Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #शुक्रराज शर्मा
  • #सफल _युवराज पौडेल
  • #आदिवासी जनजाति
  • #नेपाल_आदिवासी_ज्ञान
  • #'उज्यालो नेपाल
  • #‘हट स्पट’ रुपन्देही-३
  • #विश्व सिमसार दिवस
  • #राष्ट्रिय जनमुक्ति पार्टी
  • #जरा_उद्यान
Search Here
राजनीति
  • Home
  • राजनीति
  • ओलीको आदेश ‘टेकओभर’, टीके प्रथा अस्वीकृत
लुम्बिनीमा एमालेको प्रदेश अधिवेशन ओलीको आदेश ‘टेकओभर’, टीके प्रथा अस्वीकृत
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, भदौ २१, २०८०
  • ओली एकजनालाई सर्वसम्मत अध्यक्ष बनाउन चाहन्थे तर नसकेपछि भरसक चुनाव नगर्न आदेश दिएर काठमाडौं फर्के
  • ओली काठमाडौं फर्केपछि प्रदेश कमिटीले उनको आदेश ‘टेकओभर’ गरे र नेतृत्व चुन्न चुनावमै जाने निष्कर्ष निकाल्यो
  • चुनावी परिणाम उपाध्यक्ष विष्णु पौडेलको पोल्टामा प¥यो, उनी निकट राधाकृष्ण कँडेल प्रदेश कमिटीको अध्यक्षमा निर्वाचित

काठमाडौं– शनिबार लुम्बिनी प्रदेश कमिटीको पहिलो अधिवेशन उद्घाटन गर्न बुटवल पुगेका थिए नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली । अधिवेशन सम्पन्न गरी भोलिपल्ट फर्कने तयारीमा थिए ओली । सर्वसम्मत एक जनालाई नेतृत्वमा चयन गरेर टीका लगाएर काठमाडौं फर्कने ओलीको चाहना थियो ।

तर आकांक्षी पाल्पाका राधाकृष्ण कँडेल र प्युठानका हरिप्रसाद रिजाल टस न मस बने । प्रदेशसचिव दाङका लक्ष्मण आचार्य पनि अध्यक्षको आकांक्षी थिए । मनाउन नसकेपछि भरसक चुनाव नगर्न निर्देशन दिँदै राजधानी उडे ओली । लुम्बिनीमा सर्वसम्मत गरी अन्य प्रदेशलाई पनि नमूनाको रुपमा देखाउन ढाडससमेत ओलीले दिएका थिए ।

तर लुम्बिनीमा उपाध्यक्ष विष्णु पौडेल र रिजाल महासचिव शंकर पोखरेलको ‘टसल’ साम्य पार्न ओलीलाई हम्मे भयो । काठमाडौं उड्नुअघि ओलीले भनेका थिए, ‘एउटा पद नहुँदैमा केही बिग्रिने छैन, म नभए पनि विष्णुजी नभए पनि सबै अधिकार इञ्चार्ज पद्मा अर्यालजीलाई दिएको छु, यहाँको सबै आधिकारिक निर्णय उहाँले सुनाउनुहुन्छ, नमाने चुनावमा जाने अधिकार सबै प्रतिनिधिलाई छ । मेरो अन्तिम निष्कर्ष चुनावमा भरसक नजानुस् ।

लुम्बिनीले नमूना देखाउँछ भनेर पहिलो नम्बरमा राखेका हौं,’ यति भनेर ओली काठमाडौं उडे । नेतृत्व चयनको जिम्मा सचिव अर्याललाई दिँदै ओलीले उनलाई भनेका थिए ‘फैसला दिनुप¥यो भने दृढतापूर्वक दिनूस्, मनाउनूस् ।’
ओली काठमाडौं फर्केको दुई दिनपछि एमाले लुम्बिनीको नेतृत्व चुन्न चुनावमै जाने निष्कर्षमा पुग्यो । ओलीको आदेश ‘टेकओभर’ भयो र बुधबार चुनाव भयो ।

Hardik health

पोखरेल–पौडेल लडाइँमा पौडेल हाबी
पहिलो अधिवेशनबाट प्रदेशको नेतृत्वमा लिन उपाध्यक्ष विष्णु पौडेल समूहबाट कँडेल र महासचिव शंकर पोखरेल समूहबाट केन्द्रीय सदस्य रिजालले अधिवेशन अगाडिबाटै प्रचार थालेका थिए । चुनावमा दुई मत अन्तरले अध्यक्षमा पौडेल पक्षका कँडेल निर्वाचित भए । बुटवलको अन्तर्राष्ट्रिय सभाहलमा बुधबार बिहान सम्पन्न मतगणनाको परिणामअनुसार अध्यक्षका प्रत्यासी हरिप्रसाद रिजाललाई दुई मत मतले पराजित गर्दै कँडेल निर्वाचित भएका हुन् ।

एमाले लुम्बिनीको प्रथम अधिवेशनबाट अध्यक्षसहित २०५ जनाको कमिटी निर्वाचित भएको हो । निर्वाचितमध्ये सचिवसहित १०६ जना निर्विरोध र अध्यक्ष, उपाध्यक्ष र दुई उपसचिवसहित बाँकी पदमा निर्वाचनका माध्यमबाट चुनिएका छन् ।विजयी कँडेलले ४७९ मत प्राप्त गरे भने प्रत्यासी रिजालले ४७७ मत प्राप्त गरेको निर्वाचन समितिले सार्वजनिक गरेको छ ।

निर्वाचित अध्यक्ष कँडेल एक वर्षअघि तदर्थ समितिको अध्यक्षको रुपमा चयन भएका थिए । रिजाल एमाले केन्द्रीय सदस्य हुन् । कँडेल उपाध्यक्ष विष्णु पौडेल र रिजाल महासचिव शंकर पोखरेल निकट । एमालेमा प्रतिस्पर्धा निषेध भएको आरोप लागिरहेका बेला प्यानल नै बनाएर प्रतिस्पर्धा हुनु राम्रो अभ्यासको सुरुवात भएको विश्लेषकहरु बताउँछन् ।

अरु को–को निर्वाचित ?
उपाध्यक्षमा कँडेल समूहकै उम्मेदवार रुपन्देहीका भोजप्रसाद श्रेष्ठले ४५५ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी रुपन्देहीकै विश्वराज बराल (अनुप) ले ३०६ मत प्राप्त गरे । सचिवमा कँडेलपक्षकै दाङका लक्ष्मण आचार्य यसअघि नै निर्वाचित भएका थिए । 

उपसचिवमा पुरुषतर्फ रिजाल समूहका रोल्पाका पूर्ण बुढामगरले ४१८ मतसहित विजयी हुँदा कँडेल प्यानलका बाँकेका दुर्गाप्रसाद थारुले ३९३ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । त्यस्तै उपसचिव महिलातर्फ कँडेल प्यानलका बर्दियाका लिला रानामगर एक मतले निर्वाचित भइन् । उनले तीन सय ५१ मत प्राप्त गरी निर्वाचित हुँदा बाँकेकी वसन्ती अधिकारीले तीन सय ५१ मत प्राप्त गरिन् । 

यस्तै लेखा समिति अध्यक्षमा दामोदर घिमिरे विजयी भएका छन् । एक हजार चार सय मतदाता रहेको चुनावमा नौ सय ६५ मत खसेको थियो । ३९ जना प्रतिनिधि मतदानमा उपस्थित भएनन् । यस्तै प्रदेश खुला सदस्यतर्फ रुपन्देहीका वासुदेव घिमिरे सबैभन्दा बढी तीन सय ७६ मत प्राप्त गरी विजयी भए । 

यसैगरी अर्जुन केसी तीन सय ३३, कृष्णप्रसाद खनाल तीन सय ३४, जलिल मिया तीन सय ५७, डिआर घिमिरे तीन सय ४०, नारायणप्रसाद भुसाल दुई सय ८३, प्रकाश जिसी तीन सय २५, बाबुराम भट्टराई दुई सय ५३, मधुकृष्ण पन्त दुई सय ८५, सुष्मा खनाल दुई सय ९९ मत ल्याएर विजयी भएको निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत हरि भण्डारीले जनाए ।

अधिवेशनमा प्रदेशका १२ जिल्ला र जनसंगठनबाट समेत गरी १ हजार ४ जना प्रतिनिधि चयन भएर बुटवल आइपुगेका थिए । जसमा ३० प्रतिशत महिला, दलित १५ प्रतिशत र युवाबाट २० प्रतिशत प्रतिनिधि छनोट गरिएको थियो । यस अघि प्रदेश कमिटि ६०१ सदस्यीय थियो । अब भने २०५ मा झरेको छ ।


प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  ०७:००
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
‘उपत्यकाको एकीकृत विकासमा जोड’
‘उपत्यकाको एकीकृत विकासमा जोड’ बुधबार, माघ २१, २०८२
पाँचथरमा त्रिपक्षीय प्रतिस्पर्धा
पाँचथरमा त्रिपक्षीय प्रतिस्पर्धा बुधबार, माघ २१, २०८२
कांग्रेस, नेकपा र रास्वपाले खटाए देशभर प्रतिनिधि, एमालेको छैन टुंगो
कांग्रेस, नेकपा र रास्वपाले खटाए देशभर प्रतिनिधि, एमालेको छैन टुंगो बुधबार, माघ २१, २०८२
दाङ-२ः हारको निरन्तरतामा ‘ब्रेक’ लगाउन पोखरेललाई चुनौती
दाङ-२ः हारको निरन्तरतामा ‘ब्रेक’ लगाउन पोखरेललाई चुनौती मंगलबार, माघ २०, २०८२
नयाँको चुनौती रोक्ने रणनीति बनाउँदै पुराना दल
नयाँको चुनौती रोक्ने रणनीति बनाउँदै पुराना दल सोमबार, माघ १९, २०८२
नेकपा (माओवादी) को घोषणापत्र सार्वजनिक
नेकपा (माओवादी) को घोषणापत्र सार्वजनिक आइतबार, माघ १८, २०८२
रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन
रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन आइतबार, माघ १८, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP