Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राजेन्द्र लिङ्देन
  • #राष्ट्रिय सभा निर्वाचन
  • #प्रशान्त तामाङ
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #दूध_दुहुने_रियालिटी शो
  • #‘शिवांश’
  • #फोक्सिङटार
  • #क्यालिस्थेनिक्स
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • ‘रोजगारदाता र श्रमिकबीचको दूरी घटाउन रोजगार मेला’
‘रोजगारदाता र श्रमिकबीचको दूरी घटाउन रोजगार मेला’
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, जेठ २२, २०८१

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले ‘श्रमाधान रोजगार मेला’बाट रोजगारीको खोजीमा रहेका श्रमिक र रोजगारदाताबीच भएको दूरी घटाउन मद्दत पुग्ने बताएका छन् । गण्डकी प्रदेशको पोखरामा सुरु भएको दुईदिने रोजगार मेलाको उद्घाटन गर्दै मन्त्री अर्यालले उक्त कुरा बताएका हुन् । 

रोजगारीको खोजीमा रहेका श्रमिक र रोजगारदाताबीच समन्वय गर्न मन्त्रालयले रोजगार मेलाको आयोजना गरेको उल्लेख गर्दै मन्त्री अर्यालले यस्ता खालका कार्यक्रमले रोजगारीका अवसर सिर्जना हुने दाबी गरे । ‘नेपालमा एकातिर रोजगारी नपाउने र अर्कोतिर रोजगारदताले श्रमिक नपाउने अवस्थालाई अन्त्य गर्न यो मेलाले सहयोग गर्छ भन्ने सरकारले विश्वास लिएको छ,’ उनले भने, ‘श्रम खोज्नेको ठूलो संख्या छ तर अर्कोतिर रोजगारदाताले श्रमिक नपाएर आप्रवासी श्रमिक भित्र्याउनुपरेको अवस्था छ, यो अवस्थाको अन्त्य गर्न मेलाले सहयोग पु¥याउँछ ।’ 

अहिलेको परिवेशमा श्रमाधान रोजगार मेला सान्दर्भिक ठानेर बजेटविना नै मेलाको आयोजना गरिएको उनले बताए । मन्त्री अर्यालले छोटो अवधिको तयारीका कारण कतिपय सरोकारवालालाई कार्यक्रममा समेट्न नसकेको बताए । उनले आगामी दिनमा संयुक्तरुपमा तीनवटै सरकार (संघ, प्रदेश र स्थानीय तह) मिलेर पालिकास्तरमा नै रोजगार मेला अयोजना गर्ने जानकारी दिए ।

रोजगार मेलाबाट तत्कालै रोजगारीको अवसर पाउन नसके पनि आगामी दिनमा राम्रै अवस्था सिर्जना हुने मन्त्री अर्यालको भनाइ छ । ‘अहिले सञ्चालन भइरहेको मेला एकखाले सुरुआती मात्रै हो,’ उनले भने, ‘यसको दीर्घकालीन महŒव र अवसर छ ।’ मेलाको उद्देश्य स्वदेशमा रोजगारीको अवसर सिर्जना गराउनमात्र नभई वैदेशिक रोजगारीमा जानेहरुलाई समेत अवश्यक जानकारी प्रदान गर्ने रहेको उनले प्रस्ट पारे ।

Hardik health

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकीमा आयोजना गरिएको श्रमाधान रोजगार मेलाले श्रम र रोजगारको क्षेत्रमा नयाँ दिशा पहिल्याउन महŒवपूर्ण भूमिका खेल्ने बताए । नेपालमा जति पनि समस्या देखिएका छन् त्यसको मुख्य कारण बेरोजगारी रहेको पाण्डेको भनाइ छ । ‘अहिले नेपालको सबैभन्दा ठूलो चुनौती युवालाई रोजगारी दिन नसक्नु हो,’ उनले भने, ‘रोजगारीकै कारण गाउँ छोड्ने ट्रेण्ड देखिएको छ, गाउँघरमा जमिन बाँझो छ ।’  

सरकारले ठूला–ठूला योजना अघि बढाए पनि कार्यान्वयनको अभावमा स्वदेशमा रोजगारीको अवसर नहुँदा विदेशिने नेपालीको संख्या बढेको मुख्यमन्त्री पाण्डेको भनाइ छ । ‘कृषिमा आधारित रोजगारीको अवसर छ, गत वर्ष कृषिका लागि प्रदेश सरकारले ठूलो योजना अघि बढाएको थियो तर, त्यो सफल हुन सकेन, यस्तो अवस्थामा रोजगारी नपाएपछि मान्छे विदेश जाने नै भए,’ उनले भने ।

यस्तै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरा महानगरले अहिलेसम्म तीन हजारभन्दा बढीलाई रोजगारीका अवसर प्रदान गरिसकेको बताए । रोजगार मेलाबाट आगामी दिनमा थप श्रम र रोजगारका अवसर सिर्जना हुने विश्वास व्यक्त गर्दै तीनै तहका सरकार मिलेर कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

यही जेठ २१ र २२ गतेसम्म सञ्चालन हुने दुई दिने मेलामा विभिन्न खालका सेवाप्रदायक ३९ वटा बुथ (स्टल)हरु राखिएका छन् । जसमा आप्रवासी स्रोत केन्द्र, वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार बोर्ड, सिजी ग्रुप, सामाजिक सुरक्षा कोष, एनएमबी बैंक, पोखरा महानगर, होङ्सी सिमेन्ट, नेपाल उद्योग वाणिज्य महासंघ, होटल सरोवर, नेपाल उद्योग परिसंघलगायतका स्टलहरु रहेका छन् ।

लुम्बिनीमा तयारी पूरा
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले लुुम्बिनी प्रदेशमा यही जेठ २३ र २४ गते सञ्चालन हुने ‘श्रमाधान रोजगार मेला’को तयारी पूरा भएको जनाएको छ । बुटवलस्थित बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बिआइसिसी)मा हुने मेलाको उद्घाटन श्रममन्त्री अर्यालले गर्ने कार्यक्रम रहेको छ ।

पत्रकार सम्मेलनमा लुम्बिनी प्रदेशमा हुन लागेको श्रमाधान रोजगार मेला, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, उद्योग पर्यटन तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेश, नेपाल उद्योग परिसंघ, बुटवल उपमहानगरपालिकाको संयुक्त आयोजनामा हुन लागेको हो । 

सोमबार बुुटवल उपमहानगर पालिकामा आयोजित पत्रकार सम्मेलनमार्फत मेलाको बारेमा जानकारी दिँदै लुम्बिनी प्रदेशमा हुन लागेको श्रमाधान रोजगार मेला तयारी पूरा भएको मेला संयोजक एवं उपसचिव लोकनाथ भुसालले जानकारी दिए । उनले प्रदेशमा हुने मेलाले नेपालको रोजगारी परिदृश्यको विशेष आवश्यकतालाई सम्बोधन गर्न रणनीतिरूपमा डिजाइन गरिएको बताए ।

मेलाबाट रोजगारी सिर्जना, युवा सशक्तीकरण र दिगो आर्थिक वृद्धिका लागि सार्वजनिक–निजी साझेदारीलाई बढावा दिन सहयोग पुग्ने बताइएको छ । मेलामा विभिन्न सरकारी निकाय र निजी क्षेत्रका सेवाप्रदायक ४१ वटा स्टल राखिने भएको छ ।
 


प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  १०:४२
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कोरियामा विदेशी कामदारमाथिको निर्भरता बढ्दो
कोरियामा विदेशी कामदारमाथिको निर्भरता बढ्दो सोमबार, पुस २८, २०८२
इटालीले तीन वर्षभित्र पाँच लाख आप्रवासी कामदार भित्र्याउने
इटालीले तीन वर्षभित्र पाँच लाख आप्रवासी कामदार भित्र्याउने आइतबार, पुस २७, २०८२
दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला
दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला शुक्रबार, पुस २५, २०८२
युके पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
युके पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ शुक्रबार, पुस २५, २०८२
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन शुक्रबार, पुस २५, २०८२
श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेका पक्षमा निर्णय
श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेका पक्षमा निर्णय बिहीबार, पुस २४, २०८२
दुई प्रणालीमार्फत विदेशी कामदार भित्र्याउन योजनामा जापान
दुई प्रणालीमार्फत विदेशी कामदार भित्र्याउन योजनामा जापान बिहीबार, पुस २४, २०८२
लोकप्रिय
  • Week
  • Month
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी रावल उम्मेदवारमा सिफारिस
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी रावल उम्मेदवारमा सिफारिस
संघीय गणतान्त्रिक गठबन्धनले गृहमन्त्रीलाई बुझायो ज्ञापनपत्र
संघीय गणतान्त्रिक गठबन्धनले गृहमन्त्रीलाई बुझायो ज्ञापनपत्र
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP