Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #रासस
  • #सामाजिक सुरक्षा कोष
  • #गगनकुमार थापा
  • #तामाङ_घेदुङ
  • #सोनाम_ल्होछार
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • अन्तर विद्यालय रनिङ ट्रफी फुटबल प्रतियोगिताको उपाधी साँगालाई  
अन्तर विद्यालय रनिङ ट्रफी फुटबल प्रतियोगिताको उपाधी साँगालाई  
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, फागुन ९, २०८०

काठमाडाैं -  नेपाल एपीएफ स्कुल कीर्तिपुरले आयोजना गरेको ‘प्रथम NAPFS अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिता–२०८०’ को उपाधि नेपाल पुलिस स्कुल साँगाले जितेको छ । स्कुलको १९औँ स्थापना दिवस एवं प्रथम NAPFS अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिता सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यमा फागुन ८ गते सम्पन्न भएको हो ।

फुटबल प्रतियोगिताको फाईनल खेलमा नेपाल पुलिस स्कुल साँगाले नेपाल एपीएफ स्कुल कीर्तिपुरलाई पेनाल्टी सुटआउटमा ६-५ गोलको अन्तरले पराजित गरी उपाधी जितेको हो । महानिरीक्षक अर्यालले प्रतियोगिताका बिजेता तथा उपबिजेता टिम र उपाधी हासिल गर्ने खेलाडीहरुलाई मेडल, प्रमाणपत्र, ट्रफी र पुरस्कार तथा रनिङ ट्रफी प्रदान गरेका थिए ।

प्रतियोगितामा नेपाल पुलिस स्कुल साँगाका दिपसन परियार उत्कृष्ट गोलरक्षक र नेपाल एपीएफ स्कुल कीर्तिपुरका टेन्जिङ्ग शेर्पाले उत्कृष्ट खेलाडीको उपाधि हासिल गरेका छन् भने सैनिक आवासीय महाविद्यालयका दिग विजय शाहीले उच्च गोलकर्ताको रुपमा गोल्डेन बुट प्राप्त गरेका छन् । फेयर प्लेको उपाधी सैनिक आवासीय महाविद्यालयले प्राप्त गरेको छ ।

Hardik health

1-(1)1708498165.jpg

महानिरीक्षक अर्यालले खेलकुद शारिरीक तथा मानसिक विकासमा जीवनको एक अपरिहार्य तत्व रहेको उल्लेख गर्नुहुँदै खेलकुदले व्यक्तिलाई अनुशासित, चरित्रवान बनाउँदै सामुहिक एकता र सहकार्यको भावना विकासमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । उनले खेलकुदले नेतृत्वको शैली, एकतामा विकास र मानवलाई कर्तव्यनिष्ठ बनाउँदै सकारात्मक गुणले भरिपूर्ण बनाउन थप सहयोग पुर्‍याउने बताउँदै यस प्रकारका अन्तर विद्यालय प्रतियोगिताहरुले व्यक्तिलाई मात्र नभई समग्र विद्यालय, समाज र राष्ट्रलाई परिचित गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुकासाथै खेल मैदानमा खेल्ने व्यक्तिले समाज र राज्यको लागि गौरवको ध्वजा फहराई रहेको बताए ।

महानिरीक्षक अर्यालले समय सापेक्ष गुणस्तरीय शिक्षा प्रदान गर्नको लागि प्रत्येक प्रदेशमा विद्यालय संचालन गर्न संगठनको नीति अनुरुप मधेश प्रदेशको सप्तरी, लुम्बिनी प्रदेशको बाँकेमा समेत विद्यालय संचालन भई रहेको र सुदूरपश्चिम प्रदेश अन्तर्गत कञ्चनपुरको झलारीमा यसै शैक्षिक सत्रबाट अध्ययन अध्यापन शुरु हुने तथा अन्य प्रदेशहरुमा विद्यालय स्थापनको लागि अध्ययन तथा आवश्यक तयारी भईरहेको बताए। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्र प्रकाश गौतमले  प्रतियोगितालाई मर्यादित, अनुशासित र नियमसंगत तवरबाट  सम्पन्न गरानुहुने रेफ्री तथा खेल व्यवस्थापन समिति र विद्यालय परिवारप्रति हार्दिक आभार प्रकट गर्नुहुँदै खेलकुद गतिविधिले विद्यार्थीहरुमा सामुहिक भावना, अनुशासन, नेतृत्वको विकास, सहयोग र समन्वयात्मक भावनाको विकास हुने बताए ।  

1-(3)1708498159.jpg

गत माघ २२ गतेदेखि संचालन भएको प्रतियोगितामा उपत्यकास्थित विभिन्न विद्यालयका १७ र काभ्रे जिल्लाबाट १ गरी कुल १८ विद्यालयका १९ टिमको सहभागिता रहेकोे थियो ।कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती अनिता लामिछाने अर्याल लगायत सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारीहरु, काठमाडौ जिल्लाका प्रमुख जिल्ला अधिकारी लगायत नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालका अधिकृत, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षकशिक्षिका तथा विद्यार्थीहरुको समेत उपस्थिती रहेको थियो

 


प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  १२:२९
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
ईन्डिया कपमा नेपाललाई दुई स्वर्ण सहित पाँच पदक
ईन्डिया कपमा नेपाललाई दुई स्वर्ण सहित पाँच पदक सोमबार, माघ ५, २०८२
अनिशा र विन्दु फाइनलमा
अनिशा र विन्दु फाइनलमा सोमबार, माघ ५, २०८२
नेपाल थाइल्याण्डसँग पराजित
नेपाल थाइल्याण्डसँग पराजित आइतबार, माघ ४, २०८२
थाइल्याण्डलाई जितका लागि १२३ रनको लक्ष्य
थाइल्याण्डलाई जितका लागि १२३ रनको लक्ष्य आइतबार, माघ ४, २०८२
थाइल्यान्डविरुद्धको खेलमा नेपालले ब्याटिङ गर्दै
थाइल्यान्डविरुद्धको खेलमा नेपालले ब्याटिङ गर्दै आइतबार, माघ ४, २०८२
हाफ म्याराथनको उपाधि गुरुङलाई
हाफ म्याराथनको उपाधि गुरुङलाई बुधबार, पुस ३०, २०८२
बंगलादेशले  फेरि भन्यो  टि-२० विश्वकपमा  भारत नआउने
बंगलादेशले  फेरि भन्यो  टि-२० विश्वकपमा  भारत नआउने बुधबार, पुस ३०, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP