Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #डा.विश्वास बस्नेत
  • #काठमाडौं निर्वाचन क्षेत्र नम्बर-२
  • #पुतली_नाच
  • #मनोनयन_दर्ता
  • #शेरबहादुर देउवा
  • #सामाजिक सुरक्षा कोष
  • #रासस
  • #तामाङ_घेदुङ
  • #सोनाम_ल्होछार
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • चैतभित्र सम्पन्न हुँदै रंगशाला
चैतभित्र सम्पन्न हुँदै रंगशाला
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, फागुन १२, २०७६
Hardik health
कास्की – आवश्यक पूवार्धारलाई मात्र जोड दिएर १३औँ साग खेल सम्पन्न गरिएको पोखरा रंगशालाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । पोखरा महानगरपालिका–१० रामबजारमा ४१७ रोपनी क्षेत्रफलमा रहेको उक्त रंगशालालाई नेपालको वैकल्पिक अन्तर्राष्ट्रिय रंगशालाका रूपमा समेत लिइन्छ । भारतको ग्रेट स्पोर्ट्स इन्फ्रा इन्डियाले नेपालको एमए कन्सट्रक्सन कान्तिपथ काठमाडौंसँग संयुक्त लगानीमा रु एक अर्ब २८ करोडको लागतमा उक्त निर्माण कार्यको जिम्मा लिएको हो । प्रारम्भिक सम्झौताअनुसार उक्त रंगशालामा १६ हजार पाँच सय दर्शक क्षमता भनिए पनि भविष्यमा हुन सक्ने दर्शकको चापलाई ध्यानमा राखेर अहिले २० हजार दर्शक क्षमताको प्यारापिट निर्माण गरिएको रंगशालाका आयोजना प्रबन्धक इन्जिनीयर दीपक बरालले जानकारी दिए । उनले भने, ‘हामीले अहिले चैतसम्म १६ हजार पाँच सय क्षमताको मात्र सम्पन्न गर्नेछौँ । बाँकी अर्को सम्झौताबाट काम अघि बढ्छ ।’ गत वर्ष फागुन २४ गते शिलान्यास गरिएको उक्त रंगशाला २०७६ असार मसान्तमा सम्पन्न गर्ने सम्झौता भएको थियो । सम्झौतामा चार महिनाभित्र सम्पन्न गर्ने भनिए पनि रंगशालामा हुने विभिन्न खेल गतिविधिले गर्दा निर्माणकार्यलाई बाधा पुगेको उनले बताए । अन्तर्राष्ट्रिय मापदण्डानुसार निर्माण गरिएको पोखरा रंगशालामा आम दर्शक, भिआइपी, अपांगता भएका दर्शक र मिडियाका लागि उपयुक्त हुने गरी निर्माण गरिएको बरालले जानकारी दिए । उनले भने, ‘१३ औँ साग प्रतियोगिताका लागि आवश्यक तयारीलाई मात्र जोड दिएर खेल सम्पन्न गर्यौँ, त्यसयता रंगशालाको काम धमाधम भइरहेको छ । अहिले करीब ९० प्रतिशत काम सकिएको छ ।’ बरालले चैत महिनाभित्र रंगशालाको काम सम्पन्न गरिसक्ने जानकारी दिए । एक सय पाँच मिटर लम्बाइ र ६८ मिटरको चौडाइ रहेको फुटबल मैदानमा आठ र १० लेनको सिन्थेटिक ट्र्याक रहेको छ । राष्ट्रिय खेलकूद परिषद्का सदस्य राजेशकुमार गुरुङले चैतभित्र सम्पन्न गर्नलाई ताकेता गरिरहेको बताए । उनले विभिन्न समयमा हुने मेघा इभेन्टले पनि यसको निर्माण कार्यमा अवरोध पुगेको बताए । पोखरामा फागुन २२ देखि चैत १ गतेसम्म १८औँ संस्करणको ‘राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय अन्तर क्लब आहा ! रारा गोल्डकप’ हुँदैछ । उनले आहा गोल्डकपका लागि १३ हजार क्षमताको प्यारापिट निर्माण भइसक्ने जानकारी दिए । रंगशालाका लागि सिन्थेटिक ट्र्याक जर्मन र स्टिल स्ट्रक्चर भने फ्रान्सबाट झिकाइएको गुरुङको भनाइ छ । खेलकूद पत्रकार मञ्च गण्डकी प्रदेशका पूर्वअध्यक्ष केशव पाठकले रंगशालाको निर्माण कार्यलाई अब ढिला गर्न नहुने भन्दै चैतभित्र सक्नुपर्ने बताए । उनले पछि थपिएको तीन हजार पाँच सय सिट क्षमताका लागि बोलपत्र आह्वान गरेर नवौँ राष्ट्रिय खेल अगावै सम्पन्न गर्नुुपर्ने बताए । पोखरा रंगशालाबाट देखिने माछापुच्छ्रेको सुन्दर दृश्यावलोकनले पनि यसको सुन्दरता थपेको छ भने यसलाई आकर्षक बनाउन विभिन्न विज्ञको सल्लाह र सुझावलाई लिएर तयार गरिएको छ । फुटबल मैदानको छेउमा सिन्थेटिक ट्र्याक राखिएको छ । रंगशालामा खेलाडीको चेन्जिङ रुम, भिआइपी, मेडिकल, मिडिया सेन्टर, १७ वटा शौचालय लगायतको सुविधायुक्त संरचनाहरू रहेका छन् ।
प्रकाशित मिति: सोमबार, फागुन १२, २०७६  ०६:४२
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
नामिबियाले पायो १४५ को लक्ष्य
नामिबियाले पायो १४५ को लक्ष्य बिहीबार, माघ ८, २०८२
नेदरल्यान्ड्ससँग नेपाल पराजित
नेदरल्यान्ड्ससँग नेपाल पराजित बिहीबार, माघ ८, २०८२
‘टाइगर कप’राष्ट्रिय - अन्तरराष्ट्रिय भलिबलको खेल तालिका सार्वजनिक
‘टाइगर कप’राष्ट्रिय - अन्तरराष्ट्रिय भलिबलको खेल तालिका सार्वजनिक बिहीबार, माघ ८, २०८२
नेदरल्यान्ड्सविरुद्धको खेलमा बलिङ गर्दै नेपाल
नेदरल्यान्ड्सविरुद्धको खेलमा बलिङ गर्दै नेपाल बिहीबार, माघ ८, २०८२
राष्ट्रिय काष्ठमण्डम कराते प्रतियोगिता शुरु
राष्ट्रिय काष्ठमण्डम कराते प्रतियोगिता शुरु बुधबार, माघ ७, २०८२
एन्फाको निर्वाचन स्थगित
एन्फाको निर्वाचन स्थगित बुधबार, माघ ७, २०८२
साफ यू-१९ महिला फुटबल टोली घोषणा
साफ यू-१९ महिला फुटबल टोली घोषणा बुधबार, माघ ७, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP