Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #आदिवासी जनजाति
  • #नेपाल_आदिवासी_ज्ञान
  • #शुक्रराज शर्मा
  • #‘हट स्पट’ रुपन्देही-३
  • #विश्व सिमसार दिवस
  • #राष्ट्रिय जनमुक्ति पार्टी
  • #सामाजिक सुरक्षा कोष
  • #जरा_उद्यान
  • #सिगाना
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • सन् २०२४ एड्स अन्त्य गर्ने लक्ष्य हासिल गर्न  निर्णायक वर्ष : राष्ट्रसंघ
सन् २०२४ एड्स अन्त्य गर्ने लक्ष्य हासिल गर्न  निर्णायक वर्ष : राष्ट्रसंघ
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, साउन ७, २०८१

जेनेभा - सन् २०३० सम्ममा एड्सलाई जनस्वास्थ्यका लागि खतराका रुपमा अन्त्य गर्ने लक्ष्य हासिल गर्न सकिन्छ कि सकिँदैन भन्ने विषयमा राजनीतिक नेताहरूले यस वर्ष गर्ने निर्णय निर्णायक हुने संयुक्त राष्ट्रसंघले सोमबार जनाएको छ ।

सन् २०२३ को तथ्याङ्कले नयाँ सङ्क्रमणको सङ्ख्यामा विश्वव्यापी सुधार, एचआईभी सङ्क्रमित बिरामीको उपचार र मृत्युहुनेको सङ्ख्यामा कमी आएको देखाउँछ । यद्यपि, यूएनएड्सले यस्तो प्रगति कमजोर रहेको चेतावनी दिएको छ ।

राष्ट्रसंघको नयाँ प्रतिवेदनअनुसार करिब चार करोड मानिस एचआईभी भाइरसबाट पीडित छन् । सन् २०२२ को तुलनामा गत वर्ष करिब १३ लाख नयाँ सङ्क्रमित थपिएका थिए तर सन् १९९५ मा ३३ लाख व्यक्ति नयाँ सङ्क्रमित फेला परेको थियो । यो नै एड्सबाट नयाँ सङ्क्रमण भएका व्यक्तिको सबैभन्दा बढी सङ्ख्या थियो । पछि यो सङ्ख्यामा क्रमशः उल्लेखनीय गिरावट आएको हो ।

तर दीर्घकालीन प्रवृत्ति हेर्दा नियन्त्रणका लागि लिएको लक्ष्यमा पुग्न अझै धेरै टाढा रहेको देखिन्छ । यूएनएड्सले अर्को वर्षका निर्धारित तीन लाख ३० हजार नयाँ सङ्क्रमणमा सिमित गर्ने लक्ष्यभन्दा धेरै टाढा छ । सन् २०२२ मा एड्सका कारण मृत्यु हुनेको सङ्ख्या छ लाख ७० हजार रहेकोमा गत वर्ष छ लाख ३० हजारमा झरेको प्रतिवेदनमा उल्लेख छ ।

Hardik health

नियन्त्रणका लागि एन्टिरेट्रोभाइरल औषधिको पहुँच एक प्रमुख मुद्दा हो । संसारभरिका करिब तीन करोड ४० लाख बिरामीहरूका लागि एन्टिरेट्रोभाइरल औषधिको पहुँच बिस्तार गर्नु सन् २०२५ का लागि लक्ष्य रहेकोमा अझै पनि यो लक्ष्यमा पुग्न सकिएको छैन । तीन करोड ७० हजार व्यक्तिले एन्टिरेट्रोभाइरल औषधिको पहुँच पाएको देखिन्छ जुन लक्ष्यभन्दा निकै टाढा हो ।

यद्यपि, सन् २०१० मा यो पहुँच मात्र ७७ लाखमा सीमित थियो । पूर्वी र दक्षिणी अफ्रिका यसबाट सबैभन्दा बढी प्रभावित क्षेत्रहरू रहेका छन्, जहाँ प्रति हजार २०.८ जना एचआईभी सङ्क्रमित छन् । गत वर्ष यो क्षेत्रमा थप चार लाख ५० हजार व्यक्ति सङ्क्रमित भएका थिए र दुई लाख ६० हजारको मृत्यु भएको थियो ।

यूएनएड्सका प्रमुख विनी ब्यानिमाले सन् २०३० को लक्ष्य हासिल गर्ने दिशामा विश्व सही बाटोमा नरहेको बताए । “एचआईभी महामारीलाई बढावा दिने असमानताहरूलाई पर्याप्त रूपमा सम्बोधन गरिएको छैन,” ब्यानिमाले रिपोर्टमा भनिएको छ । 

“एड्ससँग सम्बन्धित कारणले हरेक मिनेटमा एक व्यक्तिको मृत्यु हुन्छ,” उनले भने ।लाञ्छना, भेदभाव र कहिलेकाहीं अपराधीकरणले निश्चित समूहलाई असर गर्छ र यसको परिणामस्वरूप सङ्क्रमण दर धेरै उच्च हुन्छ किनभने मानिसहरू खतरा बिना मद्दत र उपचार लिन चाहँदैनन् वा असमर्थ हुन्छन् ।

पूर्वी र दक्षिणी अफ्रिकामा १५ देखि ४९ वर्ष उमेर समूहका मानिसमा एड्सको प्रकोप ०.८ प्रतिशत छ भने कैदीहरूमा १.३ प्रतिशत र १५ देखि २४ वर्ष उमेर समूहका महिला तथा किशोरीहरूमा २.३ प्रतिशत छ । यौनकर्मी, लागूपदार्थको सुई लगाउने व्यक्ति, समलिङ्गी र पुरुषसँग यौन सम्बन्ध राख्ने पुरुष र तेस्रोलिङ्गीमा सङ्क्रमण दर अझ बढेको छ ।तथ्याङ्कअनुसार, विश्वभर यौनकर्मी तीन प्रतिशत, लागूपदार्थको सुई लगाउने व्यक्ति पाँच प्रतिशत, समलिङ्गी र पुरुषसँग यौन सम्बन्ध राख्ने पुरुष ७.७ प्रतिशत र तेस्रोलिङ्गी ९.२ प्रतिशत सङ्क्रमित रहेको देखिन्छ । 

“उप–सहारा अफ्रिकाका केही देशहरूमा सन् २०१० यता नयाँ सङ्क्रमणमा आधाभन्दा बढीले कमी आएको छ”, ब्यानिमाले भने, “हामीसँग पूर्वी युरोप, मध्य एशिया र ल्याटिन अमेरिका जस्ता क्षेत्रहरू पनि छन् जहाँ हामी नयाँ संक्रमणहरू गलत दिशामा गइरहेको र बढ्दै गएको देख्छौं।” पूर्वी युरोप र मध्य एसियामा एचआईभी सङ्क्रमितमध्ये आधाको मात्र उपचार हुन्छ भने मध्यपूर्व र उत्तर अफ्रिकामा यो सङ्ख्या ४९ प्रतिशत छ ।


प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  १६:१०
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
भोजपुरमा करिब चौध सय किशोरीलाई एचपिभी खोप लगाइँदै
भोजपुरमा करिब चौध सय किशोरीलाई एचपिभी खोप लगाइँदै बिहीबार, माघ २२, २०८२
चितवनका छ हजार बढी बालिकाहरुलाई एचपिभी खोप
चितवनका छ हजार बढी बालिकाहरुलाई एचपिभी खोप बुधबार, माघ २१, २०८२
क्यान्सर भए-नभएको पत्ता लगाउन नियमित परीक्षण गर्नुपर्ने
क्यान्सर भए-नभएको पत्ता लगाउन नियमित परीक्षण गर्नुपर्ने बुधबार, माघ २१, २०८२
क्यान्सरबाट हरेक वर्ष दश लाख ज्यान जाँदै
क्यान्सरबाट हरेक वर्ष दश लाख ज्यान जाँदै बुधबार, माघ २१, २०८२
स्वास्थ्य बिमा समस्या समाधानको प्रयासमा प्रधानमन्त्री
स्वास्थ्य बिमा समस्या समाधानको प्रयासमा प्रधानमन्त्री बुधबार, माघ २१, २०८२
निपाह भाइरसबारे स्वास्थ्य मन्त्रालयको धारणा सार्वजनिक
निपाह भाइरसबारे स्वास्थ्य मन्त्रालयको धारणा सार्वजनिक मंगलबार, माघ २०, २०८२
नसर्ने रोगका बिरामी पहिचान गर्न टोलमै पुगेर स्वास्थ्य परीक्षण
नसर्ने रोगका बिरामी पहिचान गर्न टोलमै पुगेर स्वास्थ्य परीक्षण सोमबार, माघ १९, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
निर्वाचन आचार संहिताविपरीत कार्य गरेको भन्दै  गुठी संस्थानलाई आयोगकाे पत्र
निर्वाचन आचार संहिताविपरीत कार्य गरेको भन्दै गुठी संस्थानलाई आयोगकाे पत्र
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP