Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #गणेश नेपाली
  • #फार्मर्स_मार्केट
  • #Farmer's market
  • #गोकर्णेश्वर_नगरपालिका
  • #प्रतिनिधि सभा बैठक
  • #राजेन्द्र_राई
  • #मिड_डे_मील
  • #मुक्तिनाथ_बैंक
  • #अमेरिका_ठगी
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • नक्कली कागजात बनाएर विदेश पठाए मानव बेचबिखनको मुद्दा 
नक्कली कागजात बनाएर विदेश पठाए मानव बेचबिखनको मुद्दा 
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, जेठ २७, २०८१

काठमाडौं– सरकारले अब वैदेशिक रोजगारीमा जान चाहनेहरुलाई नक्कली कागजात बनाएर वा झुक्याएर पठाएमा त्यसउपर मानव तस्करी तथा ओसारपसार मुद्दा चलाउन सक्ने भएको छ । केही नेपाल ऐन संशोधनमार्फत मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ लाई थप व्याख्या गर्दै नक्कली कागजातका आधारमा वा झुक्याएर विदेश पठाउनेविरुद्ध मानव तस्करी तथा ओसारपसार मुद्दा चलाउन सक्ने व्यवस्था गरिएको हो ।

मानव बेचबिखन तथा ओसारपसारको विषयमा थप व्याख्या गर्दै २०८० चैत ३० गते राजपत्रमा प्रकाशित संशोधित ऐनमा दुईवटा बुँदा थप गरिएको छ । अब थप गरिएका बुँदाअनुसार सरकारलाई नक्कली कागजात बनाएर वा झुक्याएर विदेश पठाउने कार्यमा संलग्नविरुद्ध मानव तस्करी तथा ओसारपसार मुद्दा चलाउने बाटो खुला भएको छ ।

यसअघि भएको ऐनको दफा ४ को (२) मा मानव बेचबिखन तथा ओसारपसार गरेको मानिने दुईवटा बुँदालाई यथावत् राख्दै थप व्याख्यासहितको अरू दुई बुँदा थपिएको छ । पहिला व्यवस्था भएको दुईमध्ये पहिलो बुँदा (क) मा ‘किन्ने वा बेच्ने उद्देश्यले मानिसलाई विदेशमा लैजाने ।’ र दोस्रो बुँदा (ख) मा ‘वेश्यावृत्तिमा लगाउने वा शोषण गर्ने उद्देश्यले कुनै प्रकारले ललाइफकाइ प्रलोभनमा पारी, झुक्याइ, जालसाज गरी, प्रपञ्च मिलाइ, जबर्जस्ती गरी करकापमा पारी अपहरण गरी, शरीर बन्धक राखी, नाजुक स्थितिको फाइदा लिई, बेहोस पारी, पद वा शक्तिको दुरुपयोग गरी, अभिभावक वा संरक्षकलाई प्रलोभनमा पारी, डर, त्रास, धाक, धम्की दिई वा करकापमा पारी कसैलाई बसिरहेको घर, स्थान वा व्यक्तिबाट छुटाइ लग्ने वा आफूसँग राख्ने वा आफ्नो नियन्त्रणमा लिने वा कुनै स्थानमा राख्ने वा नेपालभित्रको एक ठाउँबाट अर्को ठाउँमा वा विदेशमा लैजाने वा अरू कसैलाई दिने’ भन्ने उल्लेख गरिएको छ । 

Hardik health

ऐन संशोधनपश्चात् थपिएका दुई बुँदा, जसमध्ये (ग) मा ‘प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कुनै गैरकानुनी लाभ वा अन्य फाइदा लिने उद्देश्यले बद्नियतपूर्वक कुनै नेपाली नागरिक, विदेशी वा आप्रवासी व्यक्तिलाई नक्कली वा झूठा कागजात बनाई वा झुक्याइ विदेश लैजाने वा त्यस्तो व्यक्तिको आफ्नो मुलुक वा निज रहेको स्थानबाहेक अन्य मुलुकमा गैरकानुनीरूपमा प्रवेश गराउने मानव तस्करीसम्बन्धी कार्य गरे वा गराएमा ।’ र (घ) मा ‘किन्ने वा बेच्ने उद्देश्यले कसैलाई नेपालको मार्ग प्रयोग गरी अर्काे मुलुकमा पठाउने वा कुनै मुलुकमा पठाउने उद्देश्यका लागि नेपाल ल्याउने’ भनिएको छ । 

संशोधनअघिका दुई बुँदाले मात्र मानव तस्करी तथा ओसारपसारजन्य कार्यलाई सम्बोधन गर्न पर्याप्त नभएको भन्दै नेपाल प्रहरीलगायत सरोकारवाला सबैले मानव तस्करसम्बन्धी थप परिभाषा र कानुनी व्यवस्था गर्न सरकारसँग माग गर्दै आएका थिए । संशोधित ऐनअनुसार नेपालीलाई मात्र नभई विदेशीलाईसमेत नेपालको बाटो भएर अवैधरूपमा विदेश पठाएमा वा नेपालमै राखे पनि मानव तस्करी तथा ओसारपसारको कार्य गरेको मानिने आप्रवासनविज्ञ तथा कानुनका जानकार डा. सोमप्रसाद लुईंटेलले बताए । कानुनमा अहिले गरिएको संशोधनले तस्करीमा संलग्नलाई कारबाही गर्न सहज भए पनि पर्याप्त नभएको उनको भनाइ छ । यद्यपि कानुन बन्नु राम्रो भएको भन्दै उनले आवश्यकताअनुसार थप व्यवस्था गर्दै जानुपर्ने बताए ।

 


प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  १०:२५
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगार बोर्डमार्फत ३३६३ विद्यार्थीलाई छात्रवृत्ति 
वैदेशिक रोजगार बोर्डमार्फत ३३६३ विद्यार्थीलाई छात्रवृत्ति  शनिबार, असार २७, २०८३
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ शुक्रबार, असार २६, २०८३
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै शुक्रबार, असार २६, २०८३
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन पक्राउ
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन पक्राउ बिहीबार, असार २५, २०८३
यूएईका वैदेशिक व्यापारमन्त्रीसँग  परराष्ट्रमन्त्री खनालकाे शिष्टाचार भेटवार्ता
यूएईका वैदेशिक व्यापारमन्त्रीसँग परराष्ट्रमन्त्री खनालकाे शिष्टाचार भेटवार्ता बिहीबार, असार २५, २०८३
प्रशासनको निर्देशनले लोकतान्त्रिक एसोसिएसनमा लफडा
प्रशासनको निर्देशनले लोकतान्त्रिक एसोसिएसनमा लफडा बिहीबार, असार २५, २०८३
 नेपाल लोकतान्त्रिक वैराे व्यवसायी एसोसिएसनको अध्यक्षमा किशोरकुमार केसीले गरे पदबहाली
 नेपाल लोकतान्त्रिक वैराे व्यवसायी एसोसिएसनको अध्यक्षमा किशोरकुमार केसीले गरे पदबहाली बुधबार, असार २४, २०८३
लोकप्रिय
  • Week
  • Month
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
गार्जेनसिपको घण्टी मट्याङ्ग्रोको बिदाइ
गार्जेनसिपको घण्टी मट्याङ्ग्रोको बिदाइ
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP