Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • युद्धरत क्षेत्रका श्रमिकलाई स्वदेश फर्काउन अपिल
युद्धरत क्षेत्रका श्रमिकलाई स्वदेश फर्काउन अपिल
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, वैशाख ५, २०८१

काठमाडौं– युद्धरत क्षेत्रमा रहेका नेपाली आप्रवासी श्रमिकको जीवन रक्षा, अवस्थाबारे जानकारी माग गर्दै यथाशीघ्र सुरक्षित स्वदेश फिर्ता ल्याउन अधिकारवादी संस्थाहरुले अपिल गरेका छन् । हाल रुस र युक्रेनबीच चलिरहेको युद्धमा ठूलो संख्यामा नेपाली आप्रवासी श्रमिकहरूलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न गराइएको भन्दै उनीहरुको सुरक्षित स्वदेश फिर्तीका लागि आप्रवासी श्रमिक र श्रमिकका परिवारको हक अधिकारका क्षेत्रमा क्रियाशील सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जाल (एनएनएसएम) र संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) ले संयुक्त अपिल गर्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

दुई संस्थाले जारी गरेको सयुक्त अपिलमा युद्धरत क्षेत्रमा रहेका नेपाली आप्रवासी श्रमिकहरूको यथार्थ जानकारी बाहिर नआउनु र परिवारसँग उनीहरूको सम्पर्क हुन नसक्नुले त्यहाँ रहेका नेपाली श्रमिकहरूको अवस्था गम्भीर रहेको उल्लेख गरिएको छ । जुनसुकै कारण वा माध्यमबाट युद्धरत क्षेत्रमा पुगेका वा सैनिक भर्नासम्बन्धी अन्तर्राष्ट्रिय मापदण्डविपरीत युद्धमा संलग्न गराइएको भए पनि उनीहरूको अवस्थाको जानकारी परिवारले पाउनुपर्ने र संकटमा परेका नेपालीहरूको सुरक्षाको दायित्व नेपाल सरकारले लिनुपर्नेमा जोड दिइएको छ ।

पीडित परिवारहरूले गरेका मागको प्रभावकारी सुनुवाइ हुन नसक्नुका साथै त्यहाँ मृत्यु हुने श्रमिकको संख्या दिनप्रतिदिन थपिँदै जानुले समस्या थप जटिल बन्दै गएको अपिलमा उल्लेख छ । तसर्थ नेपाल सरकारले प्रतिबद्धता जनाएका मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय कानुन, नेपालको संविधान र आप्रवासी श्रमिक र तिनका परिवारको अधिकारसम्बन्धी महासन्धिको प्रावधानले आफ्ना नागरिकको शान्ति सुरक्षा र अवस्थाका बारेमा राज्यले पूरा गर्नुपर्ने दायित्वलाई स्पष्ट पारेको पनि सरकारलाई स्मरण गराइएको छ ।

Hardik health

द्वन्द्व प्रभावित क्षेत्रमा जोखिमपूर्ण वा उच्च जोखिमको कामका लागि नेपाली आप्रवासी श्रमिकको भर्तीलाई रोक्न उच्चस्तरको तहबाट तत्काल आवश्यक कदम चाल्न पनि नेपाल सरकारसमक्ष संयुक्त अपिलमार्फत जोडदार माग गरिएको छ ।
 


प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  ०८:४९
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
‘फ्रि भिसा, फ्रि टिकट’ कार्यान्वयन गर्न ‘एक्सन’मा उत्रियो सरकार
‘फ्रि भिसा, फ्रि टिकट’ कार्यान्वयन गर्न ‘एक्सन’मा उत्रियो सरकार आइतबार, चैत २२, २०८२
आठ महिनामा भित्रियो साढे १४ खर्ब 
आठ महिनामा भित्रियो साढे १४ खर्ब  शुक्रबार, चैत २०, २०८२
वैदेशिक रोजगारीमा जानेलाई निःशुल्क अभिमुखीकरण दिने तयारी
वैदेशिक रोजगारीमा जानेलाई निःशुल्क अभिमुखीकरण दिने तयारी बिहीबार, चैत १९, २०८२
अनलाइन ठगीमा परेका १२ नेपालीको कम्बोडियाबाट उद्धार
अनलाइन ठगीमा परेका १२ नेपालीको कम्बोडियाबाट उद्धार बुधबार, चैत १८, २०८२
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज मंगलबार, चैत १७, २०८२
ठगीको अभियोगमा पक्राउ
ठगीको अभियोगमा पक्राउ मंगलबार, चैत १७, २०८२
बालेन्द्र सरकारको प्राथमिकता पनि श्रम सम्झौता विस्तारमै
बालेन्द्र सरकारको प्राथमिकता पनि श्रम सम्झौता विस्तारमै मंगलबार, चैत १७, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP