Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #शुक्रराज शर्मा
  • #सफल _युवराज पौडेल
  • #आदिवासी जनजाति
  • #नेपाल_आदिवासी_ज्ञान
  • #'उज्यालो नेपाल
  • #‘हट स्पट’ रुपन्देही-३
  • #विश्व सिमसार दिवस
  • #राष्ट्रिय जनमुक्ति पार्टी
  • #जरा_उद्यान
Search Here
समाचार
  • Home
  • समाचार
  • टिआरसी विधेयक टुंगिने प्रक्रियामा 
टिआरसी विधेयक टुंगिने प्रक्रियामा 
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, साउन १५, २०८१

मोटामोटी सहमति जुटिसक्यो । एउटा विषय छ । त्यो पनि टुंगिन्छ र यसपछि हामी यही १६ साउनमा बैठक बसेर सहमति भएको विषयमा भाषाबारे निर्णय गरी अघि बढ्छौं ।
महेश बर्तौला
प्रमुख सचेतक, नेकपा एमाले 

काठमाडौं– प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच संक्रमणकालीन न्याय (टिआरसी) सम्बन्धी विधेयकमा अब एउटा मात्रै विषयमा सहमति जुट्न बाँकी छ । त्यो हो– द्वन्द्वकालीन घटनाका पीडित र पीडकपक्षबीच मेलमिलाप गर्दा पीडित पक्ष नमाने के गर्ने ? यसमा दलहरूबीच सहमति जुट्न बाँकी छ । 

एमालेका प्रमुख सचेतक महेश बर्तौलाले अब बिहीबारसम्ममा विवादित उक्त विषयमाथि पनि सहमति जुटाइसक्ने बताए । उनी पनि टिआरसीबारे गठित कार्यदलका सदस्य हुन् । यसअघि एमाले र माओवादीबीच द्वन्द्वकालीन गम्भीर प्रकृतिका मानवअधिकार उल्लंघन मुद्दाको सजाय कति तोक्ने भन्नेबारे पनि सहमति जुटेको थिएन । एमाले प्रचलित कानुनले तोकेको सजायमा धेरै छुट दिन नमिल्ने अडानमा थियो भने माओवादी द्वन्द्वका क्रममा दोषी भए पनि सजाय थोरै हुनुपर्ने पक्षमा थियो । एमाले हालै आफ्नो अडानबाट पछि हट्यो । पीडकलाई २५ प्रतिशत सजाय तोक्न एमाले सहमत भएको छ । 

Hardik health

गम्भीर प्रकृतिको मानवअधिकार उल्लंघनको परिभाषामा पनि सहमति जुटेको छ । जसअनुसार ‘निर्ममतापूर्वक वा स्वेच्छाचारी (आर्बिट्ररी) हत्या’ राखिने भएको छ । विधेयकमा भने ‘क्रूर यातना दिई वा निर्ममतापूर्वक ज्यान मारेको’ भन्ने उल्लेख छ ।बाल लडाकुको व्यवस्थापनमा पनि तीन दलबीच सहमति बनिसकेको छ । अब भएका सहमति नतोडिए बिहीबारसम्म टिआरसी टुंगो लगाउने सन्दर्भमा ऐतिहासिक सफलता मिल्ने कानुन, न्याय तथा मानवअधिकार समिति सभापति विमला सुवेदीले बताइन् । 

यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएका बेला २७ फागुन २०७९ मा टिआरसी विधेयक संसद्मा दर्ता भएको थियो । तर, विधेयकका केही बुँदामा एमालेको असहमति थियो । अन्ततः एमाले पूर्ववर्ती अडानबाट लचक हुँदा टिआरसी टुंगिनेतर्फ अघि बढेको हो । 

दलहरूबीच भएको आपसी समझदारीमा तलमाथि नभए १८ वर्षदेखि लम्बिँदै आएको नेपालको शान्ति प्रक्रिया औपचारिकरुपमा निष्कर्षमा पुग्ने छ । यसअघि नेपालको शान्ति प्रक्रियासँग सम्बन्धित तीन विषय सेना समायोजना, हतियार व्यवस्थापन र संविधान निर्माण सम्पन्न भइसकेको छ । यसले गर्दा अबको कार्यभार भनेकै विधेयकमा सहमति जुटाउनु हो । सहमति जुटाएर बिहीबार कार्यदलको बैठक बस्ने र सोही बैठकले भाषाबारे निर्णय गर्ने बर्तौलाले बताए ।

‘मोटामोटी सहमति जुटिसक्यो । एउटा विषय छ । त्यो पनि टुंगिन्छ र यसपछि हामी यही १६ साउनमा बैठक बसेर सहमति भएको विषयमा भाषाबारे निर्णय गरी अघि बढ्छौं,’ बर्तौलाले भने । नेपालमा १० वर्ष चलेको द्वन्द्वका क्रममा भएका घटनाका विषयमा छानबिन गरेर पीडितलाई न्याय दिलाउने प्रयास भएको १८ वर्ष बितिसकेको छ । तर, टिआरसीमा दलहरू अल्झिए ।

यहीबीच गत वर्षको १४ कात्तिकमा नेपाल भ्रमणमा आएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले पनि नेपालको संक्रमणकालीन न्यायलाई टुंगो लगाउन तत्कालीन प्रधानमन्त्रीदेखि प्रमुख प्रतिपक्षी दल (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई सुझाव दिएका थिए । तर, त्यसबेला एमालेले चारवटा बुँदामा अडान राखेकोले हिउँदे अधिवेशनमा टिआरसी विधेयक संसद्मा पेस हुनै पाएको थिएन । त्यही चार बुँदेमा एमाले लचक हुँदै जाँदा टिआरसी टुंगोमा पुग्ने आशा जगाएको छ ।
 


प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१  ११:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
श्रमिकको परिवारलाई २० लाख बढी आर्थिक सहायता
श्रमिकको परिवारलाई २० लाख बढी आर्थिक सहायता बुधबार, माघ २१, २०८२
निर्वाचनमा हुने प्रविधिको दुरुपयोग रोक्न आयोग र टिकटकबीच समझदारी
निर्वाचनमा हुने प्रविधिको दुरुपयोग रोक्न आयोग र टिकटकबीच समझदारी बुधबार, माघ २१, २०८२
काठमाडौंको योजना दिगो विकास केन्द्रित हुनुपर्छः मन्त्री चौलागाईं
काठमाडौंको योजना दिगो विकास केन्द्रित हुनुपर्छः मन्त्री चौलागाईं बुधबार, माघ २१, २०८२
विधायन समिति बैठकः अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ माथि छलफल
विधायन समिति बैठकः अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ माथि छलफल बुधबार, माघ २१, २०८२
लुम्बिनीको स्थापना दिवसः सङ्घीयताको बलियो आधार नै प्रदेश
लुम्बिनीको स्थापना दिवसः सङ्घीयताको बलियो आधार नै प्रदेश बुधबार, माघ २१, २०८२
राष्ट्रियता हाम्रो अस्तित्वको आधार हो: उपराष्ट्रपति यादव
राष्ट्रियता हाम्रो अस्तित्वको आधार हो: उपराष्ट्रपति यादव बुधबार, माघ २१, २०८२
भैरहवा क्षेत्रमा रात्रीकालीन बजार सञ्चालनका लागि पहल गरिने
भैरहवा क्षेत्रमा रात्रीकालीन बजार सञ्चालनका लागि पहल गरिने बुधबार, माघ २१, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP