Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #सामाजिक सुरक्षा कोष
  • #रासस
  • #गगनकुमार थापा
  • #जिता_मर्ना
  • #तामाङ_घेदुङ
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • नेपाल फाइनलमा जोर्डनसँग टाइब्रेकरमा पराजित
वाफ महिला च्याम्पियनसिप नेपाल फाइनलमा जोर्डनसँग टाइब्रेकरमा पराजित
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, फागुन १८, २०८०

काठमाडौं -  वेस्ट एसियन फुटबल महासङ्घ (वाफ) महिला च्याम्पियनसिपको फाइनल खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ । केहीबेर अघि साउदी अरबको जेद्दास्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा सम्पन्न फाइनल खेलमा नेपाल जोर्डनसँग टाइब्रेकरमा ५–३ गोलले पराजित भएको हो । जोर्डन छैटौँ पटक उपाधि जित्न सफल भएको छ ।  नेपाल पहिलो सहभागितामै उपविजेता बनेको हो ।

टाइब्रेकरमा जोर्डनकी आय अल मजालीले गोल गरेपछि नेपालका लागि गीता रानाले बराबरी गोल गरिन । त्यसपछि जोर्डनकी कप्तान मायसा बराहले गोल गर्दा नेपालकी दिपा शाहीले पनि गोल गरिन । त्यसपछि जोर्डनको लगातार दुई प्रहार गोलमा परिणत भएको थियो तर नेपालकी हिरा भुजेलले गोल गरे पनि अमृता जैशीले भने गोल गर्न सकिनन् । जोर्डनको पाँचौ प्रहार गोल भएसँगै नेपाल पराजित हुन पुग्यो ।

त्यसअघि खेलको मध्यान्तरसम्म नेपालले १–० गोलको अग्रता बनाएको थियो । नेपालका लागि सविता राना मगरले खेलको २९ औँ मिनेटमा गोल गरेकी थिइन् । अनिता बस्नेतको स्थानमा खेलिरहेकी सविताले नेपालका लागि पहिलो गोल गर्न सफल भएकी थिइन् । 

Hardik health

त्यस्तै खेलको ७४औं मिनेटमा जोर्डनकी लाना फेरासले गोल गर्दै खेललाई एक एक गोलको बराबरीमा ल्याइन । त्यसपछि खेलको ८९औं मिनेटमा जोर्डनले खेलमा दोस्रो गोल गर्यो । जोर्डनका लागि साराह अबु साबाहले गोल गरिन । तर खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा पेनाल्टीमा नेपालकी गीता रानाले गोल गरेपछि खेल २–२ को बराबरीमा पुगेको थियो । जोर्डनकी जबाराहले बक्समा बल ह्याण्ड गरेपछि नेपालले पेनाल्टी पाएको थियो । 

यसअघि नेपालले सेमिफाइनलमा लेवनानलाई २–१ गालले  हराउँदै जोर्डनसँगको फाइनल भेट पक्का गरेको हो । जोर्डन प्यालेस्टाइनलाई ५–० गोलअन्तरले हराउँदै फाइनलमा पुगेको हो । फिफा बरियतामा नेपाल एक सय पाँचौँ स्थानमा छ भने जोर्डन ७४औँ स्थानमा छ । 


प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  १०:३९
#वाफ_महिला_च्याम्पियनसिप
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
ईन्डिया कपमा नेपाललाई दुई स्वर्ण सहित पाँच पदक
ईन्डिया कपमा नेपाललाई दुई स्वर्ण सहित पाँच पदक सोमबार, माघ ५, २०८२
अनिशा र विन्दु फाइनलमा
अनिशा र विन्दु फाइनलमा सोमबार, माघ ५, २०८२
नेपाल थाइल्याण्डसँग पराजित
नेपाल थाइल्याण्डसँग पराजित आइतबार, माघ ४, २०८२
थाइल्याण्डलाई जितका लागि १२३ रनको लक्ष्य
थाइल्याण्डलाई जितका लागि १२३ रनको लक्ष्य आइतबार, माघ ४, २०८२
थाइल्यान्डविरुद्धको खेलमा नेपालले ब्याटिङ गर्दै
थाइल्यान्डविरुद्धको खेलमा नेपालले ब्याटिङ गर्दै आइतबार, माघ ४, २०८२
हाफ म्याराथनको उपाधि गुरुङलाई
हाफ म्याराथनको उपाधि गुरुङलाई बुधबार, पुस ३०, २०८२
बंगलादेशले  फेरि भन्यो  टि-२० विश्वकपमा  भारत नआउने
बंगलादेशले  फेरि भन्यो  टि-२० विश्वकपमा  भारत नआउने बुधबार, पुस ३०, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP