Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #संघीय गणतान्त्रिक गठबन्धन
  • #हायात_प्लेस
  • #मुग्लिन–पोखरा सडक
  • #राष्ट्रिय अपांग महिला संघ
  • #एमालेको महाधिवेशन
  • #अन्तरराष्ट्रिय बैंक दिवस
  • #एचआइभी एड्स दिवस
  • #आगाेलागी_घटना
  • #विप्रेषण
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • म्यानपावरले ‘जिटको लाइसेन्स’ साउनभित्र नवीकरण गरिसक्नुपर्ने
म्यानपावरले ‘जिटको लाइसेन्स’ साउनभित्र नवीकरण गरिसक्नुपर्ने
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, साउन २, २०८१

काठमाडौं– वैदेशिक रोजगार विभागले जापानमा प्रशिक्षार्थी श्रमिक पठाइरहेका इजाजतपत्र प्राप्त संस्था (म्यानपावर कम्पनी)लाई जिटको अनुमतिपत्र (लाइसेन्स) नवीकरण गर्न आग्रह गरेको छ । जापान इन्टरनेसनल ट्रेनिङ एण्ड को–अपरेसन अर्गनाइजेसन (जिटको) अन्तर्गत जापानमा प्रशिक्षार्थी श्रमिक पठाउँदै आएका म्यानपावरलाई नवीकरण गर्न विभागले आग्रह गरेको हो ।

विभागले सोमबार एक सूचना जारी गर्दै यही साउन महिनाभित्र जिटको लाइसेन्स नवीकरणका लागि आवेदन दिनसक्ने जनाएको छ । वैदेशिक रोजगार ऐन तथा नियमावली, २०६४ र नेपाली प्राविधिक प्रशिक्षार्थी जापान पठाउनेसम्बन्धी निर्देशिका, २०६६ बमोजिम विगतमा जनवरी र जुलाई महिनामा नवीकरण हुने व्यवस्थाका कारण द्विविधा उत्पन्न भई धेरै म्यानपावरहरु छुटेकाले यसलाई एकरुपता ल्याउन र दोहोरोपना हटाउन साउन महिनाभित्रै सबै म्यानपावर कम्पनीले नवीकरण गर्नसक्ने निर्णय गरिएको विभागले उल्लेख गरेको छ । 

आर्थिक वर्ष २०८०÷८१ मा प्रशिक्षार्थी कामदार पाठाउन इजाजतपत्र पाएका म्यानपावर कम्पनीको मात्र जिटको लाइसेन्स नवीकरण हुने विभागले उल्लेख गरेको । जिटकोमा सूचीकृत संस्थाहरुले तोकिएको शुल्क र कागजातसहित आवेदन दिन सकिने विभागले जनाएको छ ।नवीकरणका लागि म्यानपावर कम्पनीहरुले निवेदनसहित नवीकरण दस्तुरबापत १० हजार रुपैयाँ बुझाएको सक्कलै रसिद, अघिल्लो नवीकरण मिति खुलेको सूचीकृत प्रमाणपत्रको प्रतिलिपि, जिटकोमार्फत गत आर्थिक वर्ष २०८०÷८१ मा पठाएको कामदारको संख्या, कम्पनी रजिस्ट्रारको कार्यालयमा अघिल्लो आर्थिक वर्षसम्म अध्यावधिक भएको कागजात र कर चुक्ता प्रमाणपत्र तथा इजाजतपत्रको प्रतिलिपि पेस गर्नुपर्ने व्यवस्था गरिएको छ ।

Hardik health

यस्तै विभागले जापानमा प्रशिक्षार्थी कामदार पठाउन इच्छुक इजाजतपत्र प्राप्त म्यानपावर कम्पनीहरुलाई जिटकोमा सूचीकृत हुन सूचित गरेको छ । सूचीकृत हुन १५ दिनको समय दिइएको छ । यसर्थ इच्छुक म्यानपावरहरुले साउन १५ गतेसम्म जिटकोमा सूचीकृत हुन पाउने छन् । तर पहिले नै सूचीकृत भएका म्यानपावरहरुले पुनः सूचीकृत हुनु नपर्ने विभागले जनाएको छ ।  सुरुआती चरणमा २५० भन्दा बढी म्यानपावर कम्पनी जिटकोमा सूचीकृत भए पनि पछिल्लो समय नवीकरण गर्नेको संख्या घट्दै गइरहेको छ । जापानमा प्राविधिक प्रशिक्षार्थी श्रमिक पठाउन सूचीकृत हुँदै आए पनि सरकारकै नीतिगत कमजोरीका कारण कुनै उपलब्धि हासिल गर्न नसकेको भन्दै नवीकरणका लागि आह्वान गर्नुले खासै उत्साहित हुनु नपर्ने एक व्यवसायीको भनाइ छ । 

‘जिटकोमा सूचीकृत हुनेले पनि जापानमा प्रशिक्षार्थी श्रमिक पठाउन पाएका छैनन्,’ ती व्यवसायी भन्छन्, ‘श्रमिक पठाउन नपाएपछि यसको अर्थ छैन, थुप्रै व्यवसायीहरुले लाइसेन्स नवीकरण गराउन छोड्दै गएका छन् ।’ सरकार आफैंले जिटुजी सम्झौता गरेको पाँच÷छ वर्ष बितिसक्दासमेत श्रमिक पठाउन नसकेको भन्दै उनले जिटको लाइसेन्स नवीकरणको खासै अर्थ नभएको बताए ।जिटकोअन्तर्गत जापान जाने प्रशिक्षार्थी श्रमिकको उमेर ४० वर्ष ननाघेको हुनुपर्ने छ भने औद्योगिक प्रतिष्ठान, उद्योग व्यवसाय, कलकारखाना, कृषि, सहकारी सामुदायिक संघसंस्था, होटल, पर्यटन व्यवसायलगायतका सेवा तथा वस्तु उत्पादनका क्षेत्रमा काम गरेको न्यूनतम दुई वर्षको अनुभव हुनुपर्ने विभागले जनाएको छ । प्रशिक्षार्थी श्रमिक पठाउन स्वीकृति प्राप्त संस्थाहरुले अधिकतम ५० हजार रुपैयाँसम्म प्रवद्र्धन शुल्क लिन पाउने प्रावधान रहेको छ ।

जिटको जापानमा प्राविधिक इन्टर्न तालिमसम्बन्धी जागिरका लागि आवेदन दिने विदेशी श्रमिकहरूलाई मध्यस्थता गर्ने संस्था हो । प्राविधिक प्रशिक्षार्थी श्रमिकलाई जापान भित्र्याउन महŒवपूर्ण भूमिका खेलेको जिटकोले नेपालसहित भारत, चीन, पाकिस्तान, श्रीलंका, फिलिपिन्स, म्यानमार, भियतनामलगायत १६ मुलुकबाट प्रशिक्षार्थी श्रमिक लैजाने गरेको छ ।

 


प्रकाशित मिति: बुधबार, साउन २, २०८१  १०:४४
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
श्रम आप्रवासन र नैतिक भर्तीलाई सुदृृढ गर्ने मलेसियाको तयारी
श्रम आप्रवासन र नैतिक भर्तीलाई सुदृृढ गर्ने मलेसियाको तयारी शुक्रबार, मंसिर १९, २०८२
घरेलु कामदारका रूपमा विदेशिने महिला हिंसाको सिकार
घरेलु कामदारका रूपमा विदेशिने महिला हिंसाको सिकार बिहीबार, मंसिर १८, २०८२
पोर्चुगलको मदेइरामा घुम्ती शिविर सञ्चालन हुने
पोर्चुगलको मदेइरामा घुम्ती शिविर सञ्चालन हुने बुधबार, मंसिर १७, २०८२
विदेशमा रहेका नेपालीले तीन महिनामा पाँच खर्ब ५३ अर्ब पठाए
विदेशमा रहेका नेपालीले तीन महिनामा पाँच खर्ब ५३ अर्ब पठाए मंगलबार, मंसिर १६, २०८२
कुवेतमा एकल पुरुष कामदारलाई नयाँ आवासीय क्षेत्र 
कुवेतमा एकल पुरुष कामदारलाई नयाँ आवासीय क्षेत्र  मंगलबार, मंसिर १६, २०८२
वैदेशिक रोजगारीमा ठगी गर्ने व्यक्ति पक्राउ
वैदेशिक रोजगारीमा ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, मंसिर १५, २०८२
शुल्क वृद्धिविरुद्ध संघ गृहमा, आज श्रममा छलफल
शुल्क वृद्धिविरुद्ध संघ गृहमा, आज श्रममा छलफल सोमबार, मंसिर १५, २०८२
लोकप्रिय
  • Week
  • Month
नेसंसपा, बएपा र नेजपाको साझा चुनाव चिन्ह ‘बस’
नेसंसपा, बएपा र नेजपाको साझा चुनाव चिन्ह ‘बस’
हराएकाे माेबाइल धनीले पाए
हराएकाे माेबाइल धनीले पाए
पर्यटन प्रबर्द्धनका लागि  पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
पर्यटन प्रबर्द्धनका लागि पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
सुनकाे मूल्यमा नयाँ रेकर्ड
सुनकाे मूल्यमा नयाँ रेकर्ड
मेयर बालेन्द्र शाहलाई पितृशोक
मेयर बालेन्द्र शाहलाई पितृशोक
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP