Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #गणेश नेपाली
  • #मिड_डे_मील
  • #प्रतिनिधि सभा बैठक
  • #राजेन्द्र_राई
  • #मुक्तिनाथ_बैंक
  • #सुनचाँदीकाे_मूल्य
  • #अमेरिका_ठगी
  • #बर्डफ्लु
  • #राष्ट्रिय_जनावर
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • हिमताल खोजी गर्दै स्थानीय गाउँपालिका
हिमताल खोजी गर्दै स्थानीय गाउँपालिका
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, भदौ २९, २०८०

मनाङ- यहाँको केही स्थानीय पालिकाले आफ्नो आन्तरिक आयबाट जिल्लामा भएका हिमतालको खोजी गर्ने योजना बनाएका छन् । मेस्थित चामे गाउँपालिका–४ लमजुङ हिमालको फेदीमा सिङ्गरखर्क नजिक अवस्थित सिङ्गर ताल (काजिनसरा) भेटिएको थियो ।

ताल भेटिएपछि विसं २०७६ असोज १० देखि १४ गतेसम्म चामे गाउँपालिकाले सिङ्गर तालको प्रचारप्रचारका लागि कार्यक्रम गरेको थियो । तालको प्रवद्र्धन गर्न चामे गाउँपालिकाको नेतृत्वमा नेपाल पत्रकार महासङ्घ मनाङ, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, स्थानीयवासीको संलग्नतामा ताल नजिक कार्यक्रम गरिएको थियो । 

गुगलको जिपिएस (ग्लोबल पोजिसनिङ सिस्टम)का अनुसार समुद्री सतहबाट पाँच हजार सात मिटर उचाइमा सिङ्गर (काजिनसारा) ताल रहेको छ । चामेबाट लमजुङ हिमालको बेसक्याम्प हुँदै करिब पाँच घण्टामा यस तालमा पुग्न सकिन्छ ।यहाँको प्रवद्र्धनका लागि गाउँपालिकाले ठाउँठाउँमा बस्ने स्थान, विभिन्न स्थानमा शौचालय निर्माण, फोहोरमैला व्यवस्थापनका लागि डम्पिङ साइड निर्माण गरेको छ । यसले पर्यटकलाई सहज रुपमा तालसम्म पुग्न सहयोग पु¥याउनेछ ।

तालसम्म पुग्नका लागि पालिका र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना कार्यालय (एक्याप) मनाङले ठाउँठाउँमा बाटो चिनाउने साइनबोर्ड राखेको गाउँपालिकाका अध्यक्ष लोकेन्द्र घलेले जानकारी दिनुभयो । उनका अनुसार यस तालको प्रवद्र्धनका लागि बर्सेनि तालमै पुगेर कार्य गर्दै आएको छ । उले भने “तालको मापदण्ड निर्धारण गर्नका लागि सरकारसमक्ष प्रस्तावना पेस गरिएको छ, यस्ता पर्यटकीय क्षेत्रको विकासमा सरकारले सहज रुपमा छिटो प्राविधिक तथा सामग्री उपलब्ध गराई प्रवद्र्धन गर्नतर्फ ध्यान दिनुपर्छ ।” पर्यटकलाई तालसम्म पुग्न सहज होस् भनेर पदमार्ग निर्माण गरिएको उहाँले बताउनुभयो । 

Hardik health

यस्तै मनाङ अन्य पालिकामा पनि हिमताल रहेका छन् । यी तालको समेत मापदण्ड र उचाइ मापन गरी प्रवद्र्धनमा लाग्नुपर्ने अवस्था रहेको छ । मनाङ ङिस्याङ गाउँपालिका–९ खाङ्सारस्थित मुन लेक र हिदम लेक भेटिएको वडाध्यक्ष चोल्पा गुरुङले जानकारी दिए । उनका अनुसार मुन लेक समुद्री सतहबाट पाँच हजार ८० मिटर उचाइमा रहेको छ भने हिदम लेक पाँच हजार तीन सय मिटर उचाइमा रहेको छ । 

यस ताल जान खाङ्सार गाउँबाट पुनारा बस्ती हुँदै करिब तीन घण्टामा मुन लेक पुग्न सकिन्छ । यस्तै मुन लेकबाट तीनदेखि चार घण्टाको दूरीमा हिदम लेक रहेको छ । यी ताल हुँदै तिलिचो तालसम्म पुग्न पदमार्ग गर्नुपर्ने निर्माण गर्नु आवश्यक देखिन्छ । यी तालबाट तिलिचोसम्म पदमार्ग निर्माण गरिएमा पर्यटक एकै बाटोमार्फत तीनवटै ताल एकैसाथ घुम्न सकिने वडाध्यक्ष गुरुङले जानकारी दिए ।  

उनले भने, “मुन लेकसम्म जाने बाटोमा साइनबोर्ड राखिएको छ, यसलाई अन्य ताल तथा तिलिचो तालसम्म एउटै बाटोमा जोडी प्रवद्र्धन गर्नेतर्फ स्थानीय सरकारसँगै प्रदेश र सङ्घ सरकारले चासो दिनुपर्ने देखिएको छ, बजेट अभावले स्थानीय सरकारले मात्रै विकास गर्न सक्ने अवस्था छैन, जसले गर्दा सहयोग हुनुपर्छ र यो राष्ट्रिय आय पनि हो ।” 
    
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनामा जोडिएकाले यहाँको पर्यटकीय क्षेत्रको विकासमा केही मात्रामा एक्यापले सहयोग गरेको छ । तर, आवश्यक मात्रामा भने यहाँका पर्यटकीय क्षेत्रको विकास हुन सकेको छैन । मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले मनाङमा धेरै हिमलात रहे पनि यहाँ भएका तालको मापन गर्न पालिकाले नसकेको बताए। उनले भने, “प्राकृतिक रुपमा नै रहेका यहाँका हिमतालसम्म पुग्न सहज छैन, पालिकाको बजेटले अपुग हुन्छ, यस्ता राष्ट्रिय गौरवका प्राकृतिक तालको खोज अनुसन्धानमा सहयोग गर्नुपर्ने हो ।” केही बजेट विनियोजन गरी खोज्ने प्रयास हामीले गरेको भए पनि आवश्यक मात्रामा गर्न नसकिएको उनले बताए । 

यहाँका विभिन्न क्षेत्रमा अवस्थित ताल, कुण्डको संरक्षण र विकास गर्न आवश्यक रहेको छ । तर, यहाँका ताल, कुण्ड तथा प्राकृतिक क्षेत्रको खोजी गर्न सङ्घ सरकारले चासो दिनुपर्ने हुन्छ । प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलले यहाँ भेटिएका ताल वा कुण्ड के हुन् त्यसको मापन गर्न पहल गर्ने बताए । उनले भने, “यहाँ देखिएका, भेटिएका ताल, कुण्डका रुपमा क्याटागोराइज गर्नुपर्ने अवस्था छ, यसमा समन्वयको भूमिकामा रहनेछु ।” 

समुद्री सतहबाट पाँच हजार मिटर उचाइमाथि वा अझ बढी उचाइमा ताल हुन सक्ने सम्भाव्यता रहेको छ । गौरवका रुपमा रहेका यस्ता प्राकृतिक क्षेत्रको खोज तथा अनुसन्धान गरी प्रचारप्रसार गर्न सके देशको आयवृद्धिसँगै पर्यटन प्रवद्र्धनमा टेवा पुग्नेछ । यी तीनवटा ताल मापदण्ड पूरा भएको तिलिचो ताल (४९१९ मि.)भन्दा बढी उचाइमा रहेका छन् । यस्ता तालको मापन गरी प्रवद्र्धन गर्नु आवश्यक छ । 


प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  १६:००
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
मोदी खोलाले सडक बगाउँदा घान्द्रुकमा पर्यटक अलपत्र
मोदी खोलाले सडक बगाउँदा घान्द्रुकमा पर्यटक अलपत्र सोमबार, असार २९, २०८३
ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा डंगाेल विजयी
ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा डंगाेल विजयी आइतबार, असार २८, २०८३
गर्मी छल्न पर्यटक रिग क्षेत्रमा
गर्मी छल्न पर्यटक रिग क्षेत्रमा शनिबार, असार २७, २०८३
विशेष पर्वतारोहण तालिम सञ्चालन गर्न पर्यटन बोर्डसँग यूएनडीपीकाे सम्झौता
विशेष पर्वतारोहण तालिम सञ्चालन गर्न पर्यटन बोर्डसँग यूएनडीपीकाे सम्झौता शुक्रबार, असार २६, २०८३
पर्यटन मन्त्रालयकाे  १०० दिनको उपलब्धि :हवाई टिकट अनलाइन र वालेटकाे दाबी
पर्यटन मन्त्रालयकाे १०० दिनको उपलब्धि :हवाई टिकट अनलाइन र वालेटकाे दाबी बुधबार, असार २४, २०८३
आधुनिक बाल उद्यान
आधुनिक बाल उद्यान मंगलबार, असार २३, २०८३
पूर्वी नेपालको पर्यटनमा गन्तव्य प्रवर्द्धनमा महिला पर्यटन व्यवसायीकाे पहल
पूर्वी नेपालको पर्यटनमा गन्तव्य प्रवर्द्धनमा महिला पर्यटन व्यवसायीकाे पहल सोमबार, असार २२, २०८३
लोकप्रिय
  • Week
  • Month
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP