Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #डा.विश्वास बस्नेत
  • #काठमाडौं निर्वाचन क्षेत्र नम्बर-२
  • #पुतली_नाच
  • #मनोनयन_दर्ता
  • #शेरबहादुर देउवा
  • #सामाजिक सुरक्षा कोष
  • #रासस
  • #तामाङ_घेदुङ
  • #सोनाम_ल्होछार
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • एसीसी टी–२० इस्टर्न रिजन–२०२०ः नेपालको नमिठो पराजय
एसीसी टी–२० इस्टर्न रिजन–२०२०ः नेपालको नमिठो पराजय
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, फागुन १८, २०७६
Cric
Hardik health
थाइल्यान्ड – एसीसी टी–२० इस्टर्न रिजन–२०२० को पहिलो खेलमै नेपालले नमिठो हार ब्यहोरेको छ । थाइल्यान्डको बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा मलेशियासँग पहिलो खेल खेलेको नेपालले २२ रनको नमिठो पराजय भोग्यो । च्याम्पियन बन्ने लक्ष्यका साथ थाइल्याण्ड पुगेको नेपालले पहिलो खेलमै मलेसियासँग ११ वर्षपछि पहिलो हार भोगेको छ । नेपालले त्यसयता भएका पाँच वटै भेटमा जित हात पारेको थियो । शनिबार बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा मलेसियाले नेपाललाई २२ रनले हराएको हो । पहिलो ब्याटिङ गरेको मलेसियाले दिएको १५५ रनको लक्ष्य पछ्याएको नेपालले १३२ रनमा सबै विकेट गुमाउँदै मलेसियालाई खेल सुम्पियो । नेपालका लागि पहिलोपटक सिनियर टिममा ओपनिङ गरेका कुशल मल्ल शुन्य रनमा आउट भए त्यसपछि पूर्वकप्तान पनि ९ रन बनाउँदै आउट भएपछि नेपाल संकटमा परेको थियो । तर, त्यसपछि ब्याटिङका लागि आएका कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीले नेपालको पारी सम्हाल्दै तेस्रो विकेटका लागि ६७ रनको साझेदारी गरे । कप्तान मल्ल ३८ रनमा आउट भए । चौथो विकेटका रूपमा ऐरी ३८ रनमा आउट भए, जतिबेला नेपालको स्कोर ११० रन थियो । त्यसपछि १७औं ओभरमा पवन सर्राफ १९ रन बनाए आउट भए भने १८औं ओभरमा आरिफ शेख आउट भए । आरिफले ५ रन जोडे । १९औं ओभरमा पनि नेपालले विकेट गुमायो । करण केसीले मात्र २ रन बनाए पेभलियन फर्किए । अन्तिम ओभरमा मात्र नेपालले तीन विकेट गुमाएको थियो । विनोद भण्डारी ७ रन बनाएर आउट भए भने सन्दीप लामिछाने १ रन बनाएर आउट भए । यस्तै सुशन भारी डकआउट भए । मलेसियाका लागि शर्भिन मुनिएन्डीले अन्तिम ओभरमा ३ विकेट लिए । मुनिएन्डीले कूल ४ विकेट लिए । पवनदिप सिंह, सयजरुद एजत इयुस, खिजर हायत दुरानीले २÷२ विकेट लिएका थिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले सायद अजिज सायद मुबारकको अर्धशतक मद्दतमा २० ओभरमा ६ विकेट गुमाएर १५४ रन बनाएको थियो । मलेसियाका लागि सायद अजिज सायद मुबारकले अर्धशतक बनाए । उनले अविजित रहँदै सर्वाधिक ५१ रन बनाए । ओपनर मोहम्मद अजवर अरुदिनले ३१, कप्तान अहमद फैज मोहमद नुरले ३० र अमिनुदिन रामलीले २९ रन जोडे । नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिँदा अभिनाश बोहराले २ हात पारे । खेलमा मलेसियाका शर्भिन मुनिएन्डी म्यान अफ द म्याच घोषित भए । सन्दीपको १०० विकेट मलेसियाको पहिलो विकेट लिएसँगै सन्दीप टी–२० क्रिकेटमा १०० विकेट पूरा गर्ने पहिलो नेपाली खेलाडी बने । खेलको तेस्रो ओभरमै बलिङ गरेका सन्दीपले भिरनदिप सिंहलाई आउट गरेका थिए । त्यही ओभरमा उनले खिजार हायत दुरानीलाई डक आउट गराए । त्यो ओभरमा सन्दीपले २ विकेट लिँदै कुनै रन दिएनन् । नवौँ ओभरमा सन्दीपले अनवर अरुलिनलाई आउट गर्दै तेस्रो विकेट लिएका थिए । सन्दीपले ४ ओभरमा १ ओभर मेडन राख्दै २२ रन खर्चेर ३ विकेट लिए । नेपालका लागि अभिनाश बोहोराले २ विकेट लिए भने करण केसीले १ विकेट लिएका थिए । प्रतियोगिता अन्तर्गतको नेपालले दोस्रो खेलका रूपमा आइतबार हङकङसँग खेल्नेछ ।
प्रकाशित मिति: आइतबार, फागुन १८, २०७६  ०६:१३
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
नामिबियाले पायो १४५ को लक्ष्य
नामिबियाले पायो १४५ को लक्ष्य बिहीबार, माघ ८, २०८२
नेदरल्यान्ड्ससँग नेपाल पराजित
नेदरल्यान्ड्ससँग नेपाल पराजित बिहीबार, माघ ८, २०८२
‘टाइगर कप’राष्ट्रिय - अन्तरराष्ट्रिय भलिबलको खेल तालिका सार्वजनिक
‘टाइगर कप’राष्ट्रिय - अन्तरराष्ट्रिय भलिबलको खेल तालिका सार्वजनिक बिहीबार, माघ ८, २०८२
नेदरल्यान्ड्सविरुद्धको खेलमा बलिङ गर्दै नेपाल
नेदरल्यान्ड्सविरुद्धको खेलमा बलिङ गर्दै नेपाल बिहीबार, माघ ८, २०८२
राष्ट्रिय काष्ठमण्डम कराते प्रतियोगिता शुरु
राष्ट्रिय काष्ठमण्डम कराते प्रतियोगिता शुरु बुधबार, माघ ७, २०८२
एन्फाको निर्वाचन स्थगित
एन्फाको निर्वाचन स्थगित बुधबार, माघ ७, २०८२
साफ यू-१९ महिला फुटबल टोली घोषणा
साफ यू-१९ महिला फुटबल टोली घोषणा बुधबार, माघ ७, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP