Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • भक्तपुर उत्कृष्ट पर्यटकीय गन्तव्यस्थल बन्दै
भक्तपुरमा एक वर्षमा २ लाख ४५ हजार भन्दा बढी विदेशी पर्यटकहरुद्वारा अवलोकन भक्तपुर उत्कृष्ट पर्यटकीय गन्तव्यस्थल बन्दै
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, साउन १३, २०८१

भक्तपुर- भक्तपुर घुम्न आउने पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको छ । भक्तपुर नगरपालिका पर्यटन सूचना केन्द्रका अनुसार आ.व. २०८०।८१ मा मात्र २ लाख ४५ हजार ५९३ जना पर्यटकले भक्तपुर भ्रमण गरेका छन् ।

भक्तपुरमा आन्तरिक तथा विदेशी पर्यटक घुम्न आउनेको संख्यामा उल्लेखनीय वृद्धि भएसँगै यहाँ पर्यटकहरुको चहलपहल बढेको छ । नेपाल भ्रमणमा आएका पर्यटकहरुलाई भक्तपुर एकपटक पुग्नैपर्ने गन्तव्यस्थलको रुपमा विकास गर्न भक्तपुर नगरपालिकाले पर्यटन प्रवद्र्धनमा विशेष जोड दि“दै आएको छ । भक्तपुरमा पर्यटकहरुको चहलपहल बढेस“गै भक्तपुर संसारकै उत्कृष्ट पर्यटकीय गन्तव्यस्थल बन्दै गएको छ भन्दा अत्युक्ति नहोला ।


 तथ्यांकगत रुपबाट हेर्ने हो भने आर्थिक वर्ष २०८०।८१ मा २ लाख ४५ हजार ५९३ जना विदेशी पर्यटकहरूले भक्तपुर अवलोकन गरेका थिए । त्यसमध्ये १ लाख १६ हजार ४०१ जना  (गैरसार्क) र १ लाख २९ हजार १९२ जना (सार्क राष्ट्र र चीनका पर्यटकहरू) रहेका छन् । 

गत आर्थिक वर्ष २०७९।८० को तथ्यांक हेर्ने हो भने एक वर्षको अवधिमा १ लाख ६७ हजार ६५२ जना विदेशी पर्यटकहरूले भक्तपुर अवलोकन गरेका थिए । सोही आ.व. मा गैर सार्क ८६ हजार ३ सय ३४ जना र सार्क राष्ट्र र चीनका ८१ हजार ३ सय १८ जना पर्यटकहरूले भक्तपुर अवलोकन गरेको तथ्यांक छ । 
आ.व.२०७९÷८० को तुलनामा आ.व. २०८०।८१ मा ७७ हजार ९४१ जना पर्यटक संख्या वृद्धि भएको हो । जसअन्तर्गत गैरसार्कमा ३० हजार ६७  जना र सार्क र चीनका ४७ हजार ८७४ जना पर्यटकहरु रहेका छन् । गत आव.को तुलनामा यस आ.वमा ४६।४९ प्रतिशतले पर्यटक संख्या वृद्धि भएको हो ।

Hardik health

आ.व. २०८०।८१ मा पर्यटन शुल्कबाट भक्तपुर नपाले रु. २७ करोड ४५ लाख भन्दा बढी रुपैयाँ संकलन ग¥यो । जसमा गैरसार्क पर्यटकबाट रु. २० करोड ९९ लाख ७५ हजार ९५० भन्दा बढी र सार्क राष्ट्र र चीनका पर्यटकबाट रु. ६ करोड ४५ लाख ९६ हजार पर्यटन शुल्क उठेको छ । 
गत आ.व. २०७९/८० मा रु. १८ करोड ४० लाख भन्दा बढी पर्यटन शुल्क उठेको थियो । जसमा गैरसार्क पर्यटकबाट १४ करोड ३४ लाख भन्दा बढी र सार्क राष्ट्र र चीनका पर्यटकबाट ४ करोड ६ लाख रुपैयाँ पर्यटन शुल्क उठेको थियो । 


आ.व.२०७९/८० को तुलनामा यस आ.व.  २०८०÷८१ मा रु. ९ करोड १ लाख ४७ हजार ७६० भन्दा बढी पर्यटन शुल्कबाट नपाको आय वृद्धि भएको हो । भक्तपुर नपाको पर्यटन सूचना तथा सेवा केन्द्रको तथ्यांक अनुसार आ.व. २०८०।८१ मा सबैभन्दा बढी भारतबाट पर्यटकहरु भक्तपुर घुम्न आएका छन् । भारतबाट मात्रै ८७ हजार ७९८ जना पर्यटकहरु नेपाल आएका छन् ।

त्यसपछि चीनबाट सबैभन्दा बढी पर्यटक भक्तपुर घुम्न आएको देखिन्छ । चीनबाट करिब ४० हजार ४०१ जना पर्यटकहरु भक्तपुर घुम्न आएका छन् । त्यस्तै संरा अमेरिकाबाट १३,२३०, जर्मनीबाट ११७०५, फ्रान्सबाट १०३२२, इटालीबाट ७९४६, स्पेनबाट ६६८१, जापानबाट ६१७०, इंगल्याण्डबाट ६०६६, हल्याण्डबाट ४२०७, ताइवानबाट ३१५१, अर्जेन्टिनाबाट ८४३, अष्ट्रेलियाबाट ३९३०, पोल्याण्डबाट २६०३, रसियाबाट २५३६, दक्षिण कोरियाबाट २१७५, थाइल्याण्डबाट २०८२, मलेसियाबाट २०६०, बेल्जियमबाट २०१२, क्यानडाबाट १८१४, स्वीट्जरल्याण्डबाट १७१०, मेक्सिकोबाट १३९२, अष्ट्रियाबाट १३४७, ग्रीसबाट १२८२, इजरायलबाट १२६२, ब्राजिलबाट १२५१, चेकबाट ११४७, सिंगापुरबाट १०९६, डेनमार्कबाट ८१२, हंगेरीबाट ७७०, स्वीडेनबाट ७०६, पोर्चुगलबाट ७००, न्युजिल्याण्डबाट ५९३, नर्वे ५१८, आयरल्याण्डबाट ४५२, चिलीबाट ४३७, फिनल्याण्ड ३९५, दक्षिण अफ्रिकाबाट ३२५, आइसल्याण्डबाट १४३, र टर्कीबाट १६६६ र अन्य देशबाट ९८५८ गरी २ लाख ४५ हजार ५९३ जना विदेशी पर्यटकहरुले भक्तपुर घुम्न आएको तथ्यांकले प्रष्ट पार्छ ।

भक्तपुर नगरपालिकाले १ जनवरी २०२३ बाट डलरको विदेशी विनिमय दरसँग समायोजन गर्न गैरसार्क पर्यटकहरूसँग प्रति पर्यटक ने.रु. १५०० लाई रु. १८०० कायम गरी शुल्क संकलन गर्दै आएको हो । साथै नपाले सार्क तथा चिनियाँ पर्यटकहरुलाई रु. ५००।– शुल्क संकलन गर्दै आएको छ ।

भक्तपुर नगरपालिकाले हाल खौमा, सानोब्यासी, ठूलो ब्यासी, महाकाली, बेखाल, मुलढोका, कमलविनायक, च्याम्हासिंह, जगाती, भेलुखेल, राममन्दिर, बाराही, वंशगोपाल, भार्वाचो गरी १४ वटा काउन्टरहरुबाट नगर प्रवेश गर्ने बाह्य पर्यटकहरुसँग पर्यटन शुल्क उठाउँदै आइरहेको छ । शुल्क नतिरी भक्तपुर प्रवेश गर्ने पर्यटकहरुलाई तुरुन्तै नियन्त्रणमा लिई शुल्क तिर्न लगाउने गर्दै आएको छ । भक्तपुर नपामा हाल दैनिक औसतमा ४÷५ सयको हाराहारीमा विदेशी पर्यटकहरू भक्तपुरका ऐतिहासिक सम्पदा क्षेत्र अवलोकन गर्न आएको तथ्यांकले देखाउँछ ।

भक्तपुर नगरपालिकाले पर्यटकहरुलाई लक्षित गरी सुविधासम्पन्न पर्यटक सूचना केन्द्र, पर्यटक बस पार्क, पर्यटक शौचालय, पर्यटक सुचना केन्द्रमार्फत ६ वटा भाषामा नक्सासहितको ब्रोसर, निःशुल्क इन्टरनेटसहित कम्प्युटरको सुविधा, शारीरिक रुपमा अशक्त पर्यटकको लागि ह्वील चेयर, लगेज राख्ने कोठा, मोबाइल चार्जको सुविधा, पत्रपत्रिकासहित विश्रामको लागि बस्ने सुविधाको व्यवस्था गर्दै आएको छ । भक्तपुर नपाअन्तर्गत स्थानीय पथप्रदर्शक परिचालन समिति बनाई स्थानीय टुरिष्ट गाईडहरुलाई आवश्यक पुनतार्जगी तालिमका साथै व्यवस्थापन पनि गर्दै आइरहेको छ ।

भक्तपुर नगरपालिकाले स्थानीय जनताको साथ र सहयोगमा पहिलो र दोस्रो कार्यकालमा गरी २०७२ सालपछि हालसम्म ५८ वटा पाटी, ३६ वटा मन्दिर, ९ वटा द्योछेँ, १३ वटा पोखरी, ९ वटा सत्तल, ८ वटा इनार, ढुंगेधारा ८ र अन्य विविध समेत गरी १५८ वटा सम्पदा पुनःनिर्माण सम्पन्न गरेको छ भने हाल १९ वटा सम्पदाहरू निर्माणाधीन अवस्थामा छन् ।

पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले भक्तपुर नपाले २०८० पुस १४ गते ‘बाहाःबही चिनौं : सम्पदा संरक्षण गरौं’ भन्ने नारासहित सम्पदा पदयात्रा गरेको थियो । देशको महत्वपूर्ण सम्पत्तिको रुपमा रहेको भक्तपुरका मूर्त र अमूर्त सम्पदाहरूको संरक्षणको नीतिलाई निरन्तरता दिइ नगरका विभिन्न स्थानमा अवस्थित ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक महत्व बोकेका घाटहरूको सुधार र संरक्षणलाई व्यवस्थित रुपमा अगाडि बढाइने नीति भक्तपुर नगरपालिकाले लिएको छ ।

भक्तपुरको मौलिकता बचाइ राख्न परम्परागत घर निर्माण गर्ने घरधनीहरूलाई इँटा, काठ, झिंगटीको लागि दिँदै आएको अनुदानलाई निरन्तरता दिँदै आएको छ । सोहीअनुरुप भक्तपुर नपाले यसै वर्ष एउटा कार्यक्रम आयोजना गरी मौलिक शैलीमा घर बनाउने ९ जना घरधनीलाई रु. १९ लाख २४ हजार बराबरको अनुदान रकम वितरण गरेको थियो ।
 
कला संस्कृतिको महत्वबारे नयाँ पुस्तालाई प्रशिक्षित गर्न र व्यवहारिक ज्ञान दिएर सीप सिकाउन विद्यालयहरूमा सांस्कृतिक गुरुहरूको व्यवस्था गरी संस्कृतिलाई जीवन्तता दिने नीति भक्तपुर नपाले लिएको छ ।


प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  १२:१२
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
प्रचारप्रसारको अभावले ओझेलमा पर्दै हतुवागढीको ‘महादेव थान’
प्रचारप्रसारको अभावले ओझेलमा पर्दै हतुवागढीको ‘महादेव थान’ शुक्रबार, कात्तिक २१, २०८२
स्थानीयवासीद्वारा मध्यपहाडी सडक अन्तर्गत छहरे खण्ड अवरुद्ध
स्थानीयवासीद्वारा मध्यपहाडी सडक अन्तर्गत छहरे खण्ड अवरुद्ध शुक्रबार, कात्तिक २१, २०८२
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग बिहीबार, कात्तिक २०, २०८२
अनौठो ‘स्काई केभ’
अनौठो ‘स्काई केभ’ बिहीबार, कात्तिक २०, २०८२
छार्का भेरोलमा अलपत्र परेका दुई पर्यटकको उद्धार
छार्का भेरोलमा अलपत्र परेका दुई पर्यटकको उद्धार बिहीबार, कात्तिक २०, २०८२
पदमार्ग निर्माण भएपछि अन्नपूर्ण आधार शिविर पुग्ने पर्यटकको चाप बढ्यो
पदमार्ग निर्माण भएपछि अन्नपूर्ण आधार शिविर पुग्ने पर्यटकको चाप बढ्यो बिहीबार, कात्तिक २०, २०८२
‘जाउँ है बेगनास पोखरा’ सम्पन्न
‘जाउँ है बेगनास पोखरा’ सम्पन्न बुधबार, कात्तिक १९, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP