Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
विचार
  • Home
  • विचार
  • पर्चाकारितामा शुद्धीकरण
पर्चाकारितामा शुद्धीकरण
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, जेठ २९, २०८१

जमाना स्मार्ट मोबाइलको छ । मान्छे जेसुकै होस् स्मार्ट मोबाइल भएपछि सबथोक हुन्छ भन्ने छ उसलाई । त्यही भएर मोबाइल तेस्र्याउँदै बन्दु कुडारी मनमा लागेजति फलाक्दै ‘लाइभ’ भन्दै दगुर्दै हिँड्छ । हावादारी लाइभ भन्दै हिँडेका कारण अस्ति कुडारीको झण्डै गर्धन मालिस भाको रे !

आज पनि उसको ताल त्यही छ । आयु त बजियाको लामै रैछ । आइपुग्यो ! होइन कहाँ दगुरेका छौं हो कुडारी भाइ ? कहाँ हुनु नि मट्यांग्रा दाजु, अस्ति झण्डै हण्डी नै खुस्काका थिए त्यतैतिर गएर आको । हैन तिमीले गर्छौं चाहिँ के ? के गर्नु नि दाजु । थाहा नपाएको जस्तो नगर्नु न ? म त पत्रकार नि । हैन हो कुडारी भाइ, ल भन त पहिले त तिमी पत्रकार हैनौं । अहिले एक्कासि कसरी पत्रकार भयौं ? १० हजारको मोबाइल बोक्यो दगुरेकै भरमा पत्रकार बन्न पाइने हो र भन्या ? नत्र मलाई पनि बताइदिनुप¥यो । यस्तो सजिलो हुन्छ भने त । 

ह्या दाइ पनि जिस्कनुहुन्छ । कहाँ त्यत्ति सजिलो छ र ? अस्ति झण्डै हण्डी खुस्काका हैनन् भन्या ? त्यो त थाहा पाएँ । अब तिमी पनि गज्जबकै रिपोर्टिङ गर्दा रै’छौं । अनि तिम्रा हण्डी नचिलाएर कसका चिलाउँछ त ? अहिलेको त भाइ पत्रकारिता भन्दा पनि ‘पर्चाकारिता’ हो भन्दा ठीक हुन्छ ! पत्रकारिता भन्न न नहुने भइसक्यो । कसलाई लोग्ने स्वास्नी लडे, कसले लोग्ने छाड्यो कसले स्वास्नी भगायो त्यस्तो पनि सम्चार हुन्छ ?

दाइले कुरो बुझे पो ! कण्टेण्ट हो के दाइ । अहिले विकास निकासका कुरा छाडिदिनुस् । झ्याप्पै कण्टेण्ट हान्दिने हो । भ्युज हेर्नुस् दाइ, अनि पो कुरा हुन्छ त ? त्यही त कुडारी भाइ, अहिले त भाइहरुको युट्युबमा व्यापक हो नि । त्यसमा चिन्तै मान्नु पर्दैन । भाइहरुको ठूलो संघर्ष छ नि यसमा त । न दर्ता, न ठूलो लगानी ! झ्याप्पै मोबाइलबाट च्याप्पै पार्दिगो क्या गज्जबको टिभी ! त्यही भएर भाइहरुलाई शुद्ध गर्न खोज्या रै’छ ।कहाँ शुद्ध दाइ ? 

Hardik health

ल भाइहरुको छाता संस्थाले शुद्धीकरण गर्न खोज्या होइन ? चौतारी–युनियन–सेण्टर महासंघले ? त्यही भएर त चुनाउ हुन सकेन रे त ! ए दाइ पत्रकार महासंघको कुरा गर्नु भाको ? ल कसरी पत्रकार महासंघको कुरा ? चौतारी–युनियन–सेण्टर सकेसम्म भागबण्डा नसके फण्डै फण्डा गर्ने ठाउँलाई कसरी महासंघ भन्ने त ? दाजुको कुरा पनि ठीकै हो । त्यही भएर आफूहरु त त्यसमा बसेको पनि छैन ! यतै फण्डा मच्चाउने हो ? यता फण्डाले आफैंलाई केही लाभ हुन्छ त्यो फण्डामा गए नेतालाई मात्र फलिफाप हुन्छ । 

ल भाइहरु गएको भन्दा नगएको ठीकै भो जस्तो लाग्यो अभियान नै शुद्धीकरण छ नि । भाइहरु ट्यूवेहरुलाई त्यहाँ के काम र जानु । साँच्चिकै पर्चाकारिता (पत्रकारिता कसरी भन्नु) गर्नेहरु मात्र बस्ने हो नि त त्यहाँ ? शुद्धीकरण भनेको लेख्ने बोल्नेहरुलाई शुद्ध पार्नका लागि त्यहाँबाट पन्छाउने हो नि त ! कुडारी मट्यांग्राका कुरा सुनेर तीन छक्क पर्छ ? हो नि साँच्चै शुद्धीकरण भनेर लेख्नेलाई फाल्देपछि त सतप्रतिशत शुद्धीकरण भईगो नि ? लौ भन त त्यसपछि त कागको बथान कागसँगै बकुल्लाको बथान बकुल्लासँगै क्या काइदा !

हो हो दाजुले ठीक कुरा गर्नु भो । उही केही केही मसानेहरुले मिसन ८४ भनेजस्तै हो । काम गर्नु छैन । मिसन ८४ भनेर हिँडे जस्तै हो । अनि मट्यांग्रा दाजु तपाईं पनि निकै खुल्दुली गरिरहुनपर्ने मान्छे, अब के होला ८४ को यात्रा ?शुद्धीकरण भाइ शुद्धीकरण । अब जताततै शुद्धीकरण गर्ने हो । त्यो अव तिमरकै महासंघ त तिरिमिरी झ्याइँ भइसक्यो ? अरूका के कुरा । तीन दल, तीन सरकार, वरिपरि घनचक्करै घनचक्कर ।

वकिल पनि पत्रकार, कलाकार पनि पत्रकार, मोबाइल बोक्यो, बुम बोक्यो अनि पत्रकार । होटल चलायो पत्रकार ! ठेक्कापट्टाबाट कमायो पत्रकार । हाउजिङ चलाउने पत्रकार, औषधि बिक्रेता पत्रकार अझ  अझै औषधि फेसबुकमा लेखेर पोस्ट्याउने पनि पत्रकार ? 
पत्रकारजति ‘अ’पत्रकार अनि भएन उत्कृष्ट काम ? त्यही भएर पत्रकारलाई शुद्धीकरण ‘अ’पत्रकारलाई भित्रीकरण गर्ने खेल हो रे नि त !

ए बाबा, अनि भनेकै छन् त शुद्धीकरण भनेर । तिमी शुद्धलाई शुद्धीकरण गर्ने । अशुद्धताको प्रतीक । दाइले भनेको ठीकै हो बिगारेकै हामीले हो । सबैभन्दा माथि देश हुनुपर्ने थियो तर भएन । सबैभन्दा माथि दल, दलमाथि गुट र उपगुट भएकै कारण यस्तो हविगत भाको रे नि त ?शुद्धीकरण गरौं मिलेर सदस्यता बाँडौं, पद बाँडफाँड गरौं भइगो । तीन संगठन एकत्रित मिलीजुली पद पाएपछि के को शुद्धीकरण ? शुद्ध नै गर्ने हो भने त शिरबाट नै सुरू गर्नुपर्ने हो । तर त्यसो हुन सकेको छैन ।

त्यही त दाइ हुने त त्यस्तै हो । बालै भएन नि ! क्यामरा भए बोक्ने नभएर ठोक्ने । त्यसै शुद्धीकरण शुद्धीकरण बनेको हो ? आऊ, सबै मिलेर शुद्धीकरण गरौं । काम गर्नेलाई बाहिर फालौं । काम नगर्नेलाई आफ्नै सिण्डिकेटभित्र राखौं । जय प्रेस, जय पर्चाकारिता ।
 


प्रकाशित मिति: मंगलबार, जेठ २९, २०८१  १०:३०
प्रतिक्रिया दिनुहोस्
थप विचार
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP