Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राजेन्द्र लिङ्देन
  • #राष्ट्रिय सभा निर्वाचन
  • #प्रशान्त तामाङ
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #दूध_दुहुने_रियालिटी शो
  • #‘शिवांश’
  • #फोक्सिङटार
  • #क्यालिस्थेनिक्स
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • अस्ट्रेलियन युवा ज्याक नेपालको पर्यटन प्रवर्द्धन गर्दै
अस्ट्रेलियन युवा ज्याक नेपालको पर्यटन प्रवर्द्धन गर्दै
प्रभाव संवाददाता
प्रभाव संवाददाता शनिबार, कात्तिक १८, २०८०

नेपाली पहिरनमा सजिएर ज्याकले ग्रामीण भेगका भिडियो बनाइरहेका छन् । फर्पिङ र खोटाङ उनलाई एकदमै मन परेका स्थान हुन् । मुस्ताङ पुग्न उनलाई एकदमै रहर छ । सुरुमा ट्रेकिङ गर्न, यहाँको संस्कृतिको अनुभव बटुल्न उनले नेपाल रोजेका थिए । नेपालका हिमाल, संस्कृति र यहाँका मानिसहरुको मीठो आतिथ्यताले  लोभ्याएपछि उनले नेपाल बसाइँ लम्ब्याएका छन् ।

काठमाडौं– कयौं नेपाली युवाका लागि अस्ट्रेलिया सपनाको देश हो । लाखौं खर्च गरेर अस्ट्रेलिया जान मरिहत्ते गर्ने तमाम युवाहरु छन् । आफ्नो सुन्दर भविष्य खोज्न नेपालीहरु अस्ट्रेलियालाई गन्तव्य बनाउन चाहन्छन् । तर, एक अस्ट्रेलियन युवा ज्याक टोर भने नेपालको गाउँ–गाउँमा पुगेर रमिरहेका छन् । नेपालको पर्यटन, कला, संस्कृतिलाई प्रवर्द्धन गर्न समर्पित भएका छन् उनी ।

२४ वर्षीय ज्याक अस्ट्रेलियाको जागिर छाडेर नेपाल आइपुगेका हुन् । नेपालमा उनको यो छैटौं भ्रमण हो । पेसाले युट्युबर ज्याकको युट्युब च्यानल ‘ज्याक टर’लाई ४० हजारभन्दा धेरैले सब्स्क्राइब गरेका छन् । नेपालका विभिन्न स्थानमा पुगेर उनले पर्यटन, कला, संस्कृति, जात्रा, खानपान र जीवनशैलीका भिडियोहरु बनाइरहेका छन् । उनका भिडियोले दर्शक तानिरहेका छन् । 

अस्ट्रेलियन युट्युबर ज्याकले नेपालका विभिन्न स्थानहरु पुगेर बनाएका भिडियोलाई संसाभर रुचाइएको छ । मार्केटिङमा ब्याचलर्स (स्‍नातक) गरेका उनी अस्ट्रेलियामा एक कर्पोरेट अफिसमा काम गर्थे । यात्रा गर्नकै लागि उनले ४० लाख रुपैयाँको जागिर त्यागेको बताएका छन् । हाल युट्युबबाट उनले मासिक एक लाख रुपैयाँभन्दा बढी आम्दानी गरिरहेको बताउँछन् ।

Hardik health

Jack20231699262678.jpg

‘त्यो बेला जम्मा गरेको पैसाले म नेपाल घुमिरहेको छु । अन्य देश पनि यात्रा गरिरहेको छु,’ ज्याकले भने, ‘नेपालका गाउँघर घुम्न, नेपाली जीवनशैली बुझ्न एकदम मनपर्छ । दालभात र मोमो (मःमः) एकदमै मनपर्‍यो ।’

नेपाली पहिरनमा सजिएर ज्याकले ग्रामीण भेगका भिडियो बनाइरहेका छन् । फर्पिङ र खोटाङ उनलाई एकदमै मन परेका स्थान हुन् । मुस्ताङ पुग्न उनलाई एकदमै रहर छ । सुरुमा ट्रेकिङ गर्न, यहाँको संस्कृतिको अनुभव बटुल्न उनले नेपाल रोजेका थिए । नेपालका हिमाल, संस्कृति र यहाँका मानिसहरुको मीठो आतिथ्यताले  लोभ्याएपछि उनले नेपाल बसाइँ लम्ब्याएका छन् ।

वर्षमा १५० दिनमात्र उनले भिसा पाउने गरेका छन् । एक वर्षकै भिसा पाउने हो भने अझ नेपालको पर्यटन, संस्कृति र जीवनशैलीलाई प्रवर्द्धन गर्न लागि पर्ने उनी बताउँछन्। नेपाली भाषासमेत बोल्न थालेका उनले छिट्टै नै नेपाली भाषाको युट्युब च्यानल सुरु गर्ने तयारी गरिरहेका छन् ।

विश्वका एक दर्जनभन्दा बढी मुलुकको यात्रा गरिसकेका ज्याक भुटान र जापान त्यहाँको सरकारकै निमन्त्रणामा घुमिसकेको बताउँछन् । विभिन्न देशले निम्तो दिए पनि नेपालको विशेष माया लाग्ने उनको भनाइ छ ।

 

 

 


प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  १४:५५
#अस्ट्रेलियन_युवा ज्याक #Jack
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
बंगाल ट्राभल मार्ट–२०२६ मा नेपाल पर्यटन बोर्ड सम्मानित 
बंगाल ट्राभल मार्ट–२०२६ मा नेपाल पर्यटन बोर्ड सम्मानित  सोमबार, पुस २८, २०८२
चन्दा र श्रमदानबाट घार देउरालीमा दृष्यावलोकन केन्द्र निर्माण
चन्दा र श्रमदानबाट घार देउरालीमा दृष्यावलोकन केन्द्र निर्माण सोमबार, पुस २८, २०८२
कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण
कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सोमबार, पुस २८, २०८२
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी आइतबार, पुस २७, २०८२
स्थिर र स्पष्ट पर्यटन ऐन बन्नुपर्नेमा जोड
स्थिर र स्पष्ट पर्यटन ऐन बन्नुपर्नेमा जोड बिहीबार, पुस २४, २०८२
कञ्‍जनजंघा आधार शिविर सुनसान
कञ्‍जनजंघा आधार शिविर सुनसान बिहीबार, पुस २४, २०८२
पर्यटक बढेसँगै ठोरीमा होटल तथा रिसोर्ट खुल्न थाले
पर्यटक बढेसँगै ठोरीमा होटल तथा रिसोर्ट खुल्न थाले सोमबार, पुस २१, २०८२
लोकप्रिय
  • Week
  • Month
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी रावल उम्मेदवारमा सिफारिस
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी रावल उम्मेदवारमा सिफारिस
संघीय गणतान्त्रिक गठबन्धनले गृहमन्त्रीलाई बुझायो ज्ञापनपत्र
संघीय गणतान्त्रिक गठबन्धनले गृहमन्त्रीलाई बुझायो ज्ञापनपत्र
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP