Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सुधन गुरुङ
  • #सुनको मूल्य
  • #डा. शेखर कोइराला
  • #शेरबहादुर देउवा समूह
  • #नेपाली कांग्रेस
  • #विश्व आदिवासी दिवस आज
  • #शिवशंकर रिजाल 'जोगिन्दर'
  • #गाईजात्रा
  • #‘ए मैना सुनन’
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • अनलाइन प्रणालीबाटै मागपत्र प्रमाणीकरण हुने 
अनलाइन प्रणालीबाटै मागपत्र प्रमाणीकरण हुने 
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, जेठ २५, २०८१

काठमाडौं– सरकारले वैदेशिक रोजगार सम्बन्धी मागपत्र प्रमाणीकरण कार्य अनलाइन प्रणालीबाटै हुने व्यवस्थाको सुरुवात गरेको छ । बिहीबार अनलाइनबाट प्रमाणीकरण गर्ने प्रक्रिया नेपाली राजदूतावास अबुधाबीबाट सुरु गरिएको हो ।उपप्रधान एवं परराष्ट्रमन्त्री नरायणकाजी श्रेष्ठले विदेशस्थित नेपाली नियोगहरुबाट मागपत्र प्रमाणीकरण अनलाइन प्रणालीको सुरुवात गरेका हुन् ।

सुशासन तथा ई–गभर्नेन्सको अवधारणा अनुरुप अत्याधुनिक सूचना प्रविधिको प्रयोग गर्दै अनलाइन प्रणालीमार्फत पहिलो पटक वैदेशिक रोजगारसम्बन्धी मागपत्र प्रमाणीकरणको सुरुआत भएको मन्त्री श्रेष्ठले बताए । विदेशस्थित नेपाली नियोगबाट रोजगारदाता कम्पनीले गर्नुपर्ने वैदेशिक रोजगार सम्बन्धी मागपत्र प्रमाणीकरणको प्रकृयालाई सरल, सहज र प्रविधिमैत्री बनाउने उद्देश्यले अनलाइन प्रणाली जरुरी भइसकेको उनको भनाई छ ।

‘वैदेशिक रोजगारमा नेपालीको लागि अवसर र चुनौती दुबै भएकाले त्यसलाई थप सुरक्षित र व्यवस्थित बनाउन जरुरी देखिएको हुँँदा अनलाइन प्रणालीको विकास गरिएको हो,’ उनले भने, ‘विस्तारै सबै कुटनीतिक नियोगबाट अनलाइन प्रणालीलाई विस्तार गरी सेवा प्रवाह प्रभावकारी बनाइने छ ।’ 
परराष्ट्र मन्त्रालय अन्र्तगत कन्सुलर सेवा विभागले निर्माण गरेको अनलाइन प्रणालीलाई वैदेशिक रोजगार विभागको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेइम्स)सँग पनि अन्तरआबद्ध गरिएको मन्त्री श्रेष्ठले बताए । जसका कारण मागपत्र प्रमाणीकरण र श्रम स्वीकृति सम्बन्धी कार्य एउटै प्रणालीबाट सम्पन्न हुने विश्वास व्यक्त गरे । 

Hardik health


अनलाइन प्रणालीको सुरुआत भएसँगै दूतावासहरूमा मागपत्र प्रमाणीकरणकै नाममा हुने भीडभाड नियन्त्रणमाासमेत सहयोग पुग्ने उनको भनाई छ । ‘अनलाइन प्रणालीले दूतावासहरुमा कार्यचाप कम हुने, विचौलिया जन्य कार्य निरुत्साहित हुने, कम्पनीको डिजीटल रेकर्ड राख्न मद्दत पुग्नेछ,’ मन्त्री श्रेष्ठले भने, ‘यसबाट कामदार मागपत्र प्रमाणीकरण गराई लगेका कम्पनीमा कार्यरत नेपाली कामदारलाई समस्या परेमा मद्दत गर्न सघाउ पुग्ने, सम्पूर्ण प्रक्रिया सरल, सहज र पारदर्शी गराइ विद्युतीय सुशासन कायम भई सेवाग्राही लाभान्वित हुनेछन् ।’ मन्त्री श्रेष्ठले अनलाइन प्रणालीको सुरुवात र क्रमशः हुँदै जाने विस्तारले वैदेशिक रोजगार व्यवसायी तथा रोजगारदाताले गर्दै आएको मागपत्र प्रमाणीकरण सम्बन्धी राख्दै आएको गुनासोसमेत सम्बोधन हुने अपेक्षा गरिएको बताए । 

त्यसैगरी कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीलाई समयानुकुल र प्रविधिमैत्री बनाउँदै लैजान आफ्नो मन्त्रालयले गम्भिरतापूर्वक गृहकार्य गरिरहेको बताए । उनले वैदेशिक रोजगारीलाई अरु व्यवस्थित र मर्यादित बनाउने कार्यमा पनि अध्ययन भइरहेको जानकारी दिए । मन्त्री अर्यालले अनलाइन प्रणालीको सुरुआतसँगै दुई मन्त्रालयबीच ‘कन्फ्लिक्ट’ छ की भन्ने दुविधा हटाउने र मागपत्र प्रमाणीकरणमा सहजीकरण हुँदै जाने बताए । उनले मागपत्र प्रमाणीकरणमा सम्बन्धीत दूतावासका राजदूतलाई मात्र जिम्मेवारी दिंदा कार्यभार बढ्ने भएकाले अन्य कर्मचारीलाई पनि ट्रेनिङ दिएर जिम्मेवारी दिनु राम्रो हुने सुझाव दिए । 


अनलाइन प्रणाली लागू भएसँगै रोजगारदाता कम्पनीले दूतावासमा धाउनुपर्ने, कागजातको आधिकारिता परीक्षण गर्न कठिनाइ हुने, कार्य प्रक्रिया पारदर्शी नहुने, धेरै समय र लागत लाग्नेजस्ता समस्या हल हुने कन्सुलर विभागले जनाएको छ । यसबाट रोजगारदाता कम्पनी तथा नियोगको कार्य पारदर्शी, सहज र कागजरहित हुनुका साथै सेवाग्राहीहरूले समेत लाभ प्राप्त गर्ने र रोजगारदाताले गर्दै आएको गुनासो पनि समाधान हुने विभागका महानिर्देशक प्रकाशमणि पौडेलले बताए ।


प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०८१  ०६:००
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव  शुक्रबार, साउन २९, २०८३
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू बिहीबार, साउन २८, २०८३
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध  बुधबार, साउन २७, २०८३
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना मंगलबार, साउन २६, २०८३
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै सोमबार, साउन २५, २०८३
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने आइतबार, साउन २४, २०८३
पूर्व प्रस्थान अभिमुखीकरण पाठ्यक्रम डिजिटलाइज्डमा ढिलाई
पूर्व प्रस्थान अभिमुखीकरण पाठ्यक्रम डिजिटलाइज्डमा ढिलाई शुक्रबार, साउन २२, २०८३
लोकप्रिय
  • Week
  • Month
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री  गुरुङ
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री गुरुङ
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP