Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #मलुवा_पोखरी
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • विदेश जाने श्रमिकलाई विनाधितो ऋणको तयारी
विदेश जाने श्रमिकलाई विनाधितो ऋणको तयारी
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, भदौ २१, २०८०

काठमाडौं– सरकारले वैदेशिक रोजगारीमा जान चाहने नेपाली श्रमिकलाई बैंकमार्फत ऋण दिने व्यवस्था गर्ने तयारी गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जान चाहने श्रमिकलाई आर्थिक अ      भावका कारण चर्को ब्याजमा व्यक्तिसँग ऋण लिनु नपरोस् भन्ने उद्देश्यले ऋण दिने व्यवस्था गर्न लागेको हो ।   

मन्त्रालयको योजनाअनुसार वैदेशिक रोजगार विभागले रोजगारीका लागि विदेश जाने श्रमिकलाई ऋण दिने व्यवस्था मिलाउन गृहकार्य गरिरहेको जानकारी दिएको छ । आर्थिक अभावमा रहेका वैदेशिक रोजगारीमा जानेले गाउँघरमा व्यक्तिसँग चर्को ब्याजदरमा ऋण निकाल्ने गरेका कारण जटिल समस्या देखिएको भन्दै विदेशमा मजदुरी गर्न जाने श्रमिकको सहजीकरणका लागि ऋण दिने व्यवस्था गर्न लागिएको विभागका महानिर्देशक मदन दाहालले बताए ।

‘वैदेशिक रोजगारीमा जाँदा लाग्ने खर्चको यकीन गरी श्रमिकलाई बैंकमार्फत ऋण दिइनेछ,’ उनले भने, ‘यसरी दिने ऋण श्रमिकको खातामा नभई म्यानपावर कम्पनीको खातामा जाने व्यवस्था मिलाइनेछ, जसका कारण आर्थिक पारदर्शिता र ठगिने सम्भावना न्यून हुन्छ ।’ 

अहिले मिटरब्याजको समस्याले वैदेशिक रोजगारीमा जानेहरु प्रताडित भएको उल्लेख गर्दै महानिर्देशक दाहालले गाउँघरबाट महँगो ब्याजदरमा ऋण निकाल्ने र विदेशमा गरेको कमाइ ऋण तिर्दैमा ठिक्क हुने अवस्था रहेको बताए । ‘त्यस्तो अवस्थाको अन्त्य गर्न सरकारले ऋण उपलब्ध गराउने व्यवस्था गर्न लागेको हो,’ उनले भने ।

Hardik health

वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई सकेसम्म विनाधितो ऋण उपलब्ध गराउने प्रबन्ध मिलाउन प्रयास भइरहेको महानिर्देशक दाहालले बताए । यसका लागि ग्लोबल आइएमई बैंक, सिटिजन्स बैंकलगायत अन्य केही बैंकसँग छलफल चलिरहेको उनले जानकारी दिए ।

बैंकबाट विनाधितो ऋण उपलब्ध गराउन सके श्रमिकले भोग्दै आएको महँगो ब्याजदरको समस्या हटेर जानुका साथै हुण्डी कारोबार बन्द भएर औपचारिक माध्यमबाट रेमिट्यान्स भित्रिने दाहालको भनाइ छ । यसबाट चर्को ब्याजदर र हुण्डीको समस्या समाधान हुनेमा आफू विश्वस्त रहेको दाहालले बताए ।   

वैदेशिक रोजगारीमा जाँदा लाग्ने खर्चको यकीन गरी श्रमिकलाई बैंकमार्फत ऋण दिइनेछ । यसरी दिने ऋण श्रमिकको खातामा नभई म्यानपावर कम्पनीको खातामा जाने व्यवस्था मिलाइनेछ, जसका कारण आर्थिक पारदर्शिता र ठगिने सम्भावना न्यून हुन्छ ।
मदन दाहाल
महानिर्देशक, विभाग


ग्लोबल आइएमई बैंकले वैदेशिक रोजगार ऋण समेत दिन थालेको बताउँदै यसलाई राष्ट्र बैंकलेसमेत प्राथमिकताको क्षेत्र तोकिएको खण्डमा सरल ब्याजदरमा श्रमिकले ऋण पाउने उनले बताए । श्रमिकलाई दिने ऋणमा विना धितो उपलब्ध गराउने विषयमा छलफल भइरहेको भन्दै दाहालले धितोको रूपमा उनीहरुले गर्ने बिमा वा सरकार नै जमानी बस्न सक्ने बताए ।

‘धितो राख्दा समेत बैंकहरूले ऋण नपत्याउने अवस्थामा नेपाल सरकार नै जमानी बस्ने भएपछि समस्या हल भइहाल्छ,’ उनले भने, ‘लोनमा हुनसक्ने समस्याका लागि बिमा हुन्छ, त्यसमा सरकार जमानी बस्छ, बिमा भए धितोसमेत राख्नु नपर्ने विषयमा बैंकहरु सकारात्मक छन् ।’

श्रमिकहरुलाई चर्को आर्थिक भार नपर्ने गरी ऋणको प्रबन्ध मिलाएको खण्डमा म्यानपावर व्यवसायीसमेत ट्र्याकमा आउने दाहालले बताए । उनका अनुसार व्यवसायीहरूले श्रमिकसँग लिँदै आएको चर्को शुल्कको समस्यासमेत समाधान हुने सरकारले विश्वास लिएको छ । यसका लागि चाँडै नतिजा आउने गरी काम भइरहेको महानिर्देशक दाहालले बताए । 

 


प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  ०६:५५
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
मध्यपूर्वका सात मुलुकका लागि खुलाइयो पुनः श्रम स्वीकृति
मध्यपूर्वका सात मुलुकका लागि खुलाइयो पुनः श्रम स्वीकृति बुधबार, चैत ४, २०८२
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति बुधबार, चैत ४, २०८२
छुट्टीमा आएकाहरु फर्किन पाएनन्, रोजगारी गुम्ने चिन्ता
छुट्टीमा आएकाहरु फर्किन पाएनन्, रोजगारी गुम्ने चिन्ता मंगलबार, चैत ३, २०८२
रोजगारीका लागि आठ महिनामा पाँच लाखभन्दा बढीले छाडे मुलुक
रोजगारीका लागि आठ महिनामा पाँच लाखभन्दा बढीले छाडे मुलुक सोमबार, चैत २, २०८२
सुरक्षा चिन्तासँगै रोजगारी गुम्ने त्रासमा मध्यपूर्वका नेपाली
सुरक्षा चिन्तासँगै रोजगारी गुम्ने त्रासमा मध्यपूर्वका नेपाली आइतबार, चैत १, २०८२
इजरायल-इरान युद्ध लम्बिँदा बढ्दै सुरक्षा चिन्ता
इजरायल-इरान युद्ध लम्बिँदा बढ्दै सुरक्षा चिन्ता शुक्रबार, फागुन २९, २०८२
उद्धार तथा आवश्यक सहायतालगायतका लागि विवरण दर्ता क्रम जारी
उद्धार तथा आवश्यक सहायतालगायतका लागि विवरण दर्ता क्रम जारी बिहीबार, फागुन २८, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP