Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मेयर कप ब्याडमिन्टन
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #महिला टी-२०
  • #रामप्रसादराई
  • #सुनको_मूल्य
  • #सुनचाँदीकाे मूल्य
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • पोखराका तालमा मोती उत्पादनको सम्भावना
पोखराका तालमा मोती उत्पादनको सम्भावना
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, साउन २९, २०८०

पाेखरा- तालैतालको सहर पोखराका तालमा मोती उत्पादनको सम्भावना देखिएको छ । लामो समयको प्रयाससँगै बेगनासस्थित मत्स्य अनुसन्धान केन्द्रले यहाँका तालमा मोती उत्पादनको सम्भावनालाई प्रमाणित गरेको हो ।

सन् २०१७ देखि बेगनासमा मोती उत्पादनका सम्बन्धमा अनुसन्धान गरिँदै आइएको र  यहाँका तालमा यसको उत्पादनको पर्याप्त सम्भावनालाई पुष्टि गरेको केन्द्रका प्रमुख डा मोहम्मद इकवाल हुसेनले जानकारी दिए ।

अनुसन्धानको सफलतासँगै अब यस क्षेत्रमा माछापालन गर्ने कृषकले सँगसँगै मोती उत्पादन पनि गर्न सिपीको खेती गर्नसक्ने पुष्टि भएको उनले बताए । प्रमुख हुसेनले  मोति  गरगहनाका साथै विभिन्न औषधिका लागि पनि प्रयोग हुने गरेको जानकारी दिए ।

“सिपी माछा जस्तै पानीमा पाइने जीव हो, यसले मोती उत्पादन गर्दछ”, उनले भने, “हामीले गरेको अनुसन्धानबाट यो साना साना पोखरी तथा जलाशयमा पाल्न सकिने प्रमाणित भएको छ ।”

Hardik health

विगतमा मोती उत्पादन गर्ने सिपी केबल समुन्द्रमा मात्रै हुने भन्ने भनाइलाई अनुसन्धानले हाम्रा आसपासका जलाशयमा नै पाल्न सकिने तथ्य प्रमाणित गरेको र योसँगै माछापालक कृषकले दोहोरो सुविधा लिनसक्ने देखिएको प्रमुख हुसेनले बताए ।

नेपालमा बर्सेनि ठूलो सङ्ख्यामा मोती विदेशबाट आउने गरेको छ । एउटै मोतीको दुई हजार रुपैयाँसम्म पर्ने बताउँदै उनले तालै तालको सहर पोखराका अधिकांश तालमा यसको व्यावसायिक खेती नै गर्न सकिने जानकारी गराए ।

प्रमुख हुसेनका अनुसार हरियो तथा मलिलोपनयुक्त जलाशयमा सिपीको खेती राम्रो हुन्छ । पोखराका तालमध्ये रुपाताल यसका लागि धेरै सम्भावनायुक्त ताल भएको छ ।

“सिपीको बाह्य आवरणबाट इमेज विड (मूर्ति छायाँ) र गोलाकार विड (गोलो मोती) तयार गर्न सकिन्छ”, उनले भने, “करिब १२ महिनादेखि १८ महिनामा मोती उत्पादन गर्न सकिन्छ ।” माछापालनसँगै सिपी पालन पनि गर्न सकिने जानकारी दिँदै प्रमुख हुसेनले  ती सिपी उत्पादनका साथै बाह्य भाग फालेर मासु खानसमेत सकिन्छ । विशेषतः थारु समुदायमा यसको मासुको प्रचलन बढी छ । 

एक हेक्टर क्षेत्रफलमा २० हजार सिपी पालन गर्न सकिन्छ । माछा पाल्ने क्रममा राखिएको आहारा पनि यसलाई हुने उनले जानकारी गराउनुभयो । सिपीबाट मोती उत्पादन गर्न त्यसको बाह्य आवरणभित्र इमेजको स्वरुप राखिन्छ । त्यही स्वरुपमा सिपीले मोती भर्दछ । चाहिएको इमेजको स्वरुप राखिएपछि त्यसमा सिपीले मोती भर्ने गर्दछ । करिब १२ महिनादेखि १८ महिनासम्मको अन्तरालमा मोती तयार हुन्छ ।

प्रमुख हुसेनका अनुसार यसको अनुसन्धान गर्दा सिपीको ‘मेन्टल केविटी’ मा सर्जरीको मध्यमले इमेज आकार राखी सिपीलाई साना थैलीमा बाँधेर पानीमा डुबाइएको थियो । त्यसरी राखिएको एक वर्षमा ‘इमेज पर्ल’ र ‘हाफ गोलाकार पर्ल’ पाइएको थियो ।

यो अनुसन्धानले हाम्रा पहाडी तथा तराईका भूभागका प्राकृतिक जलाशयमा मोती उत्पादनका लागि सिपी पालन गर्न सकिने देखिएको उल्लेख गर्दै उनले यसमा ध्यान दिन सके कृषकको आम्दानी बढाउन सकिने सम्भावना देखिएकोबताए ।

पछिल्ला समयमा भारत, बङ्गलादेश, चीन, जापान, भियतनाम र अन्य धेरै देशले मोती खेतीको  प्रविधि विकास गर्दै गएका छन् । यसले दक्षिण–पूर्वी एशियाली देशहरूमा रोजगारी र आयको स्रोतको बढाउँदै लगेको छ ।

अनुसन्धानको सफलतासँगै सात तालको बाटिका सहर उपमा पाएको लेखनाथका तालमा मोती उत्पादनलाई जोड दिदै यहाँका बासिन्दाकोे आयआर्जन बढाउने सम्भावना देखिएको बेगनास ताल धार्मिक तथा पर्यटन विकास समितिका अध्यक्ष ध्रुबनाथ अधिकारीले बताए ।

“स्थानीयवासीलाई आयआर्जनसँग जोड्न उनीहरूलाई आवश्यक तालिम दिएर मोती उत्पादनमा लगाउन सकिन्छ”, उनले भने, “वर्षेनी विदेशबाट आयात गरिने मोती उत्पादनमा प्रेरित गर्न सकेमा आगामी दिनमा मोतीमा आत्मनिर्भरतासँगै विदेशमा निर्यात गर्न सकिने देखिएको छ ।”

एजेन्सीकाे सहयाेगमा


प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  १८:५०
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
सौराहामा १९औँ हात्ती तथा पर्यटन महोत्सव सुरु
सौराहामा १९औँ हात्ती तथा पर्यटन महोत्सव सुरु शुक्रबार, पुस ११, २०८२
पर्यटकको आकर्षक गन्तव्य बन्दै खाँचीकोट हिल स्टेसन
पर्यटकको आकर्षक गन्तव्य बन्दै खाँचीकोट हिल स्टेसन शुक्रबार, पुस ११, २०८२
भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध
भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध बिहीबार, पुस १०, २०८२
आठौँ पर्वत महोत्सव आजदेखि
आठौँ पर्वत महोत्सव आजदेखि बुधबार, पुस ९, २०८२
हिमाली भेगका सांस्कृतिक सम्पदा प्रवर्द्धन गर्न सम्मेलन
हिमाली भेगका सांस्कृतिक सम्पदा प्रवर्द्धन गर्न सम्मेलन मंगलबार, पुस ८, २०८२
तानसेनको पर्यटन प्रवर्द्धन गर्न ‘चित्रकला तथा फोटो प्रदर्शनी’
तानसेनको पर्यटन प्रवर्द्धन गर्न ‘चित्रकला तथा फोटो प्रदर्शनी’ सोमबार, पुस ७, २०८२
‘होटल तथा रेष्टुरेण्टले खाद्य सुरक्षा र स्वच्छतालाई ध्यान दिनुपर्ने’
‘होटल तथा रेष्टुरेण्टले खाद्य सुरक्षा र स्वच्छतालाई ध्यान दिनुपर्ने’ सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP