Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #AGM
  • #सिद्धार्थ_बैंक
  • #एनपिएल
  • #जनकपुर_बोल्ट्स vs काठमाडौंं_गोर्खाज
  • #त्रिवि_क्रिकेट
  • #दुर्गा प्रसाईं
  • #ज्योति_विकास_बैंक
  • #जसपा
  • #स्याकार_कम्पनी
Search Here
समाचार
  • Home
  • समाचार
  • नेपालको आफ्नै ‘पेभिलियन’ भएपछि मुद्दा उजागर गर्न सहज हुने
कोप–२८ नेपालको आफ्नै ‘पेभिलियन’ भएपछि मुद्दा उजागर गर्न सहज हुने
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, कात्तिक २२, २०८०

काठमाडौं - जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि(युएनएफसिसिसी)का पक्ष राष्ट्रहरुको २८औँ सम्मेलन (कोप–२८) आगामी मङ्सिर १४ देखि २६ गते (नोभेम्बर ३० देखि डिसेम्बर १२ तारिख) हुँदैछ । संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा हुन लागेको सम्मेलनको तयारीका लागि वन तथा वातावरण मन्त्रालयले तीव्र रुपमा काम थालेको छ ।

मन्त्रालयले सम्मेलनमा नेपालका तर्फबाट उठाउनुपर्ने विषयको तयारीका लागि जलवायु वित्त, अनुकूलन, पर्वतीय प्रविधि हस्तान्तरण र क्षमता अभिवृद्धि, हानि र नोक्सानी, लैङ्गिक, युवा, बालबालिका, जलवायु सशक्तीकरण, जलवायु परिवर्तनका असर न्यूनीकरण गरी छ बुँदामा केन्द्रित रहेर विज्ञ समूह गठन गरी सुझाव सङ्कलन गरेको छ ।

यसैगरी, यस पटकको सम्मेलनमा आफ्ना कार्यक्रम गर्नका लागि नेपालले सम्मेलन परिसरमा ‘पेभिलिएन’ (बृहत् मण्डला) स्थापना गर्दैछ । गत वर्ष इजिप्टको सार्म अल शेख सहरमा भएको कोप–२७ सम्मेलनमा नेपालले पहिलो पटक सम्मेलन परिसरभित्र आफ्नो सम्पर्क कार्यालय स्थापना गरेको थियो ।

नेपालले आफ्नै पेभिलिएन हुने भएपछि मन्त्रालयले केही समयअघि आह्वान गरेको सूचनाबमोजिम नेपालस्थित धेरै राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले कार्यक्रम गर्नका लागि आवेदन दिएका थिए । त्यसमध्ये मन्त्रालयले छनोट गरी कार्यक्रमको अन्तिम रुपरेखा प्रदान गरेको मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख एवं सहसचिव डा बुद्धिसागर पौडेलले जानकारी दिए  ।

Hardik health

मन्त्रालयको तालिकाअनुसार ‘पेभिलिएन’मा डिसेम्बर ३ देखि ११ तारिखसम्म दैनिक चार कार्यक्रमका दरले विभिन्न विषयका ३२ भन्दा बढी कार्यक्रम हुने निश्चित भएको छ । यसरी नेपालले उजागर गर्ने विषयमा नै जोड पुग्ने गरी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाले कार्यक्रम गर्न लागेको यो इतिहासमै पहिलोपटक हो ।    

पेभिलिएनमा हुने कार्यक्रमले नेपालका मुद्दामा विभिन्न कार्यक्रम गर्न सकिने र आफ्ना मुद्दा प्रदर्शन गर्न ठूलो सहयोग पुग्ने यस क्षेत्रका जानकारहरूको भनाइ छ । यसरी कार्यक्रम गर्दा नेपालमा जलवायु परिवर्तनका समस्याले पारेको असर र समाधानका उपाय पहिल्याउन, यस सम्बन्धमा नेपालमा भएका असल अभ्यास अन्तर्राष्ट्रिय समुदायसमक्ष राख्न उपयोगी हुनेछ । साथै जलवायुजन्य समस्या समाधानका लागि जलवायु वित्त जुटाउन, नेपालको वास्तविक अवस्थाका र प्रतिबद्धता जनाउन पेभिलिएन उपयोगी हुने मन्त्रालयको विकास सहायता समन्वय शाखाका उपसचिव ज्ञानेन्द्र मिश्रले जानकारी दिए।

यस्तै पेभिलिएनमा सञ्चालन गरिने कार्यक्रमले नेपालका स्थानीय मुद्दा र जलवायु परिवर्तनले प्रभाव पारेको विषयलाई प्रमाणसहित अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्न मद्दत पुग्ने प्राक्टिकल एक्सन संस्थाका जलवायु विज्ञ धर्मराज उप्रेतीले बताए । पेभिलिएनमा नेपालीभन्दा बढी विदेशी विज्ञहरुको उपस्थिति हुने अनुमान गर्दै उहाँले यसले नेपालका मुद्दा सुनुवाइसमेत प्रभावकारी रुपमा हुने विश्वास व्यक्त गरे । 

जलवायु परिवर्तनले विभिन्न क्षेत्र र समुदायमा पारेको असरबारे विभिन्न संस्थाले फरक–फरक विषयमा फरक फरक कार्यक्रम गर्दा सरकारलाई समेत सबै विषय समेट्न सहज हुने बताइएको छ । सन् १९९४ मा जलवायुसम्बन्धी महासन्धिलाई अनुमोदन गरेपछि महासन्धिका पक्षराष्ट्रको विश्वव्यापी सम्मेलन हुँदै आएको छ । सन् १९९५ मार्च २८ देखि अप्रिल ७ सम्म जर्मनीको बर्लिनमा भएको पहिलो सम्मेलन कोप–१ देखि हालसम्मका सबै सम्मेलनमा नेपालले भाग लिँदै आए पनि आफ्नै पेभिलिएन नहुँदा नेपालले अन्य देश र संस्थाका पेभिलिएनमा कार्यक्रम गर्नुपर्ने बाध्यता थियो ।  

पेभिलिएनको खर्च रू एक करोडभन्दा बढी भए पनि वनमन्त्री डा वीरेन्द्रप्रसाद महतोको अग्रसरतामा युएई सरकारले नेपाललाई निःशुल्क प्रदान गरेको हो । मन्त्री महतोले हालसम्मका जलवायु सम्मेलनमा नीतिनियम र आपसी समन्वयको कमीलगायत कारणले प्रभावकारी उपलब्धि हासिल गर्न नसकिएको बताउँदै आगामी दिनमा यसअघि भएका कमजोरी नहुने गरी काम भइरहेको बताए ।

कार्बन व्यापारको लाभ लिने सम्बन्धमा काम गर्ने संयन्त्र, विज्ञ, प्रविधि र प्रयोगशालाको कमी रहेको उल्लेख गर्दै मन्त्री महतोले यसमा पनि पूर्ण लाभ लिने गरी तयारी सुरु गरिएको बताए । नेपालले अन्तर्राष्ट्रियरुपमा गरेका प्रतिबद्धताअनुसार वातावरण संरक्षण गरेको बताउँदै अब विकसित र धनी देशहरुले वाचा गरेअनुसार क्षतिपूर्ति प्रदान गर्नुपर्ने उनले तर्क गरे।

संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा हुन लागेको यो सम्मेलन अन्य दृष्टिकोणले नेपालका लागि थप महत्वपूर्ण हुने बताइएको छ । सम्मेलनको पूर्वसन्ध्यामा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले यही कात्तिक १२ गतेदेखि नेपालको चारदिने औपचारिक भ्रमण गरेका थिए । उनले भ्रमणका क्रममा जलवायु परिवर्तनको विषयलाई दिनुभएको प्राथमिकताले पनि यस सम्मेलनमा नेपाललाई आफ्ना विषय उजागर गर्न सहज हुने बताइएको छ ।  

कोप–२८ मा नेपालले उठाउने जलवायु वित्त, अनुकूलन, जलवायुजन्य हानि र नोक्सानीका लागि कोषको व्यवस्थापन, हिमाल र पर्वतीय मुद्दा, उत्सर्जन कटौती र समावेशीतालगायत सवालमा केन्द्रित भई राष्ट्रिय स्थितिपत्र तयार गर्ने कार्य अन्तिम चरणमा रहेको मन्त्रालयले जनाएको छ ।

 


प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०८०  १४:५१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज देशभरको मौसम सफा रहने
आज देशभरको मौसम सफा रहने बिहीबार, मंसिर ४, २०८२
देशका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान
देशका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान शुक्रबार, कात्तिक २८, २०८२
देशभरको मौसम सफा रहने पूर्वानुमान
देशभरको मौसम सफा रहने पूर्वानुमान बुधबार, कात्तिक २६, २०८२
देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैनः जल तथा मौसम विज्ञान विभाग
देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैनः जल तथा मौसम विज्ञान विभाग आइतबार, कात्तिक २३, २०८२
देशका अधिकांश भागमा आज मौसम सफा रहने
देशका अधिकांश भागमा आज मौसम सफा रहने शुक्रबार, कात्तिक २१, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव, आंशिक बदली हुने
पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव, आंशिक बदली हुने बुधबार, कात्तिक १९, २०८२
आजको मौसम पूर्वानुमान
आजको मौसम पूर्वानुमान मंगलबार, कात्तिक १८, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
चेपाङ बालबालिकाको लागि आँखा शिविर तथा कला कार्यशाला सम्पन्न
चेपाङ बालबालिकाको लागि आँखा शिविर तथा कला कार्यशाला सम्पन्न
सिद्धार्थ बैंक लिमिटेडको २४ औँ वार्षिक साधारण सभा सम्पन्न
सिद्धार्थ बैंक लिमिटेडको २४ औँ वार्षिक साधारण सभा सम्पन्न
वर्किङ भिसामा युके पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
वर्किङ भिसामा युके पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP