Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #डा.विश्वास बस्नेत
  • #काठमाडौं निर्वाचन क्षेत्र नम्बर-२
  • #पुतली_नाच
  • #मनोनयन_दर्ता
  • #शेरबहादुर देउवा
  • #सामाजिक सुरक्षा कोष
  • #रासस
  • #तामाङ_घेदुङ
  • #सोनाम_ल्होछार
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • आइसीसी विश्वकप क्रिकेट लिग—२ ‘अमेरिकाविरुद्ध ओमान विजयी’
आइसीसी विश्वकप क्रिकेट लिग—२ ‘अमेरिकाविरुद्ध ओमान विजयी’
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, माघ २९, २०७६
oman
Hardik health
काठमाडौं– आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान अपराजित रहँदै लिगको शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार राजधानीको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सम्पन्न खेलमा ओमानले अमेरिकालाई हराउँदै शीर्षस्थानमा उक्लिएको हो । ओमान हालसम्म खेलेको १० खेलमध्ये आठमा जित तथा दुईमा हार ब्यहोर्दै १६ अंकका साथ शीर्ष स्थानमा कायम रहेको छ । अमेरिका लिग दुईको दोस्रो स्थानमा छ । अमेरिकाले हालसम्म खेलेको ११ खेलमध्ये छ मा जित तथा पाँचमा हार खाँदै १२ अंक जोडेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा २ सय ७६ रन बनायो । २७७ रनको विजय लक्ष्य पछ्याउने क्रममा अमेरिकाले ३९ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै १८४ रन मात्र बनाउन सफल भयो । ओमानका लागि अकिब इलियासले लगातार दोस्रो शतक प्रहार गरे । नेपालसितको खेलमा सोमबार अविजित १०९ रन बनाएका उनले अमेरिकासितको आजको खेलमा पनि १०५ रन बनाए । अकिबससँगै ब्याटिङमा आएका कप्तान जेशन मक्सुदले पनि शतक प्रहार गरे । अकिबले १२३ बल खेल्दै १ छक्का र ११ चौका प्रहार गरे । यस्तै मक्सुदले १०९ रन बनाए । उनले १०९ बल खलेर ४ छक्का र १० चौका हाने । दुवै जनाले २१६ रनको कीर्तिमानी साझेदारी निभाए । त्यस्तै जतिन्दर सिंह नौ तथा खवर अलीले १० रन मात्र बनाए । ओमानले ३१ रनको स्कोर छँदा दुई विकेट गुमाएको थियो । तेस्रो र चौथो नम्बरमा ब्याटिङ गर्न आएका अकिब र मक्सुदले नै ओमानको पारी सम्हालेका थिए । यस्तै सन्दिप गौडले अविजित १३ रन बनाए । बलिङतर्फ अमेरिकाका कप्तान सौरभ नेत्रवाल्कर र रुस्टी थेरनले तीन तीन विकेट लिए । सौरभले १० ओभर बलिङ गर्दै तीन मेडन राखी ३७ रन खर्चिएका थिए । रुस्टीले १० ओभरमा ६० रन दिए । अन्य बलरले भने विकेट लिन सकेनन् । जवाफी ब्याटिङ गर्ने क्रममा अमेरिकाले तीन रनको स्कोर छँदा दुई विकेट गुमाउँदै खराब सुरुवात गर्याे । मोनांक पटेल र स्टेभन टेलर शुन्य रनमा आउट भएपछि ३९ रन बनाउँदा आफ्ना प्रारम्भिक ब्याटस्म्यान जेभियर मार्शललाई गुमायो । टिमको स्कोर ७९ रन छँदा अमेरिकाले पाँच विकेट गुमाइसकेको थियो । अघिल्लो खेलहरूमा उत्कृष्ट प्रदर्शन गरेका इयान होल्याण्ड ३२ बल खेल्दै २८ तथा अक्षय होमराज व्यक्तिगत सात रनमा पभेलियन फर्के । अमेरिकाको पारीलाई आरोन जोन्स र निसर्ग पटेलले उकास्ने प्रयास गरे । आरोनले अविजित ४७ रनको योगदान दिए । उनी खेलेको अन्तिम समयसम्म संघर्षरत रहे । यस क्रममा उनले ७९ बल खेल्दै तीन चौका प्रहार गरे । यस्तै निसर्गले अर्धशतकीय पारी खेले । उनले ३६ बल खेल्दै चार छक्का र चार चौकाको मद्दतमा ५२ रन बनाए । रुस्टी थेरनले ११ रन बनाउनुबाहेक अन्यले उल्लेख ब्याटिङ गर्न सकेनन् । बलिङतर्फ ओमानका लागि बिलाल खान र अकिब इलियासले तीन तीन, जिशन मक्सुदले दुई तथा मोहमद नदिमले एक विकेट लिए । बिलालले छ दशमलव एक ओभरमा २४ रन खर्चिए । अकिबले किफायती बलिङ गरे । उनले पाँच ओभर बलिङ गर्दै एक मेडन राखी मात्र १४ रन दिए । अकिब नै प्लेयर अफ दी म्याच घोषित भए । अब नेपाल र अमेरिकाबीच सिरिजको अन्तिम खेल बुधबार बिहान साढे नौ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । नेपाल हालसम्म खेलको तीन खेलमध्ये दुईमा हार तथा एकमा जितका साथ दुई अङ्क बटुलेर लिगको छैटौँ स्थानमा छ ।
प्रकाशित मिति: बुधबार, माघ २९, २०७६  ०६:५३
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
नामिबियाले पायो १४५ को लक्ष्य
नामिबियाले पायो १४५ को लक्ष्य बिहीबार, माघ ८, २०८२
नेदरल्यान्ड्ससँग नेपाल पराजित
नेदरल्यान्ड्ससँग नेपाल पराजित बिहीबार, माघ ८, २०८२
‘टाइगर कप’राष्ट्रिय - अन्तरराष्ट्रिय भलिबलको खेल तालिका सार्वजनिक
‘टाइगर कप’राष्ट्रिय - अन्तरराष्ट्रिय भलिबलको खेल तालिका सार्वजनिक बिहीबार, माघ ८, २०८२
नेदरल्यान्ड्सविरुद्धको खेलमा बलिङ गर्दै नेपाल
नेदरल्यान्ड्सविरुद्धको खेलमा बलिङ गर्दै नेपाल बिहीबार, माघ ८, २०८२
राष्ट्रिय काष्ठमण्डम कराते प्रतियोगिता शुरु
राष्ट्रिय काष्ठमण्डम कराते प्रतियोगिता शुरु बुधबार, माघ ७, २०८२
एन्फाको निर्वाचन स्थगित
एन्फाको निर्वाचन स्थगित बुधबार, माघ ७, २०८२
साफ यू-१९ महिला फुटबल टोली घोषणा
साफ यू-१९ महिला फुटबल टोली घोषणा बुधबार, माघ ७, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP