Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #AGM
  • #सिद्धार्थ_बैंक
  • #जनकपुर_बोल्ट्स vs काठमाडौंं_गोर्खाज
  • #त्रिवि_क्रिकेट
  • #एनपिएल
  • #दुर्गा प्रसाईं
  • #केपी शर्मा ओली
  • #ज्योति_विकास_बैंक
  • #विश्व_टेलिभिजन_दिवस
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • नक्कली कागजात बनाएर विदेश पठाए मानव बेचबिखनको मुद्दा 
नक्कली कागजात बनाएर विदेश पठाए मानव बेचबिखनको मुद्दा 
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, जेठ २७, २०८१

काठमाडौं– सरकारले अब वैदेशिक रोजगारीमा जान चाहनेहरुलाई नक्कली कागजात बनाएर वा झुक्याएर पठाएमा त्यसउपर मानव तस्करी तथा ओसारपसार मुद्दा चलाउन सक्ने भएको छ । केही नेपाल ऐन संशोधनमार्फत मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ लाई थप व्याख्या गर्दै नक्कली कागजातका आधारमा वा झुक्याएर विदेश पठाउनेविरुद्ध मानव तस्करी तथा ओसारपसार मुद्दा चलाउन सक्ने व्यवस्था गरिएको हो ।

मानव बेचबिखन तथा ओसारपसारको विषयमा थप व्याख्या गर्दै २०८० चैत ३० गते राजपत्रमा प्रकाशित संशोधित ऐनमा दुईवटा बुँदा थप गरिएको छ । अब थप गरिएका बुँदाअनुसार सरकारलाई नक्कली कागजात बनाएर वा झुक्याएर विदेश पठाउने कार्यमा संलग्नविरुद्ध मानव तस्करी तथा ओसारपसार मुद्दा चलाउने बाटो खुला भएको छ ।

यसअघि भएको ऐनको दफा ४ को (२) मा मानव बेचबिखन तथा ओसारपसार गरेको मानिने दुईवटा बुँदालाई यथावत् राख्दै थप व्याख्यासहितको अरू दुई बुँदा थपिएको छ । पहिला व्यवस्था भएको दुईमध्ये पहिलो बुँदा (क) मा ‘किन्ने वा बेच्ने उद्देश्यले मानिसलाई विदेशमा लैजाने ।’ र दोस्रो बुँदा (ख) मा ‘वेश्यावृत्तिमा लगाउने वा शोषण गर्ने उद्देश्यले कुनै प्रकारले ललाइफकाइ प्रलोभनमा पारी, झुक्याइ, जालसाज गरी, प्रपञ्च मिलाइ, जबर्जस्ती गरी करकापमा पारी अपहरण गरी, शरीर बन्धक राखी, नाजुक स्थितिको फाइदा लिई, बेहोस पारी, पद वा शक्तिको दुरुपयोग गरी, अभिभावक वा संरक्षकलाई प्रलोभनमा पारी, डर, त्रास, धाक, धम्की दिई वा करकापमा पारी कसैलाई बसिरहेको घर, स्थान वा व्यक्तिबाट छुटाइ लग्ने वा आफूसँग राख्ने वा आफ्नो नियन्त्रणमा लिने वा कुनै स्थानमा राख्ने वा नेपालभित्रको एक ठाउँबाट अर्को ठाउँमा वा विदेशमा लैजाने वा अरू कसैलाई दिने’ भन्ने उल्लेख गरिएको छ । 

Hardik health

ऐन संशोधनपश्चात् थपिएका दुई बुँदा, जसमध्ये (ग) मा ‘प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कुनै गैरकानुनी लाभ वा अन्य फाइदा लिने उद्देश्यले बद्नियतपूर्वक कुनै नेपाली नागरिक, विदेशी वा आप्रवासी व्यक्तिलाई नक्कली वा झूठा कागजात बनाई वा झुक्याइ विदेश लैजाने वा त्यस्तो व्यक्तिको आफ्नो मुलुक वा निज रहेको स्थानबाहेक अन्य मुलुकमा गैरकानुनीरूपमा प्रवेश गराउने मानव तस्करीसम्बन्धी कार्य गरे वा गराएमा ।’ र (घ) मा ‘किन्ने वा बेच्ने उद्देश्यले कसैलाई नेपालको मार्ग प्रयोग गरी अर्काे मुलुकमा पठाउने वा कुनै मुलुकमा पठाउने उद्देश्यका लागि नेपाल ल्याउने’ भनिएको छ । 

संशोधनअघिका दुई बुँदाले मात्र मानव तस्करी तथा ओसारपसारजन्य कार्यलाई सम्बोधन गर्न पर्याप्त नभएको भन्दै नेपाल प्रहरीलगायत सरोकारवाला सबैले मानव तस्करसम्बन्धी थप परिभाषा र कानुनी व्यवस्था गर्न सरकारसँग माग गर्दै आएका थिए । संशोधित ऐनअनुसार नेपालीलाई मात्र नभई विदेशीलाईसमेत नेपालको बाटो भएर अवैधरूपमा विदेश पठाएमा वा नेपालमै राखे पनि मानव तस्करी तथा ओसारपसारको कार्य गरेको मानिने आप्रवासनविज्ञ तथा कानुनका जानकार डा. सोमप्रसाद लुईंटेलले बताए । कानुनमा अहिले गरिएको संशोधनले तस्करीमा संलग्नलाई कारबाही गर्न सहज भए पनि पर्याप्त नभएको उनको भनाइ छ । यद्यपि कानुन बन्नु राम्रो भएको भन्दै उनले आवश्यकताअनुसार थप व्यवस्था गर्दै जानुपर्ने बताए ।

 


प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  १०:२५
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ शुक्रबार, मंसिर ५, २०८२
दक्षिण कोरियामा श्रम कानुन उल्लंघन बढ्दो 
दक्षिण कोरियामा श्रम कानुन उल्लंघन बढ्दो  शुक्रबार, मंसिर ५, २०८२
सरकारी र अर्धसरकारी संस्थाबाट आउन थाल्यो भिसा
सरकारी र अर्धसरकारी संस्थाबाट आउन थाल्यो भिसा बिहीबार, मंसिर ४, २०८२
चार महिनामा रोजगारीका लागि साढे दुई लाखभन्दा बढी विदेसिए
चार महिनामा रोजगारीका लागि साढे दुई लाखभन्दा बढी विदेसिए बुधबार, मंसिर ३, २०८२
वर्किङ भिसामा युके पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
वर्किङ भिसामा युके पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ मंगलबार, मंसिर २, २०८२
युके र साइप्रस पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
युके र साइप्रस पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ मंगलबार, मंसिर २, २०८२
बयालिस लाख ठगी गरेको अभियोगमा दुई जना पक्राउ
बयालिस लाख ठगी गरेको अभियोगमा दुई जना पक्राउ मंगलबार, मंसिर २, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
चेपाङ बालबालिकाको लागि आँखा शिविर तथा कला कार्यशाला सम्पन्न
चेपाङ बालबालिकाको लागि आँखा शिविर तथा कला कार्यशाला सम्पन्न
सिद्धार्थ बैंक लिमिटेडको २४ औँ वार्षिक साधारण सभा सम्पन्न
सिद्धार्थ बैंक लिमिटेडको २४ औँ वार्षिक साधारण सभा सम्पन्न
वर्किङ भिसामा युके पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
वर्किङ भिसामा युके पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
एनपिएल : आज जनकपुर र काठमाडौँ भिड्दै
एनपिएल : आज जनकपुर र काठमाडौँ भिड्दै
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP