Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #रासस
  • #सामाजिक सुरक्षा कोष
  • #गगनकुमार थापा
  • #तामाङ_घेदुङ
  • #शेरबहादुर देउवा
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • प्रशिक्षकबिना क्रिकेटमा अब्बल ‘कञ्चनपुर’
प्रशिक्षकबिना क्रिकेटमा अब्बल ‘कञ्चनपुर’
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, मंसिर १३, २०८०

महेन्द्रनगर -राष्ट्रिय खेलकुद परिषद्बाट कहिल्यै क्रिकेट प्रशिक्षक नपाएको कञ्चनपुर राष्ट्रियस्तरमा भने यहाँका क्रिकेट खेलाडीले बनाएको छविले परिचित छ । यहाँ क्रिकेटको खेल इतिहासमै पुराना र सिनियर राष्ट्रिय खेलाडीले स्वयंसेवक प्रशिक्षकका रुपमा काम गर्दै आएका भरमा प्रतिभावान् खेलाडी उत्पादन निरन्तर हुँदै आएको छ ।

पछिल्लो समय कञ्चनपुर घर भएका राष्ट्रियस्तरका खेलाडीहरुले गरिरहेको उत्कृष्ट प्रदर्शनले गृहजिल्लामा क्रिकेटप्रतिको माहोल थप उत्साही छ । जिल्ला खेलकुद समितिअन्तर्गत १७  विभिन्न खेलका प्रशिक्षक हाल कार्यरत रहे पनि क्रिकेटले भने यहाँ प्रशिक्षक देख्नसमेत पाएको छैन ।

कञ्चनपुर क्रिकेट सङ्घका अध्यक्ष वीरेद्रबहादुर चन्दले पछिल्लो समय जिल्लाभर क्रिकेट खेलको गतिविधिले तीव्रता पाउँदै गएको बताए । कीर्तिमानी खेलाडी दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, भीम सार्की र विनोद भण्डारीजस्ता अन्तराष्ट्रिय रुपमै परिचित खेलाडीको गृहजिल्ला कञ्चनपुरमा क्रिकेटको भौतिक संरचनाको अवस्था सामान्य भए पनि गतिविधिले भने बढावा पाएको उनको भनाइ छ ।

सुदूरपश्चिमको नौ  जिल्लामध्ये कञ्चनपुर क्रिकेट उत्पादनको केन्द्रका रुपमा परिचित पनि छ । हाल महेन्द्रनगरमा क्रिकेट सङ्घको समन्वयमा सिनियर खेलाडीले स्वयंसेवक प्रशिक्षकका रुपमा खेलाडी उत्पादन गरिरहेका छन् । सङ्घका अध्यक्ष चन्दले विभिन्न पालिकामा क्रिकेट प्रतियोगिता सङ्घसित समन्वयमा भइरहेको जानकारी दिए ।

Hardik health

“क्रिकेटको चर्चापछि पनि यहाँ खेलप्रतिको आर्कषण बढ्नुका साथै सबैतिर पालिकाको समन्वयमा गतिविधि बढेका छन्”, अध्यक्ष चन्दले भने, “नौवटै पालिकामा स्थानीय तहसँगको समन्वयमा क्रिकेट प्रशिक्षणलाई अगाडि बढाउने गरीसमेत योजना बनाएका छौँ ।”

जिल्ला खेलकुद विकास समितिको परिसरमा क्रिकेट मैदान निर्माणको काम चालु आर्थिक वर्षमा भने अघि बढ्न सकेको छैन । सङ्घका अध्यक्ष चन्दले रातो किताबमा परेको क्रिकेट मैदानलाई अघि बढाउन चालु आवमा सरकारले बजेट विनियोजन नगरेको गुनासो गरे ।

“जिल्लामा अन्यत्र पनि केही ठाउँमा क्रिकेट मैदान बनाउने सुरसार देखिए पनि सदरमुकामको निर्माणाधीन मैदान अलपत्र छ”, उहाँले भन्नुभयो, “क्रिकेटप्रति नयाँ खेलाडीको आर्कषणलाई पनि हामीले ध्यान दिएर सोहीअनुसार संरचना निर्माणदेखि खेलकुद सामग्रीको व्यवस्थापन गर्नुछ ।”

चीनमा सम्पन्न १९औँ एशियाली खेलुकदमा टी–२० किक्रेटमा कञ्चनपुरका खेलाडी दीपेन्द्रसिंह ऐरीले मङ्गोलियाविरुद्धको खेलमा ऐतिहासिक कीर्तिमान बनाएका थिए । ऐरी हाल नेपाल प्रहरीको क्रिकेट टिमका कप्तानसमेत हुनुहुन्छ । गत भदौमा नेपालका तर्फबाट एशियन कपमा भारत र पाकिस्तानसित उत्कृष्ट प्रदर्शनपछि पनि मुलुकमा क्रिकेटको माहोलले बजार पाएको बुझाइ छ ।अध्यक्ष चन्दका अनुसार महेन्द्रनगरमा अहिले वडास्तरीय क्रिकेट प्रतियोगिता जारी छ । भने बेदकोट, कृष्णपुरको गुलरिया, पुर्नर्वासमा समेत सङ्घसँगको समन्वयमा क्रिकेट आयोजना भएको बताए ।

त्यसका साथै वडा कार्यालयको अग्रसरतामा शुक्लाफाँटा नगरपालिका–१ र भीमदत्त नगरपालिका–१२ मा समेत ठूलो धनराशिको क्रिकेट आयोजना भइसकेको छ । “नेपाली जुनियर र सिनियर टिममा सुदूरपश्चिमको उपस्थिति राम्रै रहँदै आएको छ”, अध्यक्ष चन्दले भने, “ खेलाडीको उर्वरभूमि भए पनि मलजल राज्यबाट भएन ।”

कञ्चनपुर जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख गोपालदत्त भट्टले कञ्चनपुर जिल्लाले अहिलेसम्म पनि केन्द्रबाट क्रिकेट प्रशिक्षक नपाएको बताए । “राष्ट्रिय खेलकुद परिषद्बाट हामीले अहिलेसम्म क्रिकेट प्रशिक्षक देख्न नपाए पनि राज्यका लागि प्रतिभावान् खेलाडी दिइरह्यौँ”, उनले भने, “तर यहाँका सिनियर खेलाडीले लामो समय स्वयंसेवक प्रशिक्षक भएर खेलाडी उत्पादनलाई निरन्तरता दिए ।”कञ्चनपुरमा हाल विभिन्न खेलका १७  प्रशिक्षक कार्यरत छन् भने ३१  सङ्घ दर्ता छन् । पछिल्लो समय यहाँ स्थानीय तह र वडा कार्यालय नै अग्रसर भएर क्रिकेट प्रतियोगिता आयोजना गर्दै आएका छन् ।


प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  १०:३०
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
ईन्डिया कपमा नेपाललाई दुई स्वर्ण सहित पाँच पदक
ईन्डिया कपमा नेपाललाई दुई स्वर्ण सहित पाँच पदक सोमबार, माघ ५, २०८२
अनिशा र विन्दु फाइनलमा
अनिशा र विन्दु फाइनलमा सोमबार, माघ ५, २०८२
नेपाल थाइल्याण्डसँग पराजित
नेपाल थाइल्याण्डसँग पराजित आइतबार, माघ ४, २०८२
थाइल्याण्डलाई जितका लागि १२३ रनको लक्ष्य
थाइल्याण्डलाई जितका लागि १२३ रनको लक्ष्य आइतबार, माघ ४, २०८२
थाइल्यान्डविरुद्धको खेलमा नेपालले ब्याटिङ गर्दै
थाइल्यान्डविरुद्धको खेलमा नेपालले ब्याटिङ गर्दै आइतबार, माघ ४, २०८२
हाफ म्याराथनको उपाधि गुरुङलाई
हाफ म्याराथनको उपाधि गुरुङलाई बुधबार, पुस ३०, २०८२
बंगलादेशले  फेरि भन्यो  टि-२० विश्वकपमा  भारत नआउने
बंगलादेशले  फेरि भन्यो  टि-२० विश्वकपमा  भारत नआउने बुधबार, पुस ३०, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP