Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #रासस
  • #सामाजिक सुरक्षा कोष
  • #गगनकुमार थापा
  • #तामाङ_घेदुङ
  • #सोनाम_ल्होछार
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • चन्द्रागिरिमा पुष्पलाल स्मृति राष्ट्रिय र्‍यांकिङ ब्याडमिन्टन प्रतियोगिता सुरु
चन्द्रागिरिमा पुष्पलाल स्मृति राष्ट्रिय र्‍यांकिङ ब्याडमिन्टन प्रतियोगिता सुरु
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, फागुन १६, २०८०

काठमाडौं -चन्द्रागिरिमा पुष्पलाल स्मृति राष्ट्रिय र्‍यांकीङ ब्याडमिन्टन प्रतियोगिता  सुरु भएकाे छ ।  तेह्रौँ पुष्पलाल स्मृति राष्ट्रिय र्‍यांकीङ ब्याडमिन्टन प्रतियोगिता चन्द्रागिरि नगरपालिकास्थित महाँकाल ब्याडमिन्टन क्लबको कभर्डहलमा सुरु भएको हाे ।

यही फागुन १९ गतेसम्म जारी रहेन सो प्रतियोगितामा तीन विभागीय टोली नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलसहित ६० जिल्ला र क्लबका दुई सय ७२ खेलाडीले विभिन्न १२ स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले शुभारम्भ गर्नुहुँदै नगरमा विभिन्न खेलकुद विकास एवं प्रवर्द्धन गर्न नगरपालिकाले उच्च प्राथमिकता दिएको जानकारी दिए । कार्यक्रममा पूर्वमन्त्री कर्णबहादुर थापा, चन्द्रागिरि नगपालिका उपप्रमुख वसन्ती श्रेष्ठ, नेपाल ब्याडमिन्टन सङ्घका अध्यक्ष रामजीबहादुर श्रेष्ठलगायतको उपस्थिति थियो । यही फागुन १४ देखि  सुरु सो प्रतियोगितालाई चन्द्रागिरि नगरपालिकासहित भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रालि गुर्जुधाराले सहयोग पुर्याएको छ ।

Hardik health

प्रतियोगितामा नेपाल ब्याडमिन्टन सङ्घको शीर्ष आठ बरियतामा रहेका पुरुष र महिलाको एकल, आठ बरियतादेखि बाहेकका पुरुष र महिला एकल, पुरुष र महिला युगल, यु–१७ ब्वाइज र गल्र्स एकल, भेट्रान्स ४५ वर्षमाथि र मास्टर्स ५५ वर्षमाथि, यु–१३ को ब्वाइज र गल्र्स एकल गरी १२ विधामा प्रतिस्पर्धा भइरहेको  महाँकाल ब्याडमिन्टन क्लबका अध्यक्ष श्रीहरि थापाले जानकारी दिए । 

उनले भने, “ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्न पाउनु क्लबका लागि गौरवको विषय रहेको छ । क्लब आगामी दिनमा छुट्टै ब्याडमिन्टन एकेडेमी स्थापना गर्ने ध्येयले अगाडि बढिरहेको छ ।”

ब्याडमिन्ट खेलकुदको इतिहासमा एक सम्मानितरूपमा रहेको सो प्रतियोगिताको कुल पुरस्कार राशि रु सात लाख २३ हजार रहेको छ । शीर्ष आठ बरियताका खेलाडीको प्रतिस्पर्धा दुई समूहमा विभाजन गरी लिग कम नकआउटका आधारमा खेलाइने जनाइएको छ । यस विधामा सहभागी प्रत्येक खेलाडीले नगद रु १५ हजार प्राप्त गर्ने र लिग चरणका प्रत्येक खेलमा जित हात पारेबापत थप नगद रु एक हजार पाँच सय प्राप्त गर्नेछन् । दुई समूहका शीर्ष दुई स्थान प्राप्त गर्ने खेलाडीले सेमिफाइनलमा स्थान पक्का गर्नेछन् । विजयी खेलाडीले रु ५० हजार, उपविजयीले रु ३० हजार र सेमिफाइनलिस्टद्वयले रु १५ हजार नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने राष्ट्रिय ब्याडमिन्टन सङ्घका महासचिव सुनिलमान शाक्यले जानकारी दिए । 

प्रतियोगितामा शीर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीले मेडल, ट्रफी र प्रमाणपत्रका साथ शीर्ष आठ बरियतादेखि बाहेकको पुरुष एकल र महिला एकलका शीर्ष तीन स्थान प्राप्त गर्नेले रु २० हजार, १० हजार र पाँच हजार प्राप्त गर्नेछन् । यस्तै पुरुष युगलतर्फ शीर्ष तीन स्थान प्राप्त गर्नेले रु ३० हजार, १५ हजार र पाँच हजार प्राप्त गर्नेछन् । महिला युगलतर्फका शीर्ष तीनले रु २० हजार, १० हजार र पाँच हजार प्राप्त गर्नेछन् । यु–१७ र यु–१३ विधामा शीर्ष तीन स्थान प्राप्त गर्नेले रु १५ हजार, आठ हजार र चार हजार तथा भेट्रान तथा मास्टर्सका शीर्ष तीन स्थान प्राप्त गर्नेले रु ३० हजार, १५ हजार र पाँच हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताका दौरान राष्ट्रिय ब्याडमिन्टन सङ्घले नेपालका नम्बर १ खेलाडी एवं पूर्वविश्व जुनियर नम्बर १ खेलाडी प्रिन्स दाहाललाई सम्मान गर्ने भएको छ । पुष्पलाल स्मृति राष्ट्रिय र्‍यांकीङ ब्याडमिन्टन प्रतियोगिताको लगातार तीन संस्करणमा विजयी खेलाडीलाई मोटरसाइकलबाट सम्मानित गर्ने पूर्वघोषित निर्णयबमोजिम प्रिन्सलाई सम्मान गर्न लागिएको सङ्घका अध्यक्ष वीरेन्द्र श्रेष्ठले जानकारी दिए । पिन्सले पुष्पलाल स्मृति ब्याडमिन्टनको १०औँ, ११औँ र १२औँ संस्करणमा विजय हात पार्न सफल भएको थियो । 


प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  ११:१७
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
ईन्डिया कपमा नेपाललाई दुई स्वर्ण सहित पाँच पदक
ईन्डिया कपमा नेपाललाई दुई स्वर्ण सहित पाँच पदक सोमबार, माघ ५, २०८२
अनिशा र विन्दु फाइनलमा
अनिशा र विन्दु फाइनलमा सोमबार, माघ ५, २०८२
नेपाल थाइल्याण्डसँग पराजित
नेपाल थाइल्याण्डसँग पराजित आइतबार, माघ ४, २०८२
थाइल्याण्डलाई जितका लागि १२३ रनको लक्ष्य
थाइल्याण्डलाई जितका लागि १२३ रनको लक्ष्य आइतबार, माघ ४, २०८२
थाइल्यान्डविरुद्धको खेलमा नेपालले ब्याटिङ गर्दै
थाइल्यान्डविरुद्धको खेलमा नेपालले ब्याटिङ गर्दै आइतबार, माघ ४, २०८२
हाफ म्याराथनको उपाधि गुरुङलाई
हाफ म्याराथनको उपाधि गुरुङलाई बुधबार, पुस ३०, २०८२
बंगलादेशले  फेरि भन्यो  टि-२० विश्वकपमा  भारत नआउने
बंगलादेशले  फेरि भन्यो  टि-२० विश्वकपमा  भारत नआउने बुधबार, पुस ३०, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP