Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #आदिवासी जनजाति
  • #नेपाल_आदिवासी_ज्ञान
  • #शुक्रराज शर्मा
  • #‘हट स्पट’ रुपन्देही-३
  • #विश्व सिमसार दिवस
  • #राष्ट्रिय जनमुक्ति पार्टी
  • #सामाजिक सुरक्षा कोष
  • #जरा_उद्यान
  • #सिगाना
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • अस्ट्रेलियालाई विश्वकपको उपाधि
अस्ट्रेलियालाई विश्वकपको उपाधि
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, मंसिर ४, २०८०

काठमाडौं - आइसिसी एकदिवसीय क्रिकेट विश्वकप–२०२३ को उपाधि अस्ट्रेलियाले जितेको छ । आइतबार अहमदाबादमा भएको फाइनलमा घरेलु टोली भारतलाई छ विकेटले पराजित गर्दै अस्ट्रेलियाले विश्वकपको उपाधि हात पारेको हो । 

अस्ट्रेलिया योसँगै छैटौं पटक विश्वविजेता बनेको छ । अस्ट्रेलियाले यसअघि सन् १९८७, सन् १९९९, सन् २००३, सन् २००७ र सन् २०१५ मा उपाधि चुमेको थियो ।प्रतियोगितामा अपराजित रहेको भारतले प्रस्तुत गरेको २४१ रनको लक्ष्य अस्ट्रेलियाले चार विकेटको क्षतिमा ४३ ओभरमा पूरा ग¥यो । अस्ट्रेलियाको जितमा ट्राभिस हेडले १३७ रनको शतकीय पारी खेले । उनलाई मार्नुस लबुसेनले साथ दिए । लबुसेनले अविजित ५८ रन बनाए । साथै मिचेल मार्सले १५ र डिभेड वार्नरले सात, स्टेभन स्मिथले चार र ग्लेन म्याक्सवेलले अविजित दुई रन बनाए । भारतका लागि जसप्रित बुमराहले दुई तथा मोहम्मद शामी र मोहम्मद सिराजले एक÷एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २४० रन बनाएको थियो । उसका लागि विकेटकिपर केएल राहुलले १०७ बलमा ६६ रन बनाए । विराट कोहलीले ५४ र कप्तान रोहित शर्माले ४७ रन बनाए । साथै, सूर्यकुमार यादवले १८, कुलदीप यादवले १०, रविन्द्र जडेजा र मोहम्मद सिराजले नौ÷नौ रन बनाए । अन्य ब्याटरले भने उल्लेखनीय योगदान गर्न सकेनन् । 

Hardik health

अस्ट्रेलियाका लागि मिचेल स्टार्कले तीन विकेट लिए भने जोस हेजलउड र प्याट कुमिन्सले दुई÷दुई विकेट लिए । साथै ग्लेन म्याक्सवेल र अदाम जाम्पाले एक÷एक विकेट लिए ।प्रतियोगितामा अस्ट्रेलियाले खराब सुरुआत गरेको थियो । समूहचरणका दुई खेलमा अस्ट्रेलिया पराजित भएको थियो जसमा एक हार भारतसँग थियो । तर, समूहचरणमा बेहोरेको हारको बदला उसले फाइनलमा लिएको छ ।

सेमिफाइनलमा अस्ट्रेलियाले साउथ अफ्रिकालाई पराजित गर्दै भारतसँगको फाइनल भेट पक्का गरेको थियो । भारत भने न्युजिल्याण्डलाई हराउँदै फाइनलमा पुगेको थियो । प्रतियोगितामा सबैभन्दा बलियो मानिएको भारतले घरेलु मैदानमा उपाधि रक्षा गर्ने अनुमान अन्ततः गलत सावित भएको छ । सन् २०११ पछि उपाधिविहीन रहेको भारतले १२ वर्षपछि उपाधि हात पार्ने आशामा रहेका भारतीय क्रिकेट समर्थक पुनः एकपटक स्तब्ध बनेका छन् ।
 


प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०  १०:०२
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
दोस्रो अभ्यास खेलमा नेपाल विजयी
दोस्रो अभ्यास खेलमा नेपाल विजयी बिहीबार, माघ २२, २०८२
साहारा फुटबल एकेडेमीलाई लुम्बिनी विकास बैंकको आर्थिक सहयोग
साहारा फुटबल एकेडेमीलाई लुम्बिनी विकास बैंकको आर्थिक सहयोग बिहीबार, माघ २२, २०८२
मुक्तिनाथमा ‘स्की’ प्रतियागिता, आजदेखि प्रशिक्षण सुरु
मुक्तिनाथमा ‘स्की’ प्रतियागिता, आजदेखि प्रशिक्षण सुरु बिहीबार, माघ २२, २०८२
बुढासुब्बा गोल्डकप आजदेखि सुरु, धरान र जर्जियन क्लबबीच प्रतिस्पर्धा
बुढासुब्बा गोल्डकप आजदेखि सुरु, धरान र जर्जियन क्लबबीच प्रतिस्पर्धा बिहीबार, माघ २२, २०८२
साफ महिला च्याम्पियनसिपः भारतद्वारा भुटान पराजित
साफ महिला च्याम्पियनसिपः भारतद्वारा भुटान पराजित बुधबार, माघ २१, २०८२
नेपालले आइसिसी टी–२० अन्तिम अभ्यास क्यानडासँग खेल्ने
नेपालले आइसिसी टी–२० अन्तिम अभ्यास क्यानडासँग खेल्ने बुधबार, माघ २१, २०८२
साफ महिला च्याम्पियनसिप : नेपाल बंगलादेशसँग भिड्दै
साफ महिला च्याम्पियनसिप : नेपाल बंगलादेशसँग भिड्दै बुधबार, माघ २१, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
निर्वाचन आचार संहिताविपरीत कार्य गरेको भन्दै  गुठी संस्थानलाई आयोगकाे पत्र
निर्वाचन आचार संहिताविपरीत कार्य गरेको भन्दै गुठी संस्थानलाई आयोगकाे पत्र
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP