Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
शिक्षा
  • Home
  • शिक्षा
  • शान्ति विद्यालयकाे वार्षिकोत्सवमा सम्मान गरी सम्पन्न
शान्ति विद्यालयकाे वार्षिकोत्सवमा सम्मान गरी सम्पन्न
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, फागुन २५, २०८०

पोखरा - पोखरा महानगरपालिका, वडा नम्बर ३०, शिशुवामा सञ्चालित शान्ति आधारभूत विद्यालयले आफ्नो ६७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसमा विभिन्न व्यक्तिलाई सम्मान गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गादत्त अधिकारीको अध्यक्षतामा बुधबार विद्यालय प्राङ्गणमा भएको कार्यक्रममा वडा नम्बर ३० का वडा अध्यक्ष दुर्गाप्रसाद सुवेदीलगायतले विद्यालयका संस्थापक प्रधानाध्यापक, अध्यक्ष, शिक्षकलगायत हालसम्म योगदान गर्ने व्यक्तिहरूलाई विद्यालयका तर्फबाट सम्मान गरेका हुन् ।

दिवङ्गत भएका पूर्व प्रअहरू सारु मगर, केशवलाल भुजेल, खिलनाथ पराजुली, ओमनाथ बाँस्तोला र लोकबहादुर ताम्राकार तथा पूर्व अध्यक्षहरू दिननाथ त्रिपाठी, झलकनारायण श्रेष्ठ, हर्कबहादुर श्रेष्ठ, नारायणदत्त गौतम र बद्रिनाथ अधिकारीको मरणेपरान्त सम्मान परिवारलाई हस्तान्तरण गरिएको थियो ।

सम्मानित हुने अन्य व्यक्तिहरूमा पूर्व अध्यक्षहरू दयाराम न्यौपाने, दिननाथ च्वाईँ, टीकाराम बाँस्तोला, बुद्धिनाथ जमरकट्टेल, भुवानीप्रसाद बाँस्तोला, बाबुराम ढकाल, भवानीप्रसाद अधिकारी, शिक्षक अभिभावक सङ्घका पूर्व अध्यक्षद्वय बाबुराम थापा र नन्दबहादुर गुरुङ, पूर्व प्रअहरू अर्जुन बन्जारा, इमनाथ च्वाईँ र अमृता न्यौपाने तिवारी तथा हाल कार्यरत शिक्षकहरू भवानीप्रसाद सुवेदी र विमला शर्मा रहेका छन् ।

Hardik health

कार्यक्रममा प्रमुख अतिथि पोखरा–३० का वडा अध्यक्ष दुर्गाप्रसाद सुवेदीले मुलुकका लागि आवश्यक जनशक्तिको पूर्ति गर्ने अधिकांश सामुदायिक विद्यालयकै उत्पादन भएकाले सामुदायिक विद्यालयको शिक्षा सुधारमा विशेष जोड दिनुपर्ने बताए । युवा जनशक्तिलाई देशमै बस्ने अवस्थाको सिर्जना गर्नका लागि सबै तहका सरकारले पहल गर्नुपर्ने भन्दै सुवेदीले वर्तमान समयमा कृषि र नैतिक शिक्षामा लगानी गर्नुपर्ने धारणा राखे । उनले वडा नम्बर ३० ले आगामी आर्थिक वर्षदेखि नैतिक शिक्षा र व्यावहारिक शिक्षाका लागि वडाभित्रका विद्यालयमा कम्तीमा पनि हप्ताको १ पिरियड कक्षा सञ्चालन गर्ने गरी बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा पोखरा महानगरपालिकाका वरिष्ठ शिक्षा अधिकृत बद्रिनाथ सुवेदीले आजको सिकाइ विद्यालयको चौघेरामा मात्र सिमित नरहेको भन्दै यस्ता औपचारिक कार्यक्रम सिकाइको महत्त्वपूर्ण माध्यम बन्ने धारणा राखे । वडा सदस्य तथा विद्यालय व्यवस्थाप समितिका सदस्य विनोदप्रसाद लामिछानेले वडामार्फत विद्यालयको उन्नतिका लागि विभिन्न योजनाहरू सञ्चालन गर्दै आएको र आगामी दिनमा विद्यालयले चालेका कदममा साथ दिने प्रतिबद्धता व्यक्त गरे ।

विद्यालयका प्रधानाध्यापक मनिराम कडेलले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयको शैक्षिक उन्नतिका लागि विभिन्न कार्ययोजनाहरू प्रस्तुत गरे ।कार्यक्रममा वडा सदस्य उमा परियार, लक्ष्मीआदर्श माविका प्रधानाध्यापक रवीन्द्रनाथ भट्टराई, शिवशक्ति माविका प्रधानाध्यापक शम्भुराज बाँस्तोला, शिवालय मावि, रूपाका प्रधानाध्यापक रुपिन्द्र प्रभावी, लक्ष्मी माविका सहायक प्रधानाध्यापक विष्णुप्रसाद तिवारी, नेपाली काङ्ग्रेस वडा नं. ३० सभापति ध्रुवराज न्यौपाने, लेखनाथ साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष मुरारी शर्मा, शिक्षक अभिभावक सङ्घकी अध्यक्ष कल्पना पौडेललगायतले शुभकामना दिएका थिए ।

कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक भवानीप्रसाद सुवेदीले गरेका थिए भने शिक्षक तारादेवी सुवेदी र विद्यार्थी दिया नेपालीले स्वागत मन्तव्य राखेका थिए । सो अवसरमा विद्यार्थीहरूले सांस्कृति प्रस्तुति राखेका थिए भने खेलकुद प्रतियोगिताका विजेता र शैक्षिक सत्र २०७९ का उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो ।


प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०८०  १२:२०
प्रतिक्रिया दिनुहोस्
थप शिक्षा
शिक्षा र स्वास्थ्य समता शुल्क १५ दिनभित्र फिर्ता हुने
शिक्षा र स्वास्थ्य समता शुल्क १५ दिनभित्र फिर्ता हुने शुक्रबार, साउन १५, २०८३
‘शिक्षा क्षेत्रमा संरचनागत सुधार आवश्यक छ’: मन्त्री पोखरेल
‘शिक्षा क्षेत्रमा संरचनागत सुधार आवश्यक छ’: मन्त्री पोखरेल सोमबार, साउन ११, २०८३
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री शुक्रबार, साउन ८, २०८३
त्रिभुवन विश्वविद्यालयले मनायो ६७औँ वार्षिकोत्सव
त्रिभुवन विश्वविद्यालयले मनायो ६७औँ वार्षिकोत्सव बिहीबार, साउन ७, २०८३
शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो
शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो मंगलबार, साउन ५, २०८३
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबीच सहकार्य
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबीच सहकार्य मंगलबार, साउन ५, २०८३
उच्च शिक्षा अध्ययन गर्ने सबै विद्यार्थीलाई छात्रवृत्ति
उच्च शिक्षा अध्ययन गर्ने सबै विद्यार्थीलाई छात्रवृत्ति बुधबार, असार ३१, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP