Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लक्ष्मण पौडेल
  • #मलेसिया सिण्डिकेट
  • #आरपी गैरे
  • #एलपी ग्यास अभाव
  • #मलेसिया_रोजगारी
  • #सिण्डिकेट
  • #महिला व्यवसायी
  • #पुष्पकमल दाहाल
  • #नेपाल पत्रकार महासंघ
Search Here
समाचार
  • Home
  • समाचार
  • तामाङ सेवा केन्द्रको अध्यक्षमा तेकेबहादुर
तामाङ सेवा केन्द्रको अध्यक्षमा तेकेबहादुर
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, असोज ३, २०८०
Energy Drink Energy Drink

काठमाडौं- तामाङ सेवा केन्द्र-नेपालको अध्यक्षमा तेकेबहादुर तामाङ निर्वाचित भएका छन् । बुधबार सुबिगाउँ, बौद्धस्थित संस्थाको कार्यालयमा सम्पन्न २२औं साधारणसभाले सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । निवर्तमान कार्यसमितिमा उनी महासचिवको जिम्मेवारीमा थिए ।

नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा फूर्वा डुम्जन तामाङ, द्वितीय उपाध्यक्षमा हरिबहादुर तामाङ, महासचिवमा मीठु तामाङ, सचिवमा दावा तामाङ र कोषाध्यक्षमा डोल्मा तामाङ निर्वाचित भए । यसैगरी सदस्यहरुमा पासाङकाजी तामाङ, धनबहादुर तामाङ, नारायणकुमार लामा, दोर्जी तामाङ, मिलनदेवी तामाङ, रामबहादुर तामाङ, धनकुमार तामाङ, सुने तामाङ र हिमाल तामाङ चयन भएका छन् ।

संस्थाको संरक्षक संरक्षक समिति संयोजकमा पाल्देन तामाङ तथा सदस्यमा कर्णबहादुर तामाङ, फूर्वा पाख्रिन तामाङ, निमा तामाङ, रत्नकुमार तामाङ, आङपासाङ तामाङ र ङिमादावा तामाङ चयन भएका छन् ।

Ncell
Hardik health

नवनिर्वाचित कार्यसमितिलाई निवर्तमान अध्यक्ष अम्बर बम्जन तामाङले खादा ओढाएर बधाइ ज्ञापन गर्दै कार्यभार हस्तान्तरण गरेका थिए । नवनिर्वाचित अध्यक्ष तामाङले संस्थाको उद्देश्य प्राप्तिका लागि सबै सदस्यहरुलाई साथमा लिएर काम गर्ने प्रतिबद्धता जनाए ।

यसअघि साधारणसभाको बन्द सत्रमा निवर्तमान महासचिव तेकेबहादुर तामाङद्वारा प्रस्तुत संस्थाको आर्थिक वर्ष २०८९/८० को प्रगति प्रतिवेदन र कोषाध्यक्ष मीठु तामाङले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरिएको थियो ।

यसअघि साधारणसभाको उद्घाटन सत्रमा संस्थाका पूर्वअध्यक्ष कर्ण तामाङ, संरक्षक पाल्देन लामा, ङिमा तामाङलगायतले शुभकामना मन्तव्य राख्दै संस्था स्थापनादेखि गुम्बा निर्माणसम्ममा गर्नुपरेको संघर्ष सुनाएका थिए । नयाँ कार्यसमितिले संस्थालाई थप क्रियाशील बनाउने अपेक्षा उनीहरुले व्यक्त गरे ।

निवर्तमान अध्यक्ष बम्जनले आफ्नो १२ वर्षे नेतृत्वकालमा संस्थाको नियमित कार्यसँगै गुम्बा निर्माण सम्पन्न गरिएको जानकारी दिए । आर्थिक मन्दीको समयमा पनि संस्थाको लक्ष्यअनुसार गुम्बा सम्पन्न गर्नु महत्त्वपूर्ण उपलब्धि भएको उनको भनाइ छ । परिवर्तित अवस्था र सदस्यहरुको आवश्यकताअनुसार संस्थालाई अगाडि बढाउन नयाँ कार्यसमिति सक्षम हुने विश्वाससमेत उनले व्यक्त गरे ।

सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, रामेछाप, दोलखालगायत जिल्लाबाट काठमाडौंमा आएर बसेका तामाङहरु आबद्ध यस संस्थाको सुबिगाउँमा आफ्नै भवन र गुम्बा रहेको छ । संस्थाले विभिन्न धार्मिक तथा सामाजिक कार्यहरु सञ्चालन गर्दै आएको निवर्तमान अध्यक्ष बम्जनले जानकारी दिए ।


प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  १८:२०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सर्लाहीमा लागूऔषधसहित तीन जना पक्राउ
सर्लाहीमा लागूऔषधसहित तीन जना पक्राउ मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस आगलागीमा गम्भीर घाइते भएका चालकको मृत्यु
त्रिपुरेश्वरमा बस आगलागीमा गम्भीर घाइते भएका चालकको मृत्यु मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै
प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै मंगलबार, असोज ६, २०८३
आज कोशी, बागमती र मधेससहितका प्रदेशमा भारी वर्षाको सम्भावना
आज कोशी, बागमती र मधेससहितका प्रदेशमा भारी वर्षाको सम्भावना मंगलबार, असोज ६, २०८३
शुक्रबारदेखि देशभरि भारी वर्षाको सम्भावना: उच्च सतर्कता अपनाउन अपिल
शुक्रबारदेखि देशभरि भारी वर्षाको सम्भावना: उच्च सतर्कता अपनाउन अपिल सोमबार, असोज ५, २०८३
आजको खबर
आजको खबर सोमबार, असोज ५, २०८३
सघन सहरी आयोजना धनकुटाका तीन कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा
सघन सहरी आयोजना धनकुटाका तीन कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा सोमबार, असोज ५, २०८३
लोकप्रिय
  • Week
  • Month
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP