Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #आदिवासी जनजाति
  • #नेपाल_आदिवासी_ज्ञान
  • #शुक्रराज शर्मा
  • #‘हट स्पट’ रुपन्देही-३
  • #विश्व सिमसार दिवस
  • #राष्ट्रिय जनमुक्ति पार्टी
  • #सामाजिक सुरक्षा कोष
  • #जरा_उद्यान
  • #सिगाना
Search Here
शिक्षा
  • Home
  • शिक्षा
  • कक्षा १२ मा आधा विद्यार्थी फेल
कक्षा १२ मा आधा विद्यार्थी फेल
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, साउन ३१, २०८०

 

  •  नियमिततर्फ एक लाख ८९ हजार ७११ जना (५०.९२ प्रतिशत) मात्र उत्तीर्ण । 
  •  आंशिकतर्फ १८ हजार ३०, ग्रेडवृद्धितर्फ छ हजार १४० र पुरानो अंशिकतर्फ ६५० विद्यार्थी उत्तीर्ण ।
  •  अंग्रेजी विषयमा ननग्रेड (एनजी) ल्याउने विद्यार्थी धेरै 
  •  ग्रेड वृद्धि परीक्षा आउँदो असोज ६ र ७ गते हुने

भक्तपुर– कक्षा १२ को परीक्षामा झण्डै आधा विद्यार्थी अनुत्तीर्ण भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले मंगलबार सार्वजनिक गरेको नतिजामा यस्तो देखिएको हो । 

बोर्डले गत वैशाख २६ देखि जेठ ५ गतेसम्म लिएको कक्षा १२ को परीक्षामा सहभागी नियमिततर्फका एक लाख ८९ हजार ७११ विद्यार्थी उत्तीर्ण भएका छन् । यो परीक्षामा सहभागी संख्याको ५०.९२ प्रतिशत हो । यस वर्ष नियमिततर्फ तीन लाख ७२ हजार ६३७ विद्यार्थी सहभागी थिए । 

बोर्डका अध्यक्ष डा. महाश्रम शर्माका अनुसार आंशिकतर्फ १८ हजार ३०, ग्रेडवृद्धितर्फ छ हजार १४० र पुरानो अंशिकतर्फ ६५० जना उत्तीर्ण भएका छन् । देशभरका एक हजार ४५७ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएका थिए । परीक्षामा नियमित, आंशिक, ग्रेडवृद्धि र पुरानो आंशिक विद्यार्थी सहभागी थिए । 

Hardik health

उक्त परीक्षामा नियमिततर्फ तीन लाख ७२ हजार ६३७, आंशिकतर्फ ६० हजार ९५९ र ग्रेडवृद्धितर्फ १४ हजार १३५ र पुरानोतर्फ एक हजार १०६ गरी चार लाख ४८ हजार ८३७ विद्यार्थी सहभागी भएकामा ५६ जनाको परीक्षा रद्द भएको बोर्डले जनाएको छ ।

आधा विद्यार्थी अनुत्तीर्ण भए पनि बोर्ड अध्यक्ष शर्माले यस वर्षको नतिजामा सुधार आएको दाबी गरेका छन् । ‘यसपटक गत वर्षभन्दा तीन प्रतिशत बिन्दुले नतिजामा सुधार आएकोे छ,’ शर्माले भने । उनका अनुसार यस वर्ष परीक्षामा नियमित र ग्रेडवृद्धि गरी चार लाख ६७ हजार ३८९ विद्यार्थी सहभागी भएकोमा एक लाख ८२ हजार परीक्षार्थी ननग्रेडेड अर्थात् अनुत्तीर्ण भएका छन् ।

गत वर्ष कक्षा १२ मा ४८ प्रतिशत विद्यार्थीले मात्र ग्रेडसिट प्राप्त गरेका थिए ।  नतिजा सुधार भए पनि शिक्षण सिकाइ अझै प्रभावकारी बनाउनुपर्ने बोर्डका अध्यक्ष शर्माले बताए ।
 
ननग्रेड धेरै अंग्रेजीमा
बोर्डले प्रकाशन गरेको कक्षा १२ को नतिजामा अंग्रेजी विषयमा ‘ननग्रेड’ (एनजी) ल्याउने विद्यार्थी धेरै रहेका छन् । बोर्डका सदस्यसचिव दुर्गा अर्यालका अनुसार यो विषयमा एक लाख नौ हजार ५२७ जना ननग्रेड छन् । दुई विषयसम्म नन ग्रेड ल्याएका एक लाख २३ हजार ३९६ जना छन् । एक विषयमा मात्र एनजी आउनेको संख्या भने ७९ हजार ५८४ जना रहेका छन् । 

जिपिए ३.६१ देखि ४ ल्याउने विद्यार्थीको संख्या छ हजार ९७६ छन् । त्यसैगरी, ३.२१ देखि ३.६० सम्म ल्याउने विद्यार्थीको संख्या ३८ हजार ९९९ छन् । त्यस्तै, २.८१ देखि ३.२० ल्याउने परीक्षार्थीको संख्या ६९ हजार १७४, जिपिए २.४१ देखि २.८० ल्याउने विद्यार्थीको संख्या ६३ हजार ७७ छन् भने २.०१ देखि २.४० जिपिए ल्याउने विद्यार्थीको संख्या ११ हजार ४३८ रहेको छ । यस्तै, १.६१ देखि २ सम्म जिपिए ल्याउने विद्यार्थीको संख्या ४७ रहेको छ । 

प्रत्येक विषयको सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत अंक प्राप्त गरेमात्रै विद्यार्थीले ग्रेडसिट प्राप्त गर्ने व्यवस्था गरिएको छ । तीमध्ये दुई विषयसम्म एनएजी (नन ग्रेडेड) आउनेले तत्कालै र बाँकी ५६ हजारले यसपालि ग्रेडवृद्धि परीक्षा दिएका थिए ।
लेटर ग्रेडिङ निर्देशिकामा संशोधन गरेर जुन विषयमा एनजी हुन्छ त्यही विषयमा मात्रै ग्रेडवृद्धि परीक्षा दिन पाउने व्यवस्था गरिएको छ । यसअघि दुईभन्दा बढी विषयमा एनजी आए अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्ने बाध्यता थियो ।

ग्रेड वृद्धि परीक्षा असोजमा
बोर्डले ग्रेड वृद्धि परीक्षा आगामी असोज ६ र ७ गते सञ्चालन गर्ने भएको छ । नतिजामा चित्त नबुझे १५ दिनभित्र प्रतिविषय ५०० रुपैयाँ तिरेर नतिजा पुनर्योग गराउनसक्ने बोर्डले जारी गरेको सूचनामा उल्लेख छ ।
 


प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  ०६:२३
#राष्ट्रिय_परीक्षा_बोर्ड #NEB RESULT
प्रतिक्रिया दिनुहोस्
थप शिक्षा
भारतीय शिक्षकले जितिन् १० लाख डलरको ग्लोबल शिक्षक पुरस्कार
भारतीय शिक्षकले जितिन् १० लाख डलरको ग्लोबल शिक्षक पुरस्कार बिहीबार, माघ २२, २०८२
त्रिविको शिक्षाशास्त्र संकायले पायो ‘क्युएए’
त्रिविको शिक्षाशास्त्र संकायले पायो ‘क्युएए’ सोमबार, माघ १९, २०८२
अरुणिमा शैक्षिक प्रतिष्ठानको दिवसः मुख्यसचिवसहित छ जना सम्मानित
अरुणिमा शैक्षिक प्रतिष्ठानको दिवसः मुख्यसचिवसहित छ जना सम्मानित आइतबार, माघ १८, २०८२
झापामा सात जनालाई एमबिबिएस पढ्ने अवसर
झापामा सात जनालाई एमबिबिएस पढ्ने अवसर बुधबार, माघ १४, २०८२
पन्चैबाजा संरक्षणमा जुटे विद्यार्थी
पन्चैबाजा संरक्षणमा जुटे विद्यार्थी मंगलबार, माघ १३, २०८२
त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग
त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग सोमबार, माघ १२, २०८२
त्रिविले शुल्क पुनरावलोकन कार्यदलद्वारा काम सुरु
त्रिविले शुल्क पुनरावलोकन कार्यदलद्वारा काम सुरु बिहीबार, माघ ८, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
निर्वाचन आचार संहिताविपरीत कार्य गरेको भन्दै  गुठी संस्थानलाई आयोगकाे पत्र
निर्वाचन आचार संहिताविपरीत कार्य गरेको भन्दै गुठी संस्थानलाई आयोगकाे पत्र
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP