Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #माइतीघर
  • #रवीन्द्र_तामाङ
  • #चलचित्र
  • #‘माइतीघर’
  • #नेपालvsओमान
  • #देउवा
  • #मादल
  • #सभामुख
  • #हुक्कालोली
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • प्रो भुवन र एमेच्योर राहुल शीर्षस्थानमा
सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसीप  सुरु प्रो भुवन र एमेच्योर राहुल शीर्षस्थानमा
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, चैत १३, २०८०

काठमाडौं -  सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गत छैटौं प्रतियोगिता, सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसीपको पहिलो दिन प्रो भुवन नगरकोटी र एमेच्योर राहुल विश्वकर्मा संयुक्तरुपमा शीर्षस्थानमा रहेका छन। उनीहरूले ३-अन्डर ६९ को स्कोरमा पहिलो दिनको खेल सकाए। 

भुवन र राहुलले १८ होलको समाप्तीमा तीन प्रोफेसनल खेलाडीहरु रमेश अधिकारी, रवि खड्का र निरज तामाङ तथा एमेच्योर विजय श्रेष्ठ आइन्हाउसलाई १ स्ट्रोकले पछि पारे। रमेश, रवि, निरज र विजयले आज  २-अन्डर ७० को स्कोर दर्ज गरे। एमेच्योर सदभाव आचार्य १-अन्डर ७१ सहित सातौं स्थानमा रहेका छन। युवराज भुजेल, जयराम श्रेष्ठ, सञ्जय लामा र बलभद्र राई इभन-पार ७२ सहित संयुक्तरुपमा आठौं‌ स्थानमा रहे। 

गोकर्ण गल्फ क्लबमा आज भुवनले फ्रन्ट नाइन इभन-पार ३६ मा सकाए। पहिलो होलमा एक सट खेर फाले। यसपछि दोस्रो, पाँचौं र सातौं होलमा बर्डी प्रहार गर्दा आठ होलको समाप्तीमा २-अन्डरको स्थितिमा थिए। तर नवौं होलमा ओबी प्रहार गर्दा यो होलमा डबल बोगीको सामना गरे। यसपछि ब्याक नाइनमा भने उत्कृष्ट प्रदर्शन सहित चार बर्डी प्रहार गरे। १३औं होलमा एक सट खेर फाले भने १०औं, ११औं, १५औं र १७औं होलमा बर्डीको सफलता प्राप्त गरे। ब्याक नाइन ३-अन्डर ३३ मा पुरा गरे।

Hardik health

एमेच्योर गल्फर राहुलले प्रो गल्फरलाई कडा चुनौती दिने क्रममा फ्रन्ट नाइन ३-अन्डर ३३ मा सकाए। उनले बोगी रहित फ्रन्ट नाइन खेल्ने क्रममा पहिलो, चौथो र छैटौं होलमा एक-एक सट बचाए। ब्याक नाइन इभन-पार ३६ मा पुरा गरे।  १२औं होलमा बोगी खेप्दा १५औं होलमा एक सट बचाए। संयुक्तरुपमा दोस्रो स्थानमा रहेका रमेशले सुरूवात राम्रो गर्न सकेनन। फ्रन्ट नाइन २-ओभर ३८ मा सकाए। पहिलो होलमा बोगी खेपे भने तेस्रो होलमा बर्डी प्रहार गरे। तर ५-पारको सातौं होलमा डबल बोगीको सामना गरे। तर ब्याक नाइनमा भने उम्दा प्रदर्शन गरे। १५औं होलमा इगलको‌ सफलता प्राप्त गरे।

यसपछि १६औं र १७औं होलमा बर्डी प्रहार गर्दा ब्याक नाइन ४-अन्डर ३२ मा सकाए। टुरको पाँचौ प्रतियोगिता सूर्य नेपाल च्यालेन्ज जितेका रविले फ्रन्ट र ब्याक नाइन दुवै १-अन्डर ३५ मा सकाए। उनले छैटौं, सातौं, १५औं र १८औं होलमा बर्डी प्रहार गर्दा पहिलो र ११औं होलमा एक-एक सट खेर फाले। यसैगरी धरानका प्रो निरजले तेस्रो र नवौं होलको बर्डी विरूद्ध सातौं होलमा बोगी खेप्दै फ्रन्ट नाइन १-अन्डर ३५ मा सकाए। यसपछि १५औं होलमा एक सट खेर फाल्दा १३औंं र १८औं होलमा बर्डी प्रहार गरे। ब्याक नाइन १-अन्डर ३५ मा सकाए। 

एमेच्योर गल्फर विजयले उत्कृष्ट सुरूवात गर्दै फ्रन्ट नाइन ३-अन्डर ३३ मा सकाए। उनले पहिलो, तेस्रो, पाँचौं र छैटौं होलमा बर्डीको सफलता प्राप्त गरे भने नवौं होलमा एक सट खेर फाले। यसपछि १०औं होलमा बर्डी प्रहार गरे भने १६औं र १७औं‌ होलमा एक एक सट खेर फाल्दै ब्याक नाइन १-ओभर ३७ मा पुरा गरे। प्रो तोरण शाहीले पहिलो दिन व्यक्तिगत कारण खेल सुरू हुनुभन्दा अगाडी नाम फिर्ता लिए।‌ चारदिनसम्म चल्ने ७२ होलको प्रतियोगितामा ३२ प्रोफेसनल र १२ एमेच्योर गरी कुल ४४ गल्फरको सहभागीता रहेको छ। 

कुल ८ लाख ४० हजार नगद पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले १ लाख ४० हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। दोस्रो र तेस्रो हुने गल्फरले क्रमश ९६ हजार र ७२ हजार नगद हात पार्नेछन्।३६ होलको समाप्तीमा कट लागु हुनेछ। जहाँ उत्कृष्ट २१ खेलाडीले तेस्रो र चौथो दिनको लागि स्थान सुरक्षित गर्नेछन्। एमेच्योर खेलाडीको हकमा पनि कट बनाउन उत्कृष्ट २१ भित्र पर्नुपर्ने नियम रहेको छ। कट बनाउन सफल सबै प्रोफेसनल खेलाडीले नगद पुरस्कार प्राप्त गर्नेछन्।


प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  १२:२८
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
एथलेटिक्स टोली भारत जाँदै
एथलेटिक्स टोली भारत जाँदै सोमबार, कात्तिक ३, २०८२
हङकङ सिक्सेसमा नेपालले सहभागिता जनाउँदै
हङकङ सिक्सेसमा नेपालले सहभागिता जनाउँदै आइतबार, कात्तिक २, २०८२
एसियाली ‘युथ गेम्स’मा नेपालका सात खेलाडीले प्रतिस्पर्धा गर्ने
एसियाली ‘युथ गेम्स’मा नेपालका सात खेलाडीले प्रतिस्पर्धा गर्ने आइतबार, कात्तिक २, २०८२
क्रिकेटस् सामोआविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्दै
क्रिकेटस् सामोआविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्दै शुक्रबार, असोज ३१, २०८२
त्रिवि क्रिकेट रंगशालाका गुरुयोजना स्वीकृत,  १० अर्ब रुपैयाँ  लाग्ने
त्रिवि क्रिकेट रंगशालाका गुरुयोजना स्वीकृत,  १० अर्ब रुपैयाँ  लाग्ने शुक्रबार, असोज ३१, २०८२
नेपालले उपाधिका लागि सामोआसँग खेल्दै
नेपालले उपाधिका लागि सामोआसँग खेल्दै शुक्रबार, असोज ३१, २०८२
नेपालगञ्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी
नेपालगञ्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुक्रबार, असोज ३१, २०८२
लोकप्रिय
  • Week
  • Month
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP