Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #डा.विश्वास बस्नेत
  • #काठमाडौं निर्वाचन क्षेत्र नम्बर-२
  • #पुतली_नाच
  • #मनोनयन_दर्ता
  • #शेरबहादुर देउवा
  • #सामाजिक सुरक्षा कोष
  • #रासस
  • #तामाङ_घेदुङ
  • #सोनाम_ल्होछार
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • सहिद स्मारक ‘ए’ डिभिजन लिग – झरेको सरस्वतीलाई संकटाको चोट
सहिद स्मारक ‘ए’ डिभिजन लिग – झरेको सरस्वतीलाई संकटाको चोट
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, फागुन २, २०७६
Sankata
Hardik health
काठमाडौं – सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको बिहीबार सम्पन्न खेलमा नेपाल पुलिस क्लब र संकटा क्लबले जित हात पारेका छन् भने विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ र ब्रिगेड ब्वाइज क्लब बराबरीमा रोकिएका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा बिहीबारको पहिलो खेल र लिगमा आफ्नो अन्तिम खेल खेलेको नेपाल प्रहरीले जुमानु राईको ह्याट्रिकसाथ फ्रेन्डस् क्लबलाई ३–० ले पराजित गरेको थियो भने दोस्रो खेलमा एपीएफ क्लब र बिग्रेड ब्वाइज क्लबबीचको खेल १–१ को बराबरीमा टुगिंएको थियो । त्यस्तै बिहीबारको अनि लिगको आफ्नो अन्तिम खेलमा संकटा क्लबले रेलिगेशनमा परेको टिम सरस्वती युथ क्लबविरुद्ध ६–२ गोल अन्तरको फराकिलो जित हात पारेको थियो । संकटाको जितमा मेसौकेले दुई गोल गरे । यस्तै सुवास गुरुङ, टिका राज गुरुङ र रोशन पहाडीले एक एक गोल गरे । संकटाले एक गोल आत्मघाती गोलको उपहार पाएको थियो । सरस्वतीका काजिम बुसारीले दुई गोल फर्काए । सरस्वतीका पूर्ण बहादुर श्रेष्ठले आत्मघाती गोल गरे । लिगकै सर्वाधिक धेरै गोल निस्किएको खेलको पहिलो हाफमै संकटाले ३–० को अग्रता बनाएको थियो । खेलको पाँचौं मिनेटमा मेसौकेले गोल गर्दै संकटालाई सुरुवाती अग्रता दिलाए । ३३ औं मिनेटमा मेसौकेले व्यक्तिगत दोस्रो गोल गर्दै संकटालाई २–० को अग्रता दिलाए । त्यसपछि खेलको ३७ औं मिनेटमा सुवासले गोल गर्दै संकटालाई ३–० को अग्रता दिलाएका थिए । दोस्रो हाफमा दुवै टोलीबाट थप पाँच गोल निस्कियो । खेलको ५६ औं मिनेटमा टिकाले गोल गर्दै संकटालाई ४–० को अग्रता दिलाए । ६५ औं मिनेटमा सरस्वतीका पुर्ण बहादुर श्रेष्ठले आत्मघाती गोल गर्दा संकटा ५–० को बन्यो । खेलको ६६ औं मिनेटमा सरस्वतीका बुसारीले गोल गर्दै खेल ५–१ को स्थितिमा ल्याए । ७९ औं मिनेटमा बुसारीले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल खेल ५–२ को बनाए । तर, खेलको ८३ औं मिनेटमा रोशनले गोल गर्दै संकटालाई ६–२ को जित दिलाए । अन्तिम खेलमा जित हात पारे पनि संकटा शीर्ष ६ मा पुग्न भने असफल भयो । संकटाले १३ खेलमा १८ अंक जोडेर सातौं स्थानमा रहेको छ । सरस्वतीले भने हारबाट शीर्ष डिभिजन लिगको अन्त्य गर्दै ‘बी’ डिभिजनमा झरेको छ । त्यस्तै बिहीबारको दोस्रो खेलमा विभागीय टिम एपीएफ क्लबले अग्रता जोगाउन नसक्दा ब्रिगेड ब्वाइज क्लबसँग अंक बाँड्न बाध्य भएको हो । खेलको ४४ औं मिनेटमा आशिष लामाले गोल गर्दै एपीएफलाई अग्रता दिलाएका थिए । नविन लामाले मिलाएको पासलाई सिक्स यार्ड बक्समा रहेका आशिषले आकर्षक हेड गोल गरे । यस गोलसँगै सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा रहेका आशिषले लिगमा ९ गोल पुरा गरेका छन् । तर, पहिलो हाफमा बनाएको अग्रतालाई एपीएफले अन्तिम समयमा भने जोगाउन सकेन । र, खेलको थप गरिएको इन्जुरी समयमा गोल खाएको थियो । थप गरिएको समयको तेस्रो मिनेटमा ब्रिगेडका बैकल्पिक खेलाडी विजय गुरुङले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याएपछि एपीएफले एक अंकले चित्त बुझाएको हो । ब्रिगेडसँगको बराबरीसँगै एपीएफले १३ खेलमा ९ अंक जोड्यो । र, एपीएफ यस सिजनको लिगको १२ औं स्थानमा रह्यो । १३ खेलमा ९ अंक नै जोडेको ब्रिगेडले लिगको १३ औं स्थानमा रहँदै सिजनको अन्त्य गरेको छ । त्यस्तै बिहीबार सम्पन्न लिगको पहिलो खेलमा जुमानु राइको ह्याट्रिकको मद्धतले नेपाल पुलिस क्लबले सुखद् अन्त्य गरेको छ । पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको पुलिसले दोस्रो हाफमा भने तीन गोल गर्याे । जसमा वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरेका जुमानु नायक बने । खेलको ४९ औं मिनेटमा जुमानुले गोल गर्दै पुलिसलाई अग्रता दिलाए । हेमन्त श्रेष्ठको स्थानमा मैदान प्रवेश गरेका जुमानुले पहिलो आक्रमणमै गोल गरे । उनको यो लिगको पहिलो गोल समेत हो । खेलको ५६ औं मिनेटमा जुमानुले व्यक्तिगत दोस्रो गोल गर्दै पुलिसलाई २–० को अग्रता दिलाए । त्यसपछि खेलको ८५ औं मिनेटमा जुमानुले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गर्दा पुलिसले ३–० को सहज जित पायो । फ्रेन्ड्सविरुद्ध ह्याट्रिक गरेसँगै जुमानु यस सिजनको लिगमा ह्याट्रिक गर्ने दोस्रो खेलाडी बने । यस्तै पुलिसले लिगको शीर्ष ६ पक्का गरेको छ । लिगमा शीर्ष ६ पक्का गरेसँगै पुलिसले अब राष्ट्रिय लिग खेल्ने भएको छ । पुलिस १३ खेलमा २० अंक जोड्दै पाँचौं स्थानमा रहेको छ । फ्रेन्ड्स भने १३ खेलमा १४ अंक जोडेर दशौँ स्थानमा रह्यो ।
प्रकाशित मिति: शुक्रबार, फागुन २, २०७६  ०७:२०
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
नामिबियाले पायो १४५ को लक्ष्य
नामिबियाले पायो १४५ को लक्ष्य बिहीबार, माघ ८, २०८२
नेदरल्यान्ड्ससँग नेपाल पराजित
नेदरल्यान्ड्ससँग नेपाल पराजित बिहीबार, माघ ८, २०८२
‘टाइगर कप’राष्ट्रिय - अन्तरराष्ट्रिय भलिबलको खेल तालिका सार्वजनिक
‘टाइगर कप’राष्ट्रिय - अन्तरराष्ट्रिय भलिबलको खेल तालिका सार्वजनिक बिहीबार, माघ ८, २०८२
नेदरल्यान्ड्सविरुद्धको खेलमा बलिङ गर्दै नेपाल
नेदरल्यान्ड्सविरुद्धको खेलमा बलिङ गर्दै नेपाल बिहीबार, माघ ८, २०८२
राष्ट्रिय काष्ठमण्डम कराते प्रतियोगिता शुरु
राष्ट्रिय काष्ठमण्डम कराते प्रतियोगिता शुरु बुधबार, माघ ७, २०८२
एन्फाको निर्वाचन स्थगित
एन्फाको निर्वाचन स्थगित बुधबार, माघ ७, २०८२
साफ यू-१९ महिला फुटबल टोली घोषणा
साफ यू-१९ महिला फुटबल टोली घोषणा बुधबार, माघ ७, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP