Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #काठमाडौं विश्वविद्यालय
  • #प्रा.डा. बालकृष्ण बल
  • #उद्धार
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #जेनजी_आन्दोलन
  • #तोरकीन
  • #जेनजी_प्रदर्शन
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • यात्रा टुगिंयो तर मन जित्यो
एसिया कपमा नेपाल यात्रा टुगिंयो तर मन जित्यो
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, भदौ १९, २०८०

काठमाडौं– एसिया कपमा पहिलोपटक सहभागी नेपालको यात्रा समूहचरणबाटै टुंगिएको छ । सोमबार दोस्रो खेलमा भारतसँग १० विकेटको पराजय बेहोरेसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो । पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको थियो । प्रतियोगिताबाट बाहिरिए पनि नेपाली टोलीको प्रदर्शनले क्रिकेटप्रेमीको मन जित्न सफल भएको छ । विशेषगरी भारतसँगको खेलमा नेपालले सुधारिएको खेल प्रदर्शन ग¥यो, जसले हारलाई नै बिर्साउने काम गरेको छ । नेपाली ब्याट्सम्यानहरूको बहादुरीपूर्ण ब्याटिङका साथ भारतविरुद्ध नेपालले उत्कृष्ट क्रिकेट खेलेको हो । पहिलोपटक एसिया कपमा सहभागी भएको नेपालले विश्वकै क्रिकेट महारथी मानिएको भारतसँगको पहिलो खेलमा उत्कृष्ट क्रिकेट खेल्दै पहिलो एसिया कपको सहभागिता सार्थक तुल्याएको छ ।

नेपालले ४८.२ ओभरमा २३० रन बनाउँदा आप्mना सबै विकेट गुमाएपछि भारतलाई जितका लागि २३१ रनको लक्ष्य प्रस्तुत गरेको थियो । नेपालले दिएको २३१ रनको लक्ष्य पछ्याउने क्रममा ब्याटिङ सुरु गरेको भारतले २.१ओभर खेल्दा वर्षाका कारण खेल रोकिएको थियो । वर्षाले लामो समय अवरुद्ध पारेपछि खेल २३ ओभरमा छोट्याइयो । त्यसपछि भारतले १४५ रनको नयाँ लक्ष्य पाएको थियो ।उक्त लक्ष्य भारतले २०.१ ओभरमा विनाकुनै विकेट पूरा गर्दै एसिया कपको सुपर–४मा प्रवेश ग¥यो भने नेपाल प्रतियोगिताबाट बाहिरियो । वर्षाले खेल रोकिनुअघिदेखि नै उत्कृष्ट ब्याटिङ सुरु गरेका भारतीय ओपनरद्वय कप्तान रोहित शर्मा र शुभमन गिलले त्यसलाई निरन्तरता दिँदै भारतलाई जित दिलाए । भारतका दुवै ओपनरले अर्धशतक बनाएका थिए ।

भारतीय कप्तान रोहितले ७४ र गिलले ६७ रनको योगदान गरे । नेपालका सन्दीप लामिछाने महँगो सावित भए । उनले पहिलो चार ओभरमा ३९ रन दिएका थिए । त्यस्तै करण केसीले चार ओभरमा २६ रन दिए । ललितनारायण राजवंशीले चार ओभरमा २४ रन दिए । त्यस्तै नेपालका लागि सोमपाल कामीले दुई, कुशल मल्लले तीन, दीपेन्द्रसिंह ऐरीले दुई र गुल्सन झाले एक ओभर बलिङ गरेका थिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि ओपनर ब्याट्सम्यानद्वय कुशल भुर्तेल र आशिफ शेषले भारतविरुद्ध उत्कृष्ट सुरुआत गरेका थिए । कुशलले दुई छक्का र चार चौकासहित २५ बलमा विस्फोटक ३८ रन बनाएका थिए भने आशिफ शेखले उत्कृष्ट ब्याटिङ गर्दै ५८ रनको अर्धशतकीय पारी
खेले । यी दुईले ९.५ ओभरमा ६५ रनको साझेदारी गर्दै पहिलो पावरप्लेमा भारतीय बलरहरूलाई दबाबमा राखेका थिए । तर, ९.५ ओभरमा कुशल आउट भएपछि  नेपालले यो लयलाई अन्त्यसम्म कायम राख्न सकेन । यससँगै
कुशल एकदिवसीय क्रिकेटमा एक हजार रन पूरा गर्ने अर्का नेपाली  खेलाडीसमेत बनेका छन् । नेपाली टिमको खातामा दीपेन्द्रसिंह ऐरीले २९ रन थपे । १४४– ६ को अवस्थामा नेपालको स्कोरबोर्ड रहँदा दीपेन्द्रले सोमपाल कामीसँग ५० रनका े साझदे ारी गर्द ै नललाई सम्मानजनक योगफलसम्म डो¥याएका थिए । सोमपाल कामीले ५६ बलमा एक चौका र दुई छक्कासहित ४८ रन जोडेका थिए । उनी अर्धशतकबाट दुई रनले चुके । सोमपाल र सन्दीपबीच ३४ रनको साझेदारी भएको थियो ।

सोमपाल आउट भएपछि नेपालले लगातार विकेट गुमाउँदै २३१ रनमा समेटिएको हो । त्यस्तै गुल्सन झाले ३५ बलमा तीन चौकासहित २३ रन थपे । नेपालका अन्य ब्याटरको प्रदर्शन भने उल्लेखनीय रहेन । आरिफशेखको स्थानमा मौका पाएका भीमले पनि टिमको खातामा सात रन बनाए भने सन्दीप लामिछानेले नौ रन बनाए । कप्तान रोहित पौडेल पाँच रनमाआउट ह कशु ल मल्ल दुई  रनर ललितनारायण राजवंशी शून्यमै आउट हुँदा करण कसे दुई  रनमा अविजित रहे ।

Ncell
Hardik health

भारतका रविन्द्र जडेजा र मोहम्मद सिराजले समान तीन विकेट लिए । हार्दिक पन्ड्या, शार्दूल ठाकुर र मोहम्मद सामीले समान एक विकेट लिए । प्रतियोगिताको पहिलो खेलमा नेपाल पाकिस्तानसँग २३८ रनले पराजित भएको थियो । भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण रद्द हुँदा अंक बाँडेका थिए । यो समूहबाट पाकिस्तान र सुपर–४ मा पुगेका छन् । नेपाल प्रतियोगिताबाट बाहिरिए पनि विश्व क्रिकेटमाझ उत्कृष्ट छाप छोड्न सफल भएको
विश्लेषकहरूको भनाइ छ ।

राष्ट्रपतिदेखि रविसम्मको साथ

विश्व क्रिकेटका महारथीमध्येको एउटा देश भारतविरुद्ध नेपाली क्रिकेट टिमले एसिया कप क्रिकेटमा निकै सुधारिएको प्रदर्शन गरेपछि देशवासी उत्साहित छन् । खेलकुदमध्ये विश्वमा नेपालको पहिचान थप विस्तार गर्न सफल एउटैमात्र खेल क्रिकेट हो । यही खेलप्रति नेपालीहरूको क्रेज अधिक बढेको देखिएको छ । अझ सोमबार भारतविरुद्धको प्रदर्शनले त नेपालीहरू थप उत्साहित छन् ।

पहिलोपटक एसिया कप खेलेको नेपाललाई राष्ट्रपतिदेखि आमनेपालीको साथ रह्यो । जित वा हारलाई भन्दा पनि विश्व वरीयतामा शीर्षस्थानको पाकिस्तान र तेस्रो स्थानमा रहेको भारतसँग खेल्न पाउनु नै नेपालका लागि महŒवपूर्ण अवसर बन्यो । यो अवसरले सम्पूर्ण नेपाली क्रिकेटप्रेमीलाई उत्साहित बनाएको हो । 

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुवै खेल हेरेर नेपाली क्रिकेट टोलीलाई हौसला प्रदान गरे । राष्ट्रपतिको सचिवालयले जनाएअनुसार उनले भारतविरुद्धको खेल शितलनिवासमै बसेर हेरे । पत्नी सविताका साथ गत बुधबार पनि पाकिस्तानविरुद्ध नेपालको खेल रुचिपूर्वक हेरेका थिए । यसले राष्ट्रपति पौडेलको क्रिकेटप्रतिको क्रेज अगाध रहेको प्रस्टिने क्रिकेटप्रेमीहरूको मत छ । 

प्रधानमन्त्री पुष्पकमल दाहालले रोहित पौडेलले कप्तानी रहेको नेपाली क्रिकेट टिमलाई ‘भर्चुअल’ माध्यमबाट कुराकानी गर्दै पाकिस्तानसँगको प्रतिस्पर्र्धाअघि हौसला बढाएका थिए । उनले भनेका थिए, ‘तपाईंहरूको साथमा सिंगो देश छ ।’क्रिकेटका बलियो टेस्ट मान्यताप्राप्त दुई महारथीमध्येका देशहरू भारत–पाकिस्तानसँग प्रतिस्पर्धा गर्नुलाई नेपाली क्रिकेटका समर्थकहरू नेपालका लागि ऐतिहासिक अवसर मान्छन् । हुन पनि नेपालले एसियन क्रिकेट प्रतियोगितामा प्रतिस्पर्धा गरेको यो पहिलोपटक हो । छनोट भने यसअघि पनि भएको थियो । तर, खेल्न पाएको थिएन । कारक, भारत–पाकिस्तानको द्वन्द्व बनेको थियो । बल्लबल्ल एसियन कप खेलेपछि नेपाली समर्थकहरूको क्रिकेट क्रेज थप छरपस्ट भएको हो । 

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले त सोमबार नेपाल–भारतबीचको खेल हेर्दै अनुमानसहितको उत्सुकता प्रकट गरे । ‘के नेपालले भारतलाई २२९ (रन)मा रोक्न सक्ला ?,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘हाम्रो बलिङ त पहिलेदेखि नै राम्रै हो क्यार !’नेपालले भारतविरुद्ध ४८.२ ओभरमा सबै विकेट गुमाएर २३० रन बनाएर २३१ रनको चुनौती दियो । जवाफी ब्याटिङमा मैदान उत्रिएको अवस्थामा वर्षाका कारण खेल रोकियो । खेल रोकिनुअघि भारतले २.१ ओभरमा विना विकेटको क्षति १७ रान बनाएको थियो । 

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाल–भारतबीचको खेल हुनुअघि नै सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका थिए, ‘पूरै ५० ओभर क्रिजमा टिक्ने कोसिस गरौं । पूरै देश र जनता तपाईंहरूको साथमा छ ।’देशका विशिष्ट पदाधिकारीहरूले समेत बढाएको यस्तो हौसलाबीच नेपाली क्रिकेट टिमले पाकिस्तानभन्दा भारतविरुद्ध शानदार ब्याटिङ गरेको हो । बलिङमा भने पुरानो लय देखिएन ।

नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काका अनुसार नेपाली क्रिकेटहरूको भारतविरुद्धको प्रदर्शन सम्झनालायक थियो । उनले अर्धशतक बनाएका आशिफ शेखको प्रशंसा नै गरे । फेसबुकमा उनले लेखेका छन्, ‘ब्रिलियन्ट ५० आशिफ शेख । निड टु किप बिल्डिङ ।’थप दुई रन जोड्न नसक्दा सोमपाल कामी अर्धशतक बनाउनबाट चुके । अन्य खेलाडीको पनि पाकिस्तानसँगको खेलको तुलनामा सुधारिएको प्रदर्शन थियो । 

नेपाली खेलाडीहरूलाई हौसला दिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिसमेत रहेका सांसद रवि लामिछाने, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङलगायत थुप्रै नेपालीहरु श्रीलंकामा पुगेका छन् ।
 


प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  ०६:३१
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
नेपालले दियो युएइलाई ३१४ रनको विशाल लक्ष्य
नेपालले दियो युएइलाई ३१४ रनको विशाल लक्ष्य शनिबार, भदौ २७, २०८३
फाइनलमा नेपालको पहिले ब्याटिङ, शानदार सुरूवात
फाइनलमा नेपालको पहिले ब्याटिङ, शानदार सुरूवात शनिबार, भदौ २७, २०८३
एसिसी प्रिमियर कपको फाइनल आज, उपाधिका लागि नेपाल र युएई भिड्दै
एसिसी प्रिमियर कपको फाइनल आज, उपाधिका लागि नेपाल र युएई भिड्दै शनिबार, भदौ २७, २०८३
एसिसी प्रिमियर कप फाइनलः नेपाल इतिहास दोहोर्‍याउने लक्ष्यमा
एसिसी प्रिमियर कप फाइनलः नेपाल इतिहास दोहोर्‍याउने लक्ष्यमा शुक्रबार, भदौ २६, २०८३
नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा
नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा बिहीबार, भदौ २५, २०८३
एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य
एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य बिहीबार, भदौ २५, २०८३
एसीसी प्रिमियर कप: नेपाल र ओमानबीचको सेमिफाइनलमा आज
एसीसी प्रिमियर कप: नेपाल र ओमानबीचको सेमिफाइनलमा आज बिहीबार, भदौ २५, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
प्रा.डा. बल काठमाडौं विश्वविद्यालय इन्जिनियरिङ स्कुलको डिन नियुक्त
प्रा.डा. बल काठमाडौं विश्वविद्यालय इन्जिनियरिङ स्कुलको डिन नियुक्त
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP