Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #सामाजिक सुरक्षा कोष
  • #रासस
  • #गगनकुमार थापा
  • #जिता_मर्ना
  • #तामाङ_घेदुङ
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • मधुमेह र उच्च रक्तचापको  निः शुल्क परीक्षण
मधुमेह र उच्च रक्तचापको  निः शुल्क परीक्षण
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, असोज ४, २०८०

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकाले नसर्ने रोगको निःशुल्क परीक्षण र उपचार अभियान सुरुआत गरेको  छ । वडा नं ५ र ९ मा गाउँघर क्लिनिक केन्द्रको शुभारम्भ भएसँगै नसर्ने रोगको निःशुल्क परीक्षण र उपचार थालिएको हो ।

चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा मधुमेह र उच्च रक्तचापको परीक्षण र उपचार गर्ने आयोजनाअनुसार बुधबारदेखि नसर्ने रोगसम्बन्धी निःशुल्क परीक्षण र उपचार अभियान थालिएको गाउँपालिका उपाध्यक्ष दलमान थोकरले जानकारी दिए । उनका अनुसार नरसर्ने रोगअन्तर्गतका मधुमेह र उच्च रक्तचापका कारण नागरिकको अकालमा ज्यान जाने भएकोले गाउँपालिकाले उक्त रोगको निःशुल्क परीक्षण र उपचार गर्न लागिएको हो । 

गाउँपालिकाले यसअघि नसर्ने रोगको अवस्था पत्ता लगाउन विभिन्न वडामा १८ दिने शिविर सञ्चालन गरेको थियो । उपाध्यक्ष थोकरले शिविरबाट गाउँपालिकाका ३१ प्रतिशत नागरिकमा मुख्यतः उच्च रक्तचाप र मधुमेहका रोगी फेला परेको बताए। “त्यसपछि दुवै रोगको निःशुल्क परीक्षण र उपचार प्रारम्भ गरेका हौँ”, उनले भने। 

Hardik health

यस्तै गाउँपालिकाले २८ स्थानमा क्लिनिक सञ्चालन गरेकोमा स्थानीयको मागका आधारमा अभियानसँगै अन्य दुई स्थानमा क्लिनिक थप गरिएको जनाएको छ । स्वस्थ्य शाखा प्रमुख शिवहरी पाठकका अनुसार  गाउँपालिकामा प्रत्येक महिनामा गाउँघर क्लिनिक सञ्चालन हुँदा अब निःशुल्क रुपमा रक्तचाप  र मधुमेह परीक्षण हुनेछ । बुधबार वडा नं ५ को गाउँघर क्लिनिकमा ६५ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । अभियानबाट स्थानीयको स्वास्थ्य क्षेत्रमा उपलब्ध हुने अपेक्षा गरिएको बताइयो । 

यसैबीच नमोबुद्ध नगरले पनि उच्च रक्तचाप हुनेको पहिचान, परीक्षण, जोखिम न्युनीकरण नियन्त्रण गर्ने उद्धेश्य ‘बागमती–काभ्रेपलाञ्चोक हाइपरटेन्सन केयर क्यासकेड इनिसिएटिभ्स’अन्तर्गत अभियान थालेको छ । यसअघि नगरले १८ बर्ष माथिका स्थानीयको निःशुल्क स्वास्थ्य परीक्षण गरी नसर्ने रोगको समस्या देखिएपछि उच्च रक्तचाप, मधुमेह (सुगर), अल्कालीन, प्रोटीन परिक्षण निःशुल्क र एक बर्षसम्म निःशुल्क औषधीको व्यवस्था मिलाएको थियो । 

नगर स्वास्थ्य शाखाका अनुसार उक्त परीक्षणमा ४ हजार ६ सय ६१ को परीक्षण गर्दा ५ सय ९७ जनामा उच्च रक्तचाप देखिएको थियो । जिल्ला स्वास्थ्य कार्यालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा पुरुपोतमराज सेढाईका अनुसार, पहिचान, निदान, उपचार र नियन्त्रणको लागि अभियानअन्तर्गत १३ वटै स्थानीय तहका सबै स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई तालिमका साथै न्युनतम उपकरणसमेत प्रदान गरिनेछ । 

उनका अनुसार काभ्रेपलाञ्चोकमा उच्च रक्तचापको सम्भावित जोखिममा रहेका ५० हजार ५० जनामध्ये पहिलो बर्षमा १५ प्रतिशतलाई सेवा प्रदान गरिने लक्ष्य दिइएको छ । विश्व स्वास्थ्य संगठनको प्राविधिक सहयोगमा नेपालमा नै पहिलोपटक तीनै तहका सरकारको सहभागितामा काभे्रपलाञ्चोकमा सुरु गरिएको सो कार्यक्रम जिल्लाका १३ वटै पालिकामा एकैसाथ कार्यान्वयन गरिएको छ ।


प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  ११:४७
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
वीर अस्पतालमा आकस्मिक कक्ष विस्तार
वीर अस्पतालमा आकस्मिक कक्ष विस्तार सोमबार, माघ ५, २०८२
स्वास्थ्य बिमा कार्यान्वयनको उत्कृष्ट नमूना भरतपुर अस्पताल
स्वास्थ्य बिमा कार्यान्वयनको उत्कृष्ट नमूना भरतपुर अस्पताल सोमबार, माघ ५, २०८२
कार्यकारी निर्देशक डा काफ्लेको राजीनामा
कार्यकारी निर्देशक डा काफ्लेको राजीनामा आइतबार, माघ ४, २०८२
डिमेन्सिया बिरामीको २४ वर्षमै निधन
डिमेन्सिया बिरामीको २४ वर्षमै निधन शुक्रबार, माघ २, २०८२
आयुर्वेदकाे भ्रामक प्रचार प्रसार नगर्न चिकित्सा परिषद्काे निर्देशन
आयुर्वेदकाे भ्रामक प्रचार प्रसार नगर्न चिकित्सा परिषद्काे निर्देशन शुक्रबार, माघ २, २०८२
नेपाल चिकित्सक संघको निर्वाचन स्थगित
नेपाल चिकित्सक संघको निर्वाचन स्थगित शुक्रबार, माघ २, २०८२
एकीकृत स्वास्थ्य सूचनामा आम नागरिकको पहुँचमा जोड
एकीकृत स्वास्थ्य सूचनामा आम नागरिकको पहुँचमा जोड बिहीबार, माघ १, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP