Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #उद्धार
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #काठमाडौं विश्वविद्यालय
  • #प्रा.डा. बालकृष्ण बल
  • #जेनजी_आन्दोलन
  • #तोरकीन
  • #जेनजी_प्रदर्शन
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
Search Here
अर्थतन्त्र
  • Home
  • अर्थतन्त्र
  •  वाणिज्य बैंकहरुको नाफा १३ प्रतिशतले घट्यो
 वाणिज्य बैंकहरुको नाफा १३ प्रतिशतले घट्यो
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, वैशाख ७, २०८१

काठमाडौं  ‍- अर्थतन्त्र शिथिल बन्दा चालु आर्थिक वर्षमा वाणिज्य बैंकहरूको नाफा १३.४७ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षमा वाणिज्य बैंकहरूको नाफा १३.४७ प्रतिशतले घटेको नेपाल राष्ट्र बैंकले जनाएकाे  छ ।

बैंकले जारी गरेकाे तथ्यांकअनुसार गत आर्थिक वर्षको चैत मसान्तसम्म ४७ अर्ब १ करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएका वाणिज्य बैंकहरुले यस आर्थिक वर्षको सोही अवधिसम्म ४० अर्ब ६८ करोड ३० लाख रुपैयाँ मात्र कमाउन सफल भएका छन् ।

समीक्षा अवधिमा ७ वटा बैंकको खुद नाफा बढेको छ भने १३ वटा बैंकको नाफा घटेको छ । बैंकहरूको खराब कर्जा बढेका कारण नाफामा ठूलो असर गरेको देखिन्छ । अर्थतन्त्रमा देखिएको समस्या र उच्च ब्याजदरका कारण ऋणीहरूले समयमा कर्जा नतिरेपछि यति बेला बैंकहरूको एनपीएल बढेको छ ।

खराब कर्जा बढ्दा बैंकले कमाएको नाफा प्रोभिजिङ गर्दा चालु आवको तेस्रो त्रैमाससम्म बैंकहरूको नाफा ७ अर्ब ६६ करोड रुपैयाँले घटेको हो ।समीक्षा अवधिमा प्रतिशतका हिसाबले सबैभन्दा बढी नाफा बैंक कृषि विकास बैंकले कमाएको छ भने अंकका हिसाबले नबिल बैंकले सबैभन्दा धेरै नाफा कमाएको छ । कृषि विकास बैंकको खुद नाफा समीक्षा अवधिमा ९७.२२ प्रतिशत बढेको छ ।

Ncell
Hardik health

गत आर्थिक वर्षको पहिलो ३ महिनामा १ अर्ब ४ करोड रुपैयाँ नाफा कमाएको यस बैंकले चालु आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ५ करोड रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ।समीक्षा अवधिमा नाफा बढाउन सफल बैंकहरुमा लक्ष्मी सनराइज, प्राइम कमर्सियल, सिद्धार्थ, हिमालयन, नेपाल इन्भेष्टमेन्ट मेगा, र एभरेष्ट बैंक रहेका छन्।

सबैभन्दा बढी नाफा कमाउने नबिल बैंक

अंकका आधारमा चैत अन्त्यसम्ममा सबैभन्दा बढी नाफा नबिल बैंक लिमिटेडको रहेको छ। यस बैंकले सो अवधिसम्ममा ४ अर्ब ६६ करोड रुपैयाँ नाफा कमाएको छ । यद्यपि यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८.७६ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ५ अर्ब ११ करोड रुपैयाँ नाफा कमाएको थियो।

नेपाल बैंकको नाफा सर्वाधिक घट्यो

नाफा घटेका १७ वाणिज्य बैंकहरुमध्ये नेपाल बैंकको नाफा सर्वाधिक घटेको छ । समीक्षा अवधिमा सो बैंकको नाफा ९२.६८ प्रतिशत घटेको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्ममा १ अर्ब ७८ करोड रुपैयाँ नाफा कमाएको यस बैंकले चालु आर्थिक वर्षको सोही अवधिमा १३ करोड ५ लाख मात्र नाफा कमाएको छ ।

यस्तो छ अन्य बैंकको नाफा
लक्ष्मी सनराइज बैंकको २७.७० प्रतिशत बढेर १ अर्ब ६१ करोड रुपैयाँ, प्राइम बैंकको १६.६६ प्रतिशत बढेर २ अर्ब ८७ करोड रुपैयाँ, सिद्धार्थ बैंकको १३.०१ प्रतिशत बढेर १ अर्ब ६८ करोड रुपैयाँ नाफा गरेका छन् ।

सिटिजन्स बैंकको १.९९ प्रतिशत घटेर १ अर्ब २१ करोड रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ६.२४ प्रतिशत घटेर २ अर्ब ४४ करोड रुपैयाँ, प्रभु बैंकको ७.२७ प्रतिशत घटेर १ अर्ब ८१ करोड रुपैयाँ, नबिल बैंकको ८.७५ प्रतिशत घटेर ४ अर्ब ६६ करोड रुपैयाँ, सानिमा बैंकको १५.९० प्रतिशत घटेर १ अर्ब ४३ करोड रुपैयाँ खुद नाफा गरेका छन् ।

हिमालयन बैंकको १२.०३ प्रतिशत बढेर १ अर्ब ९४ करोड रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा (एनआईएमबि) बैंकको ७.५२ प्रतिशत बढेर ३ अर्ब २७ करोड रुपैयाँ, एभरेष्ट बैंकको ५.७७ प्रतिशत बढेर २ अर्ब ६० करोड रुपैयाँ नाफा गरेका हुन् ।

एनएमबि १६.४३ प्रतिशत घटेर २ अर्ब २४ करोड रुपैयाँ, कुमारी बैंकको १९.११ प्रतिशत घटेर १ अर्ब ५ करोड रुपैयाँ, नेपाल एसबिआई बैंकको ३५.४४ प्रतिशत घटेर १ अर्ब १६ करोड रुपैयाँ, माछापुच्छ«े बैंकको ३६.७२ प्रतिशत घटेर ८५ करोड ५४ लाख रुपैयाँ, एनआइसी एशिया बैंकको ५३.३० प्रतिशत घटेर १ अर्ब ९१ करोड रुपैयाँ, नेपाल बैंकको ९२.६७ प्रतिशत घटेर १ अर्ब ३० करोड रुपैयाँ नाफा गरेका हुन् ।


प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  ११:३५
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर शनिबार, भदौ २७, २०८३
सिबिफिनको कार्यवाहक अध्यक्षमा राजेश उपाध्याय
सिबिफिनको कार्यवाहक अध्यक्षमा राजेश उपाध्याय शुक्रबार, भदौ २६, २०८३
कर्मचारी सञ्चय कोषको लगानीमा राजनीतिक हस्तक्षेप हुँदैनः अर्थमन्त्री डा वाग्ले
कर्मचारी सञ्चय कोषको लगानीमा राजनीतिक हस्तक्षेप हुँदैनः अर्थमन्त्री डा वाग्ले शुक्रबार, भदौ २६, २०८३
सूचना प्रविधिमा विदेशी लगानीकर्ताको आकर्षण
सूचना प्रविधिमा विदेशी लगानीकर्ताको आकर्षण शुक्रबार, भदौ २६, २०८३
शुक्रबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
शुक्रबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर शुक्रबार, भदौ २६, २०८३
भोटेकोशी बाढीपीडितलाई रूपन्देहीका उद्योगी व्यवसायीको साढे तीन करोड सहयोग
भोटेकोशी बाढीपीडितलाई रूपन्देहीका उद्योगी व्यवसायीको साढे तीन करोड सहयोग बिहीबार, भदौ २५, २०८३
बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक
बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक बिहीबार, भदौ २५, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
सामाखुसी तामाङ परिवार कोषमा नयाँ कार्यसमिति चयन
सामाखुसी तामाङ परिवार कोषमा नयाँ कार्यसमिति चयन
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP