Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #सामाजिक सुरक्षा कोष
  • #रासस
  • #गगनकुमार थापा
  • #जिता_मर्ना
  • #तामाङ_घेदुङ
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • सडक सञ्जालले पदमार्ग छोटिँदै , नयाँ पदमार्गको खोजी
सडक सञ्जालले पदमार्ग छोटिँदै , नयाँ पदमार्गको खोजी
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, असार ४, २०८१

काठमाडौं -  स्थानीय तहले जथाभावी रुपमा मोटरबाटो खन्दा पदमार्ग छोटिँदै गएपछि नयाँ पदमार्गको खोजी सुरु गरिएको छ । झन्डै पाँच दशकदेखि नेपालको पर्वतीय पर्यटनको क्षेत्रमा क्रियाशील ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले स्थानीय तहले जथाभावी मोटरबाटो खन्दा पदमार्ग मासिँदै गएको भन्दै आन्तरिक तथा बाह्य पर्यटकका लागि नयाँ पदमार्गको खोजी गरेको हो ।
      
नयाँ गन्तव्यहरुको खोजी र अनुसन्धान गरी नेपालको पर्वतीय पर्यटनलाई अन्तर्राष्ट्रिय रुपमा बजारीकरण गर्नका लागि टानले पछिल्लो समय देशका विभिन्न स्थानीय तहको सहकार्यमा नयाँ पदमार्गको खोजी गरेको छ । टानका अध्यक्ष नीलहरि बाँस्तोला पर्वतीय पदयात्राको अत्यधिक सम्भावना रहेको नेपालका पदमार्ग सडक सञ्जालको विस्तारका कारण मासिँदै गएकाले टान नयाँ गन्तव्य तथा पदममार्गको खोजीमा जुटेको बताए  ।

“पच्चीस दिनबाट १० दिनमा खुम्चिएको राउन्ड अन्नपूर्ण ट्रेलको गरिमालाई पुनस्र्थापना गर्नका लागि वैकल्पिक पदयात्रा मार्गहरुको पहिचान, विकास तथा प्रवद्र्धन गर्नका लागि टानले सरोकारवाला निकायसँग सहकार्य गरिरहेको छ”, उनले भने  ।  टान पछिल्लो समय सडक सञ्जालको विस्तारका कारण छोटिँदै गएको अन्नपूर्ण सर्किट र मनास्लु सर्किटमा पदयात्रीको पदयात्रा अवधि लम्ब्याउनका लागि गोरखाका बारपाक सुलिकोट गाउँपालिका र अजिरकोट गाउँपालिका साथै लमजुङको दूधपोखरी गाउँपालिका, दोर्दी गाउँपालिका र मस्र्याङ्दी गाउँपालिकालाई समेटेर ‘बौद्ध हिमाल–हिमाल चुली ग्रेट लेक सर्किट ट्रेल’ को विकासमा जुटेको छ ।

उक्त पदमार्ग १८ दिनको हुने टानले जनाएको छ । टानले रामेछापको उमाकुण्ड गाउँपालिकादेखि सोलुखुम्बुको दूधकुण्ड नगरपालिका हुँदै पासाङ ल्हामु गाउँपालिकालाई जोडेर नयाँ पदमार्ग तयार गरिरहेको छ । सुरुको समयमा सगरमाथा उक्त पदमार्ग हुँदै जाने गरेकाले सो पदमार्गलाई टानले विशेष चासोका साथ अगाडि बढाएको हो ।
      
सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिकालाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नका लागि टानले ‘एभरेष्ट दूधकोशी सांस्कृतिक पदमार्ग’ निर्माण गरी विकास गरिरहेको छ । यसबाहेक काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिकामा  तिमालबाट चौँरीदेउराली हुँदै सैलुङ जोड्ने पदयात्रा मार्गको विकास र प्रवद्र्धन गरिसकेको छ ।  धादिङको गङ्गाजमुना गाउँपालिकाका सातै वडालाई जोड्ने गरी ‘गङ्गाजमुना तीनसुरे पदमार्ग’को कामलाई समेत टानले अगाडि बढाइसकेको टानका महासचिव विनोद सापकोटाले जानकारी दिए ।

Hardik health

उक्त पदमार्गमा संस्कृति र प्रकृतिको अवलोकन गर्न पाइन्छ । टानका अनुसार नेपाल भ्रमणमा आउने पर्यटकमध्ये झन्डै ३० प्रतिशत पर्यटक पदमार्गका लागि विभिन्न स्थानमा जाने गरेका छन् । टानले विभिन्न सरकारी तथा गैरसरकारी संस्थाको समन्वयमा नयाँ गन्तव्यको पर्यटन प्रवद्र्धनमा समेत काम गरिरहेको छ ।
      
टानले काठमाडौँ उपत्यका वरपरका शिवपुरी, तारेभिर, मूलखर्क चिसापानी, जरसिंहपौवा, ढाव, नगरकोट, साँगा, नमोबुद्ध, फुल्चोकी, गोदावरी, हात्तीवन, फर्पिङ, चित्लाङ, चन्द्रागिरि, रामकोट, नागार्जुन, टोखा, ककनीलगायतका स्थानलाई जोडेर ‘नेपाल मण्डला सर्किट ट्रेल’को विकास गर्ने लक्ष्य लिएको छ । 


प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  १४:१३
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ सोमबार, माघ ५, २०८२
‘चुनपहरा चट्टान’ आरोहण प्रशिक्षण केन्द्र बन्दै
‘चुनपहरा चट्टान’ आरोहण प्रशिक्षण केन्द्र बन्दै शुक्रबार, माघ २, २०८२
सन् २०२६ पर्यटन प्रर्वद्धन गर्न अभियान सुरु
सन् २०२६ पर्यटन प्रर्वद्धन गर्न अभियान सुरु शुक्रबार, माघ २, २०८२
सिरहाको गोसाइ डाँडा ताल : पर्यापर्यटनको संगम
सिरहाको गोसाइ डाँडा ताल : पर्यापर्यटनको संगम शुक्रबार, माघ २, २०८२
चिसो याममा पनि ढोरपाटनमा पर्यटकको चहलपहल
चिसो याममा पनि ढोरपाटनमा पर्यटकको चहलपहल शुक्रबार, माघ २, २०८२
पर्यटकीय गन्तव्य बन्दै रसुवा, छ महिनामा ३२ हजार बढीले गरे भ्रमण
पर्यटकीय गन्तव्य बन्दै रसुवा, छ महिनामा ३२ हजार बढीले गरे भ्रमण बिहीबार, माघ १, २०८२
पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती
पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती बिहीबार, माघ १, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP