Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • ‘लाइसेन्स’ लिएर मात्र पर्यटकलाई घुमाउनु :टुर्गान
‘लाइसेन्स’ लिएर मात्र पर्यटकलाई घुमाउनु :टुर्गान
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, चैत ९, २०८०

काठमाडाैं - पछिल्लो समय टुरिष्ट गाइड एशोसियशन अफ नेपाल (टुर्गान)ले ‘लाइसेन्स’ लिएर मात्र पर्यटकलाई घुमाउन आग्रह गरेकाे छ । टुरिष्ट गाईडको अनुमति पत्र ‘लाइसेन्स’ बिना विदेशी पर्यटकलाई विश्वसम्पदा सूचीमा घुमाउने गाईडलाई कारबाही अगाडि बढाउदै साे आग्रह गरेकाे हाे । 

टुर्गानले पर्यटक प्रहरी इकाईसँगको सहकार्यमा गत मंगलबारदेखि सुरु गरेको अभियानमा हालसम्म नौ जना अवैध पथप्रदर्शक (गाईड)लाई कारबाही गरिसकेको टुर्गानका अध्यक्ष थानेश्वर देवकोटाले जानकारी दिएका हुन्  ।

“टुरिष्ट गाईडको लाइसेन्स नलिएका तथा लाईसेन्स लिएर पनि नवीकरण नगरेका गाईडलाई कारबाही गरेका हौँ,” उनले भने । जाँचका क्रममा मंगलबार चार र बुधबार पाँच जनालाई कारबाही गरिएको अध्यक्ष देवकोटाले बताए  । मंगलबार बौद्ध क्षेत्रमा लाइसेन्स जाँच गरिएकोमा बुधबार हनुमानढोका बसन्तपुर क्षेत्रमा अनुगमन गरिएको थियो ।

Hardik health

आगामी दिनमा उक्त अभियानलाई पशुपतिनाथ, स्वयम्भू, पाटन, भक्तपुर दरबारक्षेत्रमा जाँच गरिने टुर्गानले जनाएको छ । उक्त टोलीले लाइसेन्स नलिएका तथा नवीकरण नगरेका टुरिष्ट गाईडलाई दुई घण्टा होल्ड गर्ने र सचेत गराउने गरेको छ ।

पर्यटक प्रहरी इकाई भृकुटीमण्डपका प्रमुख, प्रहरी नायव उपरीक्षक  नरेन्द्र कुँवरले टुरिष्ट गाईडको लाइसेन्स बिना भाषिक ज्ञान भएका जोकोही व्यक्तिले पर्यटकलाई घुमाएकाले गाईडको लाइसेन्स जाँचलाई पर्यटक प्रहरीले तीव्रता दिएको बताए ।

“होटलका कार्यरत कर्मचारी, ट्रेकिङ तथा ट्राभलमा कार्यरत कर्मचारीले बिना लाइसेन्स पर्यटक घुमाउँदा पर्यटक गाईडको लाईसेन्स भएका व्यक्तिलाई समेत समस्या परेको छ, त्यसैले बेलाबेलामा पर्यटक प्रहरीले टुरिष्ट गाईडको लाइसेन्स जाँच गर्दै आएको छ,” उनले भने ।

हाल देशभर चार हजार आठ सय २० व्यक्तिले टुरिष्ट गाईडको लाइसेन्स लिएका छन् । नेपाल भ्रमणका लागि आएका विदेशी पर्यटकलाई नेपालको सकारात्मक सन्देश दिने दुतको कामसमेत टुरिष्ट गाईडको रहेकाले अनुशासित र मर्यादित भएर आफ्नो व्यापार व्यवसाय गर्न टुर्गानले सम्पूर्ण गाईडलाई अनुरोध समेत गरेको छ । 


प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  ०९:५५
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
आठौँ पर्वत महोत्सव आजदेखि
आठौँ पर्वत महोत्सव आजदेखि बुधबार, पुस ९, २०८२
हिमाली भेगका सांस्कृतिक सम्पदा प्रवर्द्धन गर्न सम्मेलन
हिमाली भेगका सांस्कृतिक सम्पदा प्रवर्द्धन गर्न सम्मेलन मंगलबार, पुस ८, २०८२
तानसेनको पर्यटन प्रवर्द्धन गर्न ‘चित्रकला तथा फोटो प्रदर्शनी’
तानसेनको पर्यटन प्रवर्द्धन गर्न ‘चित्रकला तथा फोटो प्रदर्शनी’ सोमबार, पुस ७, २०८२
‘होटल तथा रेष्टुरेण्टले खाद्य सुरक्षा र स्वच्छतालाई ध्यान दिनुपर्ने’
‘होटल तथा रेष्टुरेण्टले खाद्य सुरक्षा र स्वच्छतालाई ध्यान दिनुपर्ने’ सोमबार, पुस ७, २०८२
‘क्रस बोर्डर टुरिजम काउन्सिल’ गठन हुँदै
‘क्रस बोर्डर टुरिजम काउन्सिल’ गठन हुँदै सोमबार, पुस ७, २०८२
मितेरी पुल निर्माणसँगै केरूङ पासको नवीकरण सुरु
मितेरी पुल निर्माणसँगै केरूङ पासको नवीकरण सुरु सोमबार, पुस ७, २०८२
मनमोहक तनहुँको दुबुङ गाउँ
मनमोहक तनहुँको दुबुङ गाउँ सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP