Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #खिवाँराे
  • #अन्तिम_साँझ
  • #सुनको_मूल्य
  • #सुनचाँदीकाे मूल्य
  • #‘नेपाली कम्युनिष्ट पार्टी’
  • #डा शेखर कोइराला
  • #पूर्वपश्चिम राजमार्ग
  • #माली र बुर्किना
  • #रास्वपा
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • फाप्लुमै मोतिविन्दुको शल्यक्रिया
फाप्लुमै मोतिविन्दुको शल्यक्रिया
प्रभाव संवाददाता
प्रभाव संवाददाता शनिबार, माघ २०, २०८०

सल्लेरी– हिमाली जिल्ला सोलुखुम्बुमा एक वर्षको अवधिमा एक सय ६५ जनाले जिल्लामै आँखाको मोतिविन्दुको शल्यक्रिया गराएका छन् । सन् २०२३ मा जिल्लाको विभिन्न स्थानमा उनीहरुले मोतिविन्दुको शल्यक्रिया गराएका हुन् । 

जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लु आँखा केन्द्र प्रमुख विधान ताम्राकारका अनुसार ८५ पुरुष र ८० महिलाको मोतिविन्दुको शल्यक्रिया गरिएको हो । उनीहरुको फाप्लुमै शिविर सञ्चालन गरी शल्यक्रिया गरिएको हो । “गाउँघरमा अझै पनि आँखामा मोतिविन्दु पालेर बस्न बाध्य छन्, उनीहरुलाई लक्षित गर्दै वर्षभरि विभिन्न ठाउँमा छनोट शिविर सञ्चालन गरेका हौँ, त्यो शिविरबाट छानिएकाको शल्यक्रिया गर्न तिलगङ्गा आँखा प्रतिष्ठानसँगको समन्वयमा शल्यक्रिया शिविर सञ्चालन गरेका थियौँ”, उनले भने। 

केन्द्रले जिल्लाका ३३ स्थानमा आँखा शिविर सञ्चालन गरेको थियो । आँखा केन्द्रले फाप्लुमा दुई पटक  तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौँका विशेषज्ञसहितको उपस्थितिमा मोतिविन्दु शल्यक्रिया शिविर सञ्चालन गरेको प्रमुख ताम्राकारले जानकारी दिए । सोलुखुम्बुमै आँखाको मोतिविन्दुको शल्यक्रिया भएपछि बिरामी खुसी भएका छन् । शल्यक्रिया गर्न काठमाडौँ जानुपर्दा हजारौँ रुपैयाँ खर्च हुने तथा झन्झटसमेत हुने भएकाले गाउँदै उपचार भएपछि राहत मिलेको सल्लेरीकी वृद्धा दाटी शेर्पाले बताए । 

Hardik health

उनले भने, “आँखाले राम्रोसँग नदेखेको धेरै भएको थियो, उपचार गर्न पनि काठमाडाँै कहिले पुग्नु, यतिकै बसेकी थिए । बुढेसकालमा अब त आँखा देख्दैन होला भनेको त, फेरि देख्ने भए ।” 

दुर्गम क्षेत्रका नागरिक धेरैजसो आँखामा मोतिविन्दु पालेर बस्ने गरेको आँखा स्वास्थ्य कार्यकर्ता दिनेश राईले बताए । उनले भने , “चेतनाको कमी तथा जिल्लामा आँखाको शल्यक्रिया नहुने भएकाले पनि उनीहरु रोग पालेरै बस्ने गर्छन् । शिविर सञ्चालन भएपछि उनीहरुलाई राहत मिलेको छ ।”

पाँच हजारले लिए नेत्र सेवा

जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुले सन् २०२३ मा पाँच हजार दुई सय २१ जनालाई नेत्र सेवा प्रदान गरेको छ । सेवा पाउनेमा दुई हजार आठ सय छ महिला र दुई हजार चार सय १५ पुरुष रहेका आँखा केन्द्रको तथ्याङ्कमा उल्लेख छ । 

सेवा लिनेमा चार हजार दुई सय ६१ जना नयाँ र पाँच सय ७९ जना पुराना बिरामी रहेको आँखा स्वास्थ्य कार्यकर्ता दिनेश राईले जानकारी दिए । उक्त समयमा दुई हजार तीन जनाले चस्मा समेत बनाएका छन् । चार हजार सात सय १४ जनालाई औषधि वितरण गरिएको उनले भने। 


प्रकाशित मिति: शनिबार, माघ २०, २०८०  ११:३६
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
दुई महिनामा मानसिक स्वास्थ्य र स्वास्थ्य बिमा सुधारमा उल्लेख प्रगति भएको छ : स्वास्थ्यमन्त्री
दुई महिनामा मानसिक स्वास्थ्य र स्वास्थ्य बिमा सुधारमा उल्लेख प्रगति भएको छ : स्वास्थ्यमन्त्री सोमबार, पुस १४, २०८२
महिनावारीका नाममा हुने विभेद कायमै
महिनावारीका नाममा हुने विभेद कायमै सोमबार, पुस १४, २०८२
मुस्ताङमा बन्यो प्रादेशिक अस्पताल भवन
मुस्ताङमा बन्यो प्रादेशिक अस्पताल भवन आइतबार, पुस १३, २०८२
लेबनानमा भएको आक्रमणमा इरानी ‘एलाइट कुद्स युनिट’का सदस्यको मृत्यु
लेबनानमा भएको आक्रमणमा इरानी ‘एलाइट कुद्स युनिट’का सदस्यको मृत्यु शुक्रबार, पुस ११, २०८२
वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज
वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
तीन सय शैयासहित सेवा विस्तारमा नेपाल एपीएफ अस्पताल
तीन सय शैयासहित सेवा विस्तारमा नेपाल एपीएफ अस्पताल सोमबार, पुस ७, २०८२
धनुषामा एक अस्पतालसहित चार वटा औषधि पसललाई कारबाही
धनुषामा एक अस्पतालसहित चार वटा औषधि पसललाई कारबाही सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
केदार सङकेतको नवौं कृति  'अन्तिम साँझ'  सार्वजनिक,कथामा सुनुवार पनि
केदार सङकेतको नवौं कृति 'अन्तिम साँझ' सार्वजनिक,कथामा सुनुवार पनि
ताम्बा अध्येता पासाङ मोक्तानको पुस्तक 'ताम्बा ह्रिमठिम' सार्वजनिक
ताम्बा अध्येता पासाङ मोक्तानको पुस्तक 'ताम्बा ह्रिमठिम' सार्वजनिक
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
जसपा नेपाल र जसपाबीच एकता घोषणा
जसपा नेपाल र जसपाबीच एकता घोषणा
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP