Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #गणेश नेपाली
  • #फार्मर्स_मार्केट
  • #Farmer's market
  • #गोकर्णेश्वर_नगरपालिका
  • #प्रतिनिधि सभा बैठक
  • #राजेन्द्र_राई
  • #मिड_डे_मील
  • #मुक्तिनाथ_बैंक
  • #अमेरिका_ठगी
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • मन्त्रालयमै अड्कियो ‘रोयल गार्ड’को प्रस्ताव 
मन्त्रालयमै अड्कियो ‘रोयल गार्ड’को प्रस्ताव 
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, वैशाख ४, २०८१

काठमाडौं– आर्थिक रुपमा प्रभावशाली मानिएका मुलुक ब्रुनाइ र बहराइनले नेपालबाट ‘रोयल गार्ड’ लैजान गरेको प्रस्ताव श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयमै अड्किएको छ । ती मुलुकले राजपरिवार र उनीहरुका सदस्यको सुरक्षाका लागि नेपालबाट रोयल गार्डको रुपमा आवश्यक सुरक्षा जनशक्ति लैजान झण्डै छ महिनाअघि गरेको प्रस्तावबारे मन्त्रालयले कुनै प्रतिक्रिया जनाएको छैन । 

ब््रुनाई र बहराइनले नेपालबाट त्यहाँका राजपरिवार र राजपरिवारका सदस्यको सुरक्षाका लागि सरकार–सरकारबीच (जिटुजी) सम्झौता गरेर रोयल गार्ड लैजाने गरी प्रस्ताव गरेको मन्त्रालयका एक उच्च अधिकारीले बताए । उनका अनुसार ब्रुनाइका सरकारी अधिकारीहरूले रोयल गार्डका लागि आवश्य जनशक्ति उपलब्ध गराउने सम्बन्धमा श्रम मन्त्रालयसँग एक चरण वार्तासमेत गरिसकेका छन् । ‘ब्रुनाइका अधिकारीहरूले रोयल गार्ड लैजान आवश्यक प्रोटोकल बनाएर अघि बढ्न तयार रहेको भन्दै तत्काल सम्झौता गर्नसमेत प्रस्ताव गरेका थिए,’ ती अधिकारीले भने, ‘तर, सत्ता समीकरणमा आएको फेरबदलका कारण कुनै प्रक्रिया अघि बढाइएको छैन, अहिले नयाँ मन्त्रीज्यूको प्राथमिकता अन्य विषयमा रहेकाले उक्त प्रस्ताव त्यत्तिकै थन्क्याइएको छ ।’

रोयल गार्ड लैजाने सम्बन्धमा बहराइन र ब्रुनाइले बढी नै चासो दिएको बताइएको छ । ब्रुनाइले नेपालबाट कामदार लैजाँदा लाग्ने सबै प्रकारका शुल्क व्यहोर्ने र छनोटको जिम्मा ब्रुनाइकै गोरखा रिजर्भ युनिट नामक संस्थालाई दिने प्रस्ताव गरेको छ । त्यस्तै छुट्टै प्रोटोकल निर्माण गरी रोयल गार्डमा जाने कामदारको सम्पूर्ण लागत खर्च व्यहोर्नेगरी लैजान तत्कालनि श्रममन्त्री शरतसिंह भण्डारीसँग बहराइनका अधिकारीहरुले औपचारिक प्रस्ताव नै राखेका थिए ।

उक्त संस्थाले रोयल गार्डमा जाने व्यक्ति योग्य हो वा होइन भनेर शारीरिकलगायत अवस्था जाँच गर्ने र योग्य छनोट गरेर लैजान गार्ड छनोटको काम ब्रुनाइकै गोरखा रिजर्भ युनिट नामक संस्थाले गर्ने प्रस्तावमा भनिएको छ । उक्त संस्थाले रोयल गार्डमा जाने व्यक्ति योग्य हो वा होइन भनेर शारीरिकलगायत अवस्था जाँच गर्ने र योग्य छनोट गरेर लैजाने प्रस्ताव गरेको हो । यसरी श्रमिक लैजाँदा लाग्ने सबै शुल्क ब्रुनाइले नै बेहोर्ने भनिएको छ ।

Hardik health

ब्रुनाइले रोयल गार्ड लैजान मन्त्रालयलाई तत्कालै प्रोटोकल बनाएर सम्झौता गरिहालौं भन्ने प्रस्ताव राखेको थियो । मन्त्रालयका उपसचिव डम्बर सुनुवारले तत्कालीन मन्त्री शरतसिंह भण्डारीकै पालामा ब्रुनाइले रोयल गार्ड लैजान प्रस्ताव गरेको बताए । ‘हामी यति नै संख्यामा लैजान्छौं भनेर खुलाएको थिएन । पहिले प्रोटोकल बनाउने कुरा थियो । हामीले उनीहरूलाई सकारात्मक प्रतिक्रिया दिएका थियौं । अहिले म अर्कै महाशाखामा छु । प्रक्रिया कहाँ पुग्यो मलाई पछिल्लो जानकारीचाहिँ छैन,’ उनले भने ।

सम्झौताका लागि परराष्ट्र मन्त्रालयसँग समन्वय गर्नुपर्ने हुन्छ । अनि मन्त्रिपरिषद्मा प्रस्ताव लैजानुपर्ने हुँदा केही समय लाग्ने प्रतिक्रिया मन्त्रालयका अधिकारीहरूले दिएर पठाएका थिए । यतिबेला श्रममन्त्री डोलप्रसाद अर्यालले यो प्रस्ताव अघि बढाएका छैनन् । मन्त्री अर्याल अरू काममै व्यस्त रहेका कारण यो काम अघि बढिनसकेको अधिकारीहरू बताउँछन् ।

बहराइनले पनि शून्य लागतमै रोयल गार्ड लैजान इच्छा देखाएको छ । तत्कालीन मन्त्री शरतसिंह भण्डारीसँग बहराइनका अधिकारीहरूले औपचारिक प्रस्ताव गरेका थिए । गत भदौ १२ गते तत्कालीन मन्त्री भण्डारीसँग भेटघाट गर्दै बहराइनका राष्ट्रिय सुरक्षा सल्लाहकार एवं रोयल गार्ड कमाण्डर शेख नासेर बिन हमाद अल खालिफाका दूत क्रिस्टोफर बरोज र मोहम्मद जुमाले प्रस्ताव गरेका थिए । उनीहरूले रोयल गार्डका लागि छुट्टै प्रोटोकल बनाउन प्रस्ताव गरेका थिए ।

पहिले पनि नेपालबाट बहराइन रोयल गार्डमा बेलायती सेना, नेपाली सेनालगायत सुरक्षा सेवाबाट अवकाशप्राप्त नेपाली प्रहरी तथा सेनाहरू गइरहेका छन् । बहराइनले नयाँ युवारूलाई तालिम दिएर रोयल गार्ड लैजान खोजेको हो ।त्यसमाथि अहिले गइरहेकाहरूसँग म्यानपावर कम्पनी तथा बिचौलियाहरूले मोटो रकम असुलिरहेको पाइएको छ । नेपालीले लाखौं खर्च गर्नुपर्ने अवस्थाबारे बहराइनी अधिकारीहरूले पनि गम्भीर चासो लिएर सरकारी संयन्त्रमार्फत निmशुल्क लैजाने प्रस्ताव गरेका हुन् ।

‘राम्रो कमाइ र सेवासुविधाको प्रलोभनमा उनीहरूले ठूलो धनराशी खर्च गर्नु परिरहेको छ । सम्झौता गरेर जाँदा कुनै पनि शुल्क तिर्नु नपर्ने प्रस्ताव बहराइनको छ । यो नेपालीहरूका लागि निकै राम्रो अवसर हुन सक्छ,’ मन्त्रालयका एक अधिकारीले भने । ब्रुनाइ र बहराइनले लगेका रोयल गार्डको सेवासुविधा र पारिश्रमिक के कति हुन्छ भन्ने खुलाइएको छैन । उनीहरूले कति संख्यामा नेपाली लैजाने भन्नेबारे पनि खुलाएका छैनन् । तर नेपालीलाई विश्वास गरेर संवेदनशील क्षेत्रमा अवसर दिने प्रस्ताव आउनु निकै सकारात्मक भएको अधिकारीहरू बताउँछन् ।

बहराइन र नेपालबीच यसअघि नै अन्य विभिन्न क्षेत्रमा श्रमिक लैजाने गरी सम्झौता भएको छ । सन् २००८ मा त्यहाँका विभिन्न क्षेत्रमा श्रमिक लैजाने गरी सम्झौता भएको थियो । अहिले नेपालीहरू बहराइनका विभिन्न क्षेत्रमा गइरहेका छन् । राजदरबारका बगैंचामा माली, चालक, सुरक्षा गार्डलगायतमा पनि काम गरिरहेका छन् ।

ब्रुनाइसँग यसअघि कुनै किसिमको श्रम सम्झौता गरिएको नभए पनि यो मुलुकमा सिंगापुर, हङकङलगायत मुलुकमा सुरक्षा सेवामा खटेर अवकाश प्राप्त प्रहरी तथा सेनाहरू रोयल गार्डमा गइरहेका छन् । त्यस्तै त्यहाँका अन्य विभिन्न क्षेत्रमा पनि अवसरको खोजीमा नेपाली युवाहरू पुगिरहेका छन् । वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्ष २०७९÷८० मा एक हजार ३५५ जना कामदार श्रम स्वीकृति लिएर ब्रुनाइ गएका छन् । उक्त वर्ष बहराइनका लागि सात हजार ६९० जनाले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागको तथ्यांक छ । 
 


प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  ०८:३८
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगार बोर्डमार्फत ३३६३ विद्यार्थीलाई छात्रवृत्ति 
वैदेशिक रोजगार बोर्डमार्फत ३३६३ विद्यार्थीलाई छात्रवृत्ति  शनिबार, असार २७, २०८३
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ शुक्रबार, असार २६, २०८३
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै शुक्रबार, असार २६, २०८३
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन पक्राउ
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन पक्राउ बिहीबार, असार २५, २०८३
यूएईका वैदेशिक व्यापारमन्त्रीसँग  परराष्ट्रमन्त्री खनालकाे शिष्टाचार भेटवार्ता
यूएईका वैदेशिक व्यापारमन्त्रीसँग परराष्ट्रमन्त्री खनालकाे शिष्टाचार भेटवार्ता बिहीबार, असार २५, २०८३
प्रशासनको निर्देशनले लोकतान्त्रिक एसोसिएसनमा लफडा
प्रशासनको निर्देशनले लोकतान्त्रिक एसोसिएसनमा लफडा बिहीबार, असार २५, २०८३
 नेपाल लोकतान्त्रिक वैराे व्यवसायी एसोसिएसनको अध्यक्षमा किशोरकुमार केसीले गरे पदबहाली
 नेपाल लोकतान्त्रिक वैराे व्यवसायी एसोसिएसनको अध्यक्षमा किशोरकुमार केसीले गरे पदबहाली बुधबार, असार २४, २०८३
लोकप्रिय
  • Week
  • Month
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
गार्जेनसिपको घण्टी मट्याङ्ग्रोको बिदाइ
गार्जेनसिपको घण्टी मट्याङ्ग्रोको बिदाइ
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP