Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #नेपाली कांग्रेस
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #रासस
  • #सामाजिक सुरक्षा कोष
  • #पुतली_नाच
  • #गगनकुमार थापा
  • #सोनाम_ल्होछार
Search Here
समाचार
  • Home
  • समाचार
  • तामाङ सेवा केन्द्रको अध्यक्षमा तेकेबहादुर
तामाङ सेवा केन्द्रको अध्यक्षमा तेकेबहादुर
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, असोज ३, २०८०

काठमाडौं- तामाङ सेवा केन्द्र-नेपालको अध्यक्षमा तेकेबहादुर तामाङ निर्वाचित भएका छन् । बुधबार सुबिगाउँ, बौद्धस्थित संस्थाको कार्यालयमा सम्पन्न २२औं साधारणसभाले सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । निवर्तमान कार्यसमितिमा उनी महासचिवको जिम्मेवारीमा थिए ।

नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा फूर्वा डुम्जन तामाङ, द्वितीय उपाध्यक्षमा हरिबहादुर तामाङ, महासचिवमा मीठु तामाङ, सचिवमा दावा तामाङ र कोषाध्यक्षमा डोल्मा तामाङ निर्वाचित भए । यसैगरी सदस्यहरुमा पासाङकाजी तामाङ, धनबहादुर तामाङ, नारायणकुमार लामा, दोर्जी तामाङ, मिलनदेवी तामाङ, रामबहादुर तामाङ, धनकुमार तामाङ, सुने तामाङ र हिमाल तामाङ चयन भएका छन् ।

संस्थाको संरक्षक संरक्षक समिति संयोजकमा पाल्देन तामाङ तथा सदस्यमा कर्णबहादुर तामाङ, फूर्वा पाख्रिन तामाङ, निमा तामाङ, रत्नकुमार तामाङ, आङपासाङ तामाङ र ङिमादावा तामाङ चयन भएका छन् ।

Sonam Lhosar
Hardik health

नवनिर्वाचित कार्यसमितिलाई निवर्तमान अध्यक्ष अम्बर बम्जन तामाङले खादा ओढाएर बधाइ ज्ञापन गर्दै कार्यभार हस्तान्तरण गरेका थिए । नवनिर्वाचित अध्यक्ष तामाङले संस्थाको उद्देश्य प्राप्तिका लागि सबै सदस्यहरुलाई साथमा लिएर काम गर्ने प्रतिबद्धता जनाए ।

यसअघि साधारणसभाको बन्द सत्रमा निवर्तमान महासचिव तेकेबहादुर तामाङद्वारा प्रस्तुत संस्थाको आर्थिक वर्ष २०८९/८० को प्रगति प्रतिवेदन र कोषाध्यक्ष मीठु तामाङले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरिएको थियो ।

यसअघि साधारणसभाको उद्घाटन सत्रमा संस्थाका पूर्वअध्यक्ष कर्ण तामाङ, संरक्षक पाल्देन लामा, ङिमा तामाङलगायतले शुभकामना मन्तव्य राख्दै संस्था स्थापनादेखि गुम्बा निर्माणसम्ममा गर्नुपरेको संघर्ष सुनाएका थिए । नयाँ कार्यसमितिले संस्थालाई थप क्रियाशील बनाउने अपेक्षा उनीहरुले व्यक्त गरे ।

निवर्तमान अध्यक्ष बम्जनले आफ्नो १२ वर्षे नेतृत्वकालमा संस्थाको नियमित कार्यसँगै गुम्बा निर्माण सम्पन्न गरिएको जानकारी दिए । आर्थिक मन्दीको समयमा पनि संस्थाको लक्ष्यअनुसार गुम्बा सम्पन्न गर्नु महत्त्वपूर्ण उपलब्धि भएको उनको भनाइ छ । परिवर्तित अवस्था र सदस्यहरुको आवश्यकताअनुसार संस्थालाई अगाडि बढाउन नयाँ कार्यसमिति सक्षम हुने विश्वाससमेत उनले व्यक्त गरे ।

सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, रामेछाप, दोलखालगायत जिल्लाबाट काठमाडौंमा आएर बसेका तामाङहरु आबद्ध यस संस्थाको सुबिगाउँमा आफ्नै भवन र गुम्बा रहेको छ । संस्थाले विभिन्न धार्मिक तथा सामाजिक कार्यहरु सञ्चालन गर्दै आएको निवर्तमान अध्यक्ष बम्जनले जानकारी दिए ।


प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  १८:२०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सवारी दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते
सवारी दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते आइतबार, माघ ४, २०८२
चाैथो मःम महोत्सव सुरु
चाैथो मःम महोत्सव सुरु आइतबार, माघ ४, २०८२
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन आइतबार, माघ ४, २०८२
आचारसंहिता पालनामा सबै पक्ष प्रतिबद्ध रहने विश्वास
आचारसंहिता पालनामा सबै पक्ष प्रतिबद्ध रहने विश्वास आइतबार, माघ ४, २०८२
बाइसेचौबीसेदेखिकाे पुतली नाचको रौनक
बाइसेचौबीसेदेखिकाे पुतली नाचको रौनक आइतबार, माघ ४, २०८२
राष्ट्रियसभाको अधिवेशन आजदेखि
राष्ट्रियसभाको अधिवेशन आजदेखि आइतबार, माघ ४, २०८२
टुँडिखेलमा आजदेखि सोनाम ल्होछार सांस्कृतिक महोत्सव
टुँडिखेलमा आजदेखि सोनाम ल्होछार सांस्कृतिक महोत्सव आइतबार, माघ ४, २०८२
Sonam Lhosar Sonam Lhosar
लोकप्रिय
  • Week
  • Month
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
महागनरका प्रहरी प्रमुख पाण्डेले दिए राजीनामा
महागनरका प्रहरी प्रमुख पाण्डेले दिए राजीनामा
‘दोस्रो प्रादेशिक मह महोत्सव’ भोलिदेखि
‘दोस्रो प्रादेशिक मह महोत्सव’ भोलिदेखि
भरतपुर अस्पतालमा बिरामीको चाप
भरतपुर अस्पतालमा बिरामीको चाप
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP