Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #रासस
  • #सामाजिक सुरक्षा कोष
  • #मनोनयन_दर्ता
  • #गगनकुमार थापा
  • #तामाङ_घेदुङ
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • एसिसी प्रिमियर कप क्रिकेट : नेपालले इरानलाई  हरायो
एसिसी प्रिमियर कप क्रिकेट : नेपालले इरानलाई  हरायो
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, असोज २५, २०८०

काठमाडौं– उन्नाइस वर्षमुनि एसिसी यू १९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले इरानलाई पराजित गरेको छ । मलेसियाको बान्गीमा आज भएको खेलमा नेपालले इरानलाई दुई सय ७४ रनले पराजित गरेकोे हो । जितका लागि तीन सय ५४ रनको विशाल लक्ष्य पछ्याएको इरान ३० दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै ७९ रनमा समेटियो । 

इरानका लागि आमेर खोर्सन्दले ३७ रन बनाए । उनले २२ बलमा एक चौका र पाँच छक्कासहित ३७ रन बनाएका हुन् । साबेर इब्राहिमपुर ४३ बलमा एक चौकासहित ११ रनमा नटआउट रहे । त्यसबाहेक अन्य इरानी ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
 
इरानलाई सस्तैमा समेट्नेक्रममा नेपालका दीपेश कँडेल र सुवास भण्डारीले समान तीन तीन विकेट लिए । त्यस्तै हेमन्त धामी र आकाश चन्दले समान दुई दुई विकेट झारे । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४० दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै तीनसय ५३ रनको योगफल बनाएको थियो । नेपालको इनिङमा कप्तान देव खनालले सतक प्रहार गरे भने दीपक बोहरा र दीपकप्रसाद डुम्रेले अर्धसतक बनाए ।

तेस्रो नम्बर क्रिजमा आएका कप्तान देवले ५०औँ बल खेल्दै १२ चौका र चार छक्काको मद्दतमा एक सय रनको योगदान दिएका हुन् । त्यस्तै दीपक बोहराले ५९ बलमा ६५ रन बनाए । उनले चार चौका र दुई छक्का हिर्काएका थिए । पाँचौँ नम्बर क्रिजमा पुगेका दीपक डुम्रेले ४४ बलमा ६९ रन बनाए । देव र दीपकले तेस्रो विकेटका लागि एक सय ६६ रनको साझेदारी गरेका थिए । 

Hardik health

यसैगरी दीपेश कंँडेलले २९, हेमन्त धामीले २३, आकाश चन्दले १९ रन तथा सुभास भण्डारीले १८ रन जोडे । इरानका दद्रहमान राइसीले र सलमान निज्मान्दले समान तीन तीन विकेट लिए भने शेखी र जियाद राइसीले समान दुई दुई विकेट लिएका थिए । अब नेपालले दोस्रो खेल यही असोज २८ गते बहराइनसँग खेल्नेछ । 
 
प्रतियोगितामा शीर्ष तीन टोलीले पाकिस्तानमा आगामी डिसेम्बरमा हुने एसिया कप खेल्न पाउनेछन् । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा एसियाका विभिन्न १६ एशोसिएट टोलीले प्रतिस्पर्धा गर्दैछन् । सो प्रतियोगितालाई विभिन्न चार समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा  नेपालसहित बहराइन, साउदी अरेविया र इरान छन् भने समूह ‘बी’ मा युएई, ओमान, कतार र चीन छन् । त्यसैगरी समूह ‘सी’ मा सिङ्गापुर, कुवेत, थाइल्यान्ड र माल्दिभ्स तथा समूह ‘डी’ मा हङकङ, मलेसिया जापान र इन्डोनोसिया छन् । प्रतियोगिताका शीर्ष तीन टोलीले आगामी डिसेम्बरमा पाकिस्तानमा हुने यू१९ एसिया कप खेल्न पाउनेछन् ।
 


प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  १४:०३
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
ईन्डिया कपमा नेपाललाई दुई स्वर्ण सहित पाँच पदक
ईन्डिया कपमा नेपाललाई दुई स्वर्ण सहित पाँच पदक सोमबार, माघ ५, २०८२
अनिशा र विन्दु फाइनलमा
अनिशा र विन्दु फाइनलमा सोमबार, माघ ५, २०८२
नेपाल थाइल्याण्डसँग पराजित
नेपाल थाइल्याण्डसँग पराजित आइतबार, माघ ४, २०८२
थाइल्याण्डलाई जितका लागि १२३ रनको लक्ष्य
थाइल्याण्डलाई जितका लागि १२३ रनको लक्ष्य आइतबार, माघ ४, २०८२
थाइल्यान्डविरुद्धको खेलमा नेपालले ब्याटिङ गर्दै
थाइल्यान्डविरुद्धको खेलमा नेपालले ब्याटिङ गर्दै आइतबार, माघ ४, २०८२
हाफ म्याराथनको उपाधि गुरुङलाई
हाफ म्याराथनको उपाधि गुरुङलाई बुधबार, पुस ३०, २०८२
बंगलादेशले  फेरि भन्यो  टि-२० विश्वकपमा  भारत नआउने
बंगलादेशले  फेरि भन्यो  टि-२० विश्वकपमा  भारत नआउने बुधबार, पुस ३०, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP