Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #आदिवासी जनजाति
  • #नेपाल_आदिवासी_ज्ञान
  • #शुक्रराज शर्मा
  • #‘हट स्पट’ रुपन्देही-३
  • #विश्व सिमसार दिवस
  • #राष्ट्रिय जनमुक्ति पार्टी
  • #सामाजिक सुरक्षा कोष
  • #जरा_उद्यान
  • #सिगाना
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • टीकापुर अस्पतालमा जटिल प्रकृतिको उपचार सफल
टीकापुर अस्पतालमा जटिल प्रकृतिको उपचार सफल
प्रभाव संवाददाता
प्रभाव संवाददाता शनिबार, भदौ १६, २०८०

टीकापुर–  कैलालीको टीकापुर अस्पतालमा जटिल प्रकृतिको उपचार सफल भएको छ । एकतीस हप्ताको एक किलो चार सय ५० ग्रामको बच्चालाई अस्पतालले एक महिनाको उपचारपछि घर पठाएको छ । 
    
टीकापुर नगरपालिका–९ झुङ्गाकी विनिता चौधरीले ३१ हप्तामै छोरी जन्माउनुभएको थियो । विनिताले ३१ हप्तामै बच्चा जन्माए पनि बच्चाको तौल कम र समय कम भएकाले बच्चा बचाउन कठिन थियो । यही कठिनाइलाई अस्पतालका बालरोग विशेषज्ञ डाक्टर अमरनाथ ठाकुर र नर्सिङ अधिकृत मञ्जु पौडेल लगायतको टोलीले ३० दिन लगाएर बच्चालाई बचाउन सफल भए । 
    
बच्चा बचाउन सफल भएपछि चिकित्सकको टोली खुसी भएको छ । अस्पतालका बालरोग विशेषज्ञ डाक्टर ठाकुरले बच्चालाई जटिल समस्या भए पनि ३० दिनको उपचारपछि घर पठाएको बताउनुभयो । “मलाई पनि खुसी लागेको छ, बच्चा पटक–पटक श्वास फर्न बिर्सने, निलो भइहाल्थ्यो, सबैको प्रयासमा बचाउन सकियो”, उहाँले भन्नुभयो, “समय अगावैको बच्चा बचाउन निकै चुनौती हुन्छ ।” 

डाक्टर ठाकुरका अनुसार यसअघि ३२ हप्ता माथिका बच्चाको उपचार भए पनि ३१ हप्ताको बच्चा पहिलो पटक उपचार गरेको र उपचारमा लामो समय लागेको हो । बच्चा घर फर्कदा एक किलो सात सय ग्राम पुगेको थियो ।

 समय अगावै जन्मेको बच्चालाई विभिन्न खाले सङ्क्रमणको जोखिम, कमलपित्त देखिने जस्ता समस्या हुन्छन् । टीकापुर अस्पतालमा एनआइसियु सुविधा नभएकाले बच्चालाई अक्सिजनले मात्र काम नगर्दा चिकित्सकले ३० दिनको प्रयासपछि बच्चाको स्वास्थ्यमा सुधार आयो । “सिप्याप मेसिन हामीसँग छैन, सिप्याप मेसिन नभएकाले वाटर बबलको सहायतामा बच्चालाई श्वास लिन नबिर्सियोस् भनी सघायौँ”, उहाँ भन्नुहुन्छ, “हामीले बोतलमा पानी भरेर ‘बबल सिप्याप’ बनाएर सास फेर्न सहज बनायौँ ।”

Hardik health

    डाक्टर ठाकुरले समय अगावैको बच्चा जोगाउन चुनौती धेरै हुने जनाउँदै बच्चाका अभिभावकले गरेको विश्वास र सहयोगले थप हौसला मिलेको बताउनुभयो । उपचारका क्रममा बच्चालाई दुई पटक कृत्रिम श्वास दिनुपरेको र दुई पटक रगत चढाइएको थियो । बच्चालाई २६ दिनसम्म अक्सिजनमा राखिएको थियो । बच्चालाई उपचारकै क्रममा कमलपित्तसमेत देखिएपछि फोटो थेरापी उपचारसमेत गरिएको बताइएको छ । यसका साथै ‘केएमसी’ ९मायाको अंगालो० पद्धती आमालाई सिकाइएर उपचार गरेको नर्सिङ अधिकृत मञ्जु पौडेलले बताउनुभयो ।

“अभिभाभकले नआत्तिकन साथ दिए, उनीहरुको आर्थिक अवस्था पनि कमजोर थियो”, उहाँले भन्नुभयो, “रगत पनि निःशुल्क उपलब्ध गराइयो, निकै मेहनतपछि बच्चा बचाउन सकियो ।” एक महिनाको उपचारपछि बच्चाको स्वास्थ्यमा सुधार आउँदा सुत्केरी विनिता र उहाँको परिवार निकै खुसी भएको छ । 

“एकातिर पहिलो सन्तान, त्यसैमाथि समय अगावै बच्चा तयारै नभएर जन्मियो”, उहाँले भन्नुभयो, “चिकित्सक भगवान हुने रहेछन्, सास नै नफेर्ने मेरो बच्चा निकै मेहनत गरेर बचाइदिनुभयो, म उहाँहरुप्रति कृतज्ञ छु, मैले ३० दिन अस्पताल बस्दा बच्चाको स्याहारबारे धेरै कुरा सिकेकी छु ।”

टीकापुर अस्पतालमा दैनिक ५० बढी बच्चा उपचारमा आउने गरेका छन् । अस्पतालमा भौतिक पूर्वाधार शय्या अभावले भर्ना हुनका लागि पालो कुर्नुपर्ने बाध्यता छ । एकाउन्न शय्याको मात्र अनुमति पाएको टीकापुर अस्पतालमा अस्पताल आफैले थपेर ७८ शय्या सञ्चालनमा ल्याएको छ । अस्पतालमा २५ देखि ३० जनासम्म बच्चा मात्रै भर्ना भएर उपचार लिइरहेका हुन्छन् । 

अस्पतालमा कैलालीको टीकापुर, भजनी, लम्कीचुहा, घोडाघोडी नगरपालिका, जानकी, जोशीपुर, बर्दगोरिया गाउँपालिकाका साथै बर्दियाको राजापुरका बिरामी पनि उपचारमा आउने गरेका छन् । अस्पतालले विशेषज्ञ सेवा दिन थालेपछि यस क्षेत्रका बिरामीलाई राहत भएको छ । विशेषगरी बालरोग सेवाले बच्चाका अभिभावकलाई ठूलो राहत भएको स्थानीय बताउँछन् । रासस
 


प्रकाशित मिति: शनिबार, भदौ १६, २०८०  १४:२१
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
भोजपुरमा करिब चौध सय किशोरीलाई एचपिभी खोप लगाइँदै
भोजपुरमा करिब चौध सय किशोरीलाई एचपिभी खोप लगाइँदै बिहीबार, माघ २२, २०८२
चितवनका छ हजार बढी बालिकाहरुलाई एचपिभी खोप
चितवनका छ हजार बढी बालिकाहरुलाई एचपिभी खोप बुधबार, माघ २१, २०८२
क्यान्सर भए-नभएको पत्ता लगाउन नियमित परीक्षण गर्नुपर्ने
क्यान्सर भए-नभएको पत्ता लगाउन नियमित परीक्षण गर्नुपर्ने बुधबार, माघ २१, २०८२
क्यान्सरबाट हरेक वर्ष दश लाख ज्यान जाँदै
क्यान्सरबाट हरेक वर्ष दश लाख ज्यान जाँदै बुधबार, माघ २१, २०८२
स्वास्थ्य बिमा समस्या समाधानको प्रयासमा प्रधानमन्त्री
स्वास्थ्य बिमा समस्या समाधानको प्रयासमा प्रधानमन्त्री बुधबार, माघ २१, २०८२
निपाह भाइरसबारे स्वास्थ्य मन्त्रालयको धारणा सार्वजनिक
निपाह भाइरसबारे स्वास्थ्य मन्त्रालयको धारणा सार्वजनिक मंगलबार, माघ २०, २०८२
नसर्ने रोगका बिरामी पहिचान गर्न टोलमै पुगेर स्वास्थ्य परीक्षण
नसर्ने रोगका बिरामी पहिचान गर्न टोलमै पुगेर स्वास्थ्य परीक्षण सोमबार, माघ १९, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
निर्वाचन आचार संहिताविपरीत कार्य गरेको भन्दै  गुठी संस्थानलाई आयोगकाे पत्र
निर्वाचन आचार संहिताविपरीत कार्य गरेको भन्दै गुठी संस्थानलाई आयोगकाे पत्र
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP