठ १५, २०८३
रुसी ड्रोन रोमानियामा खस्यो
रुसी ड्रोन रोमानियामा खस्यो शुक्रबार, जेठ १५, २०८३
ट्रम्पको तस्बिर र हस्ताक्षर अंकित २५० डलरको नयाँ नोट छाप्ने तयारी
ट्रम्पको तस्बिर र हस्ताक्षर अंकित २५० डलरको नयाँ नोट छाप्ने तयारी शुक्रबार, जेठ १५, २०८३
इरान-अमेरिका युद्धविराम विस्तार
इरान-अमेरिका युद्धविराम विस्तार शुक्रबार, जेठ १५, २०८३
ब्लू ओरिजिनको रकेट परीक्षणमै विस्फोट
ब्लू ओरिजिनको रकेट परीक्षणमै विस्फोट शुक्रबार, जेठ १५, २०८३
फिफाले ‘बहुप्रवेशी भिसा’ उपलब्ध गराउनेमा इरान आशावादी
फिफाले ‘बहुप्रवेशी भिसा’ उपलब्ध गराउनेमा इरान आशावादी बिहीबार, जेठ १४, २०८३
कुवेतमा मिसाइल-ड्रोन हमला
कुवेतमा मिसाइल-ड्रोन हमला बिहीबार, जेठ १४, २०८३
लोकप्रिय
  • Week
  • Month
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP