Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
समाचार
  • Home
  • समाचार
  • वाग्मती नदी महोत्सव २४ औँ संस्करण मनाइँदै
वाग्मती नदी महोत्सव २४ औँ संस्करण मनाइँदै
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, जेठ २८, २०८१

काठमाडाैं - वाग्मती नदी महोत्सव २४ औँ संस्करण मनाइने भएकाे छ । नेपाल नदी संरक्षण संस्था र फ्रेन्ड्स क्लबको आयोजनामा विभिन्न नीजि, सरकारी तथा समाजिक संघसंस्थाको संयुक्त सहकार्यमा  नेवार समुदायले मनाउने सिथी नखः पर्वको दिन उद्घाटन गरी २४ औँ संस्करण मनाइने भएकाे  छ  ।

सांस्कृतिक , धार्मिक, समाजिक , ऐतिहासिक र आर्थिक महत्व बोकेको वाग्मती नदी काठमाडाैं सभ्यता र सहरीकरणको जग हो । शिवपुरीको बागद्धारबाट सुरु भएर,विश्व सम्पदा क्षेत्रमा सूचीकृत पशुपतिनाथ मन्दिर हुँदै भारतको पवित्र नदीगंगासम्मको यात्रामाबग्ने बाग्मती नेपालकै सबैभन्दा पवित्र र पुरानो नदी मानिन्छ ।

आफ्नो अविरल यात्रामा कैयौँको आस्थालाई जिवन्त पार्दै खोला किनाराका समुदायहरुको जिविको पार्जनमा पनि परापुर्वककालदेखि ठुलो भुमिका खेलिरहेको यस नदी एकाइसौँ शताब्दीमा भने प्रदुषणले दुर्गन्धित भएको नेपाल नदी संरक्षण संस्था, अध्यक्ष मेघ आलेले बताए।  उनका अनुसार नदी किनारामा अव्यवस्थित वस्ति, व्यक्तिगत, कृषि र व्यवसायीक फोहोरको थुप्रो ,नदी अतिक्रमण, अव्यवस्थित ठोस फोहोर, अप्रशोधित ढलइत्यादीले नदीसुक्दै र प्रदूषित हुँदै गइरहेको छ। 

Hardik health

उनले भने ,' विशेष गरी हिन्दु र बौद्ध धर्मावलम्बीहरूको  प्रमुख तीर्थस्थल मानिने हाम्रो बागमती यस अवस्थामा पुग्नुको कारण बढ्दो सहरीकरण,काठमाडौंवासीको लापरबाही , नीतिगत व्यवस्था तथा कार्यन्वयनमा कमजोरी र सरसफाईमा चासो नहुनु नै हो। जैविक विविधताको दृष्टिकोणले समेत महत्वपुर्ण यस नदिको संरक्षणका लागी तीन दशक देखिविभिन्नप्रयासहरु गरिएको भएता पनि हालसम्म कुनै दिगो प्रभाव भने देखिएको छैन। '

तसर्थ यस समस्या समाधानका लागी समय सापेक्ष कृयाकलाप तथा जनचेतनामूलक कार्यक्रमहरुको आवश्यकतालाई मध्यनजर गर्दै बागमती नदी सभ्यताको पहिचान, संरक्षण र सम्वर्दन गर्ने मुख्य उद्देश्यका साथ एकाईसौं शताब्दीको महोत्सवको रुपमा बाग्मती नदी महोत्सव सुरुवात गरिएको नेपाल नदी संरक्षणका अध्यक्ष आलेले बताए । 

यस अभियान साँढे दुई महिनासम्म हरेक हप्ता नदी सरसफाई,पर्यावरणीय संरक्षण,  कला, साहित्य, तथा संस्कृती झल्काउने कृयाकलापहरु ,नदीमा र्‍याफ्टिङ र जल पर्यटनको सम्भावना उजागरण गर्ने विभिन्न कार्यक्रमहरुको योजना गरिने भएकाे छ ।कार्यक्रम काठमाण्डौँ र ललितपुर महानगरपालिकाको स्वामित्वका साथै विभिन्न कलाकार र अभियान्ताहरुको सहयोग तथा समन्वयमा आयोजना गरिनेछ । भाद्रको पहिलो शनिबार सांस्कृतिकतथा सांगीतिक कार्यक्रम ,खाना महोत्सव,बन्धुत्व र्‍याफ्टिङ -friendship float_ लगायत विभिन्न कृयाकलाप गरी महाजलजात्रा कार्यक्रम सहित यस वर्षको महोत्सव समापन गरिने जानकारी नदी संरक्षण संस्थाका अध्यक्ष आलेले बताए  । 

नेपाल नदी संरक्षण संस्थाले २००१ देखि सुरु गरेको  यस गैर मुनाफामूलक कार्यक्रम बाग्मती नदिको संरक्षणमा केन्द्रित वृहत्तर जनचेतानामुलक अभियान हो। नेपाल सरकारले आर्थिक वर्ष २०८१/८२ मा बागमती सफाई र सभ्यता परियोजनाका लागि २ अर्ब ७२ करोड विनियोजन गरेको सन्दर्भमा यस कार्यक्रमको महत्व झन् बढेको छ ।



 


प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  १४:३१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध सोमबार, चैत १६, २०८२
पर्यटकीय आकर्षणको केन्द्र बन्दै वृन्दावन वनस्पति उद्यान
पर्यटकीय आकर्षणको केन्द्र बन्दै वृन्दावन वनस्पति उद्यान सोमबार, चैत १६, २०८२
गैँडाकोटको हनुमान् मन्दिरलाई धार्मिक पर्यटन प्रवर्द्धन गरिँदै
गैँडाकोटको हनुमान् मन्दिरलाई धार्मिक पर्यटन प्रवर्द्धन गरिँदै आइतबार, चैत १५, २०८२
पर्यटकको रोजाइमा रास ताल
पर्यटकको रोजाइमा रास ताल आइतबार, चैत १५, २०८२
कालीगण्डकीमा ‘र्‍याफ्टिङ’ सञ्चालन
कालीगण्डकीमा ‘र्‍याफ्टिङ’ सञ्चालन आइतबार, चैत १५, २०८२
कोभिडपछि बन्द रहेको ‘वाटर पार्क’ पुनः सञ्चालन
कोभिडपछि बन्द रहेको ‘वाटर पार्क’ पुनः सञ्चालन बिहीबार, चैत १२, २०८२
पर्यटकीय क्षेत्र चखेवामा ‘रैथाने खाना महोत्सव’
पर्यटकीय क्षेत्र चखेवामा ‘रैथाने खाना महोत्सव’ बिहीबार, चैत १२, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP