Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #डा.विश्वास बस्नेत
  • #काठमाडौं निर्वाचन क्षेत्र नम्बर-२
  • #पुतली_नाच
  • #मनोनयन_दर्ता
  • #शेरबहादुर देउवा
  • #सामाजिक सुरक्षा कोष
  • #रासस
  • #तामाङ_घेदुङ
  • #सोनाम_ल्होछार
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • पुरस्कार रकम बढाउँदै आहा रारा गोल्डकप
पुरस्कार रकम बढाउँदै आहा रारा गोल्डकप
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, फागुन ११, २०७६
Aaaha rara
Hardik health
पोखरा– पोखरामा आगामी फागुन २२ देखि चैत १ गतेसम्म सञ्चालन हुने १८औँ संस्करणको ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आहा रारा गोल्डकप’ फुटबल प्रतियोगिताको पुरस्कार राशि वृद्धि गरिएको छ । प्रतियोगिता आयोजक सहारा क्लब पोखराले यस वर्षको विजेताले रु १० लाख एक हजार तथा उपविजेताले रु पाँच लाख एक हजार धनराशि पुरस्कार प्राप्त गर्ने बताएको हो । पोखरामा शनिबार पत्रकार सम्मेलन आयोजना गरी आयोजकले उक्त कुरा बताएको हो । गत वर्ष विजेताले रु आठ लाख एक हजार तथा उपविजेताले रु चार लाख एक हजार धनराशि पुरस्कार प्राप्त गरेका थिए । प्रतियोगितामा सर्वाधिक गोलकर्तालाई रु २५ हजार तथा उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड तथा प्रशिक्षकलाई समेत जनही रु १५ हजारका दरले पुरस्कार प्रदान गरिने क्लबका अध्यक्ष केशवबहादुर थापाले बताउनुभयो । प्रत्येक खेलको ‘म्यान अफ दी म्याच’लाई समेत रु पाँच हजार पुरस्कार प्रदान गरिने बताइएको छ । ‘सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान २०७६’ बाट एक जना राष्ट्रिय फुटबल टोलीका खेलाडीलाई रु ३५ हजार, प्रमाणपत्र तथा दोसल्लाबाट सम्मान गरिने क्लबले जनाएको छ । प्रतियोगितामा साविक विजेता थ्रीस्टार क्लब तथा उपविजेता त्रिभुवन आर्मी क्लबसहित मनाङ मस्र्याङ्दी, ब्रिगेट ब्याइज, नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, संकटा, झापा ११ फुटबल, क्लब, गान्टोङ सिटी फुटबल क्लब भारत र आयोजक सहारा क्लब पोखरा गरी १० टोलीले उपाधिका लागि प्रतिष्पर्धा गर्ने निश्चित भएको छ । पर्यटकीय शहर पोखरालाई ‘स्पोर्टस् हब’का रूपमा परिचित गराउँदै नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पुर्याउनुका साथै नवप्रतिभावान फुटबल खेलाडीलाई आङ्खनो खेल कौशल प्रदर्शन गर्ने उचित अवसर उपलब्ध गराउन प्रतियोगिताले सहयोग पुग्ने विश्वास आयोजकको छ । अध्यक्ष थापाले प्रतियोगितास्थलका बारेमा केही आशंका रहेकामा राष्ट्रिय खेलकूद परिषद्ले निर्माणाधीन पोखरा फुटबल रंगशालामा नै प्रतियोगिता सञ्चालन गर्न अनुमति दिएसँगै आशंका हटेको र विभिन्न १४ उपसमिति गठन गरेर प्रतियोगिताको तयारी तीव्र पारिएको जानकारी दिए । कार्यक्रममा राष्ट्रिय खेलकूद परिषद्का सदस्य राजेशकुमार गुरुङले फुटबल रंगशालाको प्यारापिटमा हालसम्म १३ हजार ५०० कुर्सी जडान गरिसकिएकाले प्रतियोगिता सञ्चालनमा कठिनाई नहुने तथा प्रतियोगिता शुरु हुने बेलासम्म १६ हजार कुर्सी जडान भइसक्ने बताए । सहाराले प्रतियोगिताबाट बचत रकम क्लबले सञ्चालन गरेको ‘सहारा फुटबल एकेडेमी’मा खर्च गर्दै आएको छ । एकेडेमीमा हाल देशका विभिन्न १४ जिल्लाका २४ बालकले आवासीयरूपमा निःशुल्क स्वास्थ्य, शिक्षा तथा फुटबल प्रशिक्षण गरिरहेका छन् ।
प्रकाशित मिति: आइतबार, फागुन ११, २०७६  ०६:१६
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
नामिबियाले पायो १४५ को लक्ष्य
नामिबियाले पायो १४५ को लक्ष्य बिहीबार, माघ ८, २०८२
नेदरल्यान्ड्ससँग नेपाल पराजित
नेदरल्यान्ड्ससँग नेपाल पराजित बिहीबार, माघ ८, २०८२
‘टाइगर कप’राष्ट्रिय - अन्तरराष्ट्रिय भलिबलको खेल तालिका सार्वजनिक
‘टाइगर कप’राष्ट्रिय - अन्तरराष्ट्रिय भलिबलको खेल तालिका सार्वजनिक बिहीबार, माघ ८, २०८२
नेदरल्यान्ड्सविरुद्धको खेलमा बलिङ गर्दै नेपाल
नेदरल्यान्ड्सविरुद्धको खेलमा बलिङ गर्दै नेपाल बिहीबार, माघ ८, २०८२
राष्ट्रिय काष्ठमण्डम कराते प्रतियोगिता शुरु
राष्ट्रिय काष्ठमण्डम कराते प्रतियोगिता शुरु बुधबार, माघ ७, २०८२
एन्फाको निर्वाचन स्थगित
एन्फाको निर्वाचन स्थगित बुधबार, माघ ७, २०८२
साफ यू-१९ महिला फुटबल टोली घोषणा
साफ यू-१९ महिला फुटबल टोली घोषणा बुधबार, माघ ७, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP