Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #सामाजिक सुरक्षा कोष
  • #रासस
  • #गगनकुमार थापा
  • #जिता_मर्ना
  • #तामाङ_घेदुङ
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेल नै खेल
भरतपुर भ्रमण वर्ष गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेल नै खेल
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, चैत १२, २०८०

चितवन- भ्रमण वर्ष २०२४लाई मध्यनजर राख्दै निर्माणधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेल नै खेल भइरहेका छन् ।जिल्ला खेलकुद विकास समिति चितवनका अनुसार पुस १७ गतेदेखि निरन्तर क्रिकेट प्रतियोगिता भइरहेका छन् ।

भरत भ्रमण वर्ष अवधिभर भरतपुरमा हुने कार्यक्रमलाई प्रोत्सहान एवम् राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभा समारोह आयोजना गर्न महानगरपालिकाले अनुरोध पनि गरेको छ ।प्रधानमन्त्री कपमा भाग लिन वागमती प्रदेशस्तरीय महिला छनोट प्रतियोगिता भएको थियो । जहाँ वागमती प्रदेशका ४ वटा महिला क्रिकेट टिमबीच प्रतिस्पर्धा भएको थियो ।

त्यसपछि रंगशालामा खेलकुद गतिविधि विषेश गरी क्रिकेट प्रतियोगिता भइरहेका छन् । समितिकाले तथ्याङक अनुसार वागमती प्रदेशस्तरीय महिला एलिट क्रिकेट प्रतियोगिता, भिजिट भरतपुर कप, सिनियर वागमती प्रदेश छनोट प्रतियोगिता, वडास्तरीय क्रिकेट प्रतियोगिता, मैयाँदेवि मेमोरियल यू–१९ महिला क्रिकेट, चितवन भर्सेज नवलपुर क्रिकेट प्रतियोगिता, अन्तर विद्यालयस्तरीय मेर्यस कप क्रिकेट प्रतियोगिता भइसकेको छ भने इण्डो नेपाल टि–२० क्रिकेट प्रतियोगिता भइरहेको छ ।

Hardik health

वागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाबीच अधुरो क्रिकेट रंगशाला निर्माणका क्रममा वागमती प्रदेशका प्रतियोगिता भरतपुरमै गर्ने सहमति पनि भएको थियो । आगामी चैत्र २५ गतेदेखि भरतपुरमा फेरि पनि वागमती प्रदेशले विभिन्न ९ विद्याको खेल भरतपुरमा गर्दैछ । जसमा क्रिकेट, भलिबल, फुटबल, स्वीमिङ, तेक्वान्दोलगायतका खेलहरु हुन लागेको प्रदेश खेलकुदका सदस्य सचिव सुर्यलाल भण्डारीले जानकरी दिए ।

यो प्रतियोगितामा नेपालभरका ५ हजारभन्दा बढी खेलाडी भरतपुर आउने छन् । प्रतियोगिताका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बाहेक भरतपुर फुटबल, साईकलिङ प्रतियोगिता, ब्याटमिन्टन प्रतियोगितालगायतका खेलकुदहरु भइरहेका छन् । भरतपुर महानगरपालिका नेपालको ७५३ वटा पालिका मध्ये सबैभन्दा धेरै खेल गतिविधि गर्ने पालिकाका रुपमा राष्ट्रिय खेलकुद परिषदबाट सम्मानित भइसकेको छ ।

भरतपुर भ्रमण वर्ष चलिरहेको र गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको पक्का भएसँगै भरतपुरमा खेल गतिविधिहरु दिनप्रति दिन वृद्धि हुँदै गईरहेको छ ।भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आगामी सन् २०२७ मा हुने यू १९ महिला विश्वकप क्रिकेट यही भरतपुरको रंगशालामा गराउने गरी पहल गरिरहेका छन् । प्रमुख दाहालले यसका लागि खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद, नेपाल क्रिकेट संघलाई अनुरोध गरिसककी छन् ।

रंगशालाको टेण्डर आह्वान भइसकेकाले यू १९ महिला विश्वकप क्रिकेट बन्द प्रशिक्षण यही गर्न क्यान पनि सकारात्मक देखिएको छ ।भरतपुर महानगरले विद्यालयस्तरीय क्रिकेट लिग प्रतियोगिता सम्पन्न गरिसकेकाले आगामी वैशाखमा फुटबलको लिग प्रतियोगिता पनि गर्दैछ ।


प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  १५:१२
#भरतपुर_भ्रमण_वर्ष
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
ईन्डिया कपमा नेपाललाई दुई स्वर्ण सहित पाँच पदक
ईन्डिया कपमा नेपाललाई दुई स्वर्ण सहित पाँच पदक सोमबार, माघ ५, २०८२
अनिशा र विन्दु फाइनलमा
अनिशा र विन्दु फाइनलमा सोमबार, माघ ५, २०८२
नेपाल थाइल्याण्डसँग पराजित
नेपाल थाइल्याण्डसँग पराजित आइतबार, माघ ४, २०८२
थाइल्याण्डलाई जितका लागि १२३ रनको लक्ष्य
थाइल्याण्डलाई जितका लागि १२३ रनको लक्ष्य आइतबार, माघ ४, २०८२
थाइल्यान्डविरुद्धको खेलमा नेपालले ब्याटिङ गर्दै
थाइल्यान्डविरुद्धको खेलमा नेपालले ब्याटिङ गर्दै आइतबार, माघ ४, २०८२
हाफ म्याराथनको उपाधि गुरुङलाई
हाफ म्याराथनको उपाधि गुरुङलाई बुधबार, पुस ३०, २०८२
बंगलादेशले  फेरि भन्यो  टि-२० विश्वकपमा  भारत नआउने
बंगलादेशले  फेरि भन्यो  टि-२० विश्वकपमा  भारत नआउने बुधबार, पुस ३०, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP