Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #डा.विश्वास बस्नेत
  • #काठमाडौं निर्वाचन क्षेत्र नम्बर-२
  • #पुतली_नाच
  • #मनोनयन_दर्ता
  • #शेरबहादुर देउवा
  • #सामाजिक सुरक्षा कोष
  • #रासस
  • #तामाङ_घेदुङ
  • #सोनाम_ल्होछार
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • शहिद स्मारक ‘ए’ डिभिजन लिग – आर्मी उपाधिनजिक
शहिद स्मारक ‘ए’ डिभिजन लिग – आर्मी उपाधिनजिक
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, माघ २९, २०७६
Hardik health
काठमाडौं — सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको मंगलबार सम्पन्न तीन खेलमा मनाङ मस्र्याङ्दी, थ्रीस्टार क्लब र त्रिभुवन आर्मी क्लब विजयी भएका छन् । मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लबलाई ३–० ले पराजित गर्दै आर्मीले जित हात पारेको हो । मंगलबारको जितसँगै आर्मी १२ खेलमा २८ अंकसहित लिगको शीर्षस्थानमा रहेको छ । त्यस्तै दोस्रो खेलमा एनआरटीलाई १–० ले पराजित गर्दै थ्रीस्टार लिगको चौथो स्थानमा रहेको छ भने नेपाल पुलिस क्बललाई २–० ले पराजित गर्दै मनाङ मस्र्याङ्दी क्लब लिगको तेस्रो स्थानमा रहेको छ । ललितपुरको सातदोबाटोमा मंगलबार १० खेलाडीमा सिमित विभागीय टिम नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरको जितमा मनाङका विमल राना र अन्जन बिष्टले एक÷एक गोल गरे । मनाङले दुवै गोल पहिलो हाफमा गरेको थियो । खेलको ३२ औं मिनेटमा विमलले गोल गर्दै मनाङलाई १–० को अग्रता दिलाएका थिए । आदित्य चौधरीको पासमा विमलले सुरुवाती गोल गरे । त्यसपछि खेलको ४३ औं मिनेटमा अन्जनले गोल गर्दै मनाङलाई २–० को जित दिलाए । निशान लिम्बुले मिलाएको पासमा अन्जनले उत्कृष्ट गोल गरेका थिए । खेलमा मनाङका गोलकिपर दिप कार्की म्यान अफ दि म्याच चुनिए । पुलिसलाई हराएसँगै मनाङले शीर्ष दुई टोलीसँगको अंक दुरी समेत घटाएको छ । मनाङले १२ खेलमा २५ अंक जोडेको छ । मनाङ शीर्ष स्थानको आर्मी भन्दा ४ र दोस्रो स्थानको मछिन्द्र भन्दा एक अंकले पछि रहेको छ । मनाङको उपाधि होडबाट भने बाहिरीसकेको छ । पराजित पुलिस भने १७ अंक जोडेर छैटौं स्थानमा रहेको छ । त्यस्तै दोस्रो खेलमा दिपेश घलेको गोलमा न्युरोड टिम एनआरटीलाई १–० गोल अन्तरले पराजित ग¥यो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको ७७ औं मिनेटमा दिपेशले गोल गरेका हुन् । सुशील राईको स्थानमा मैदान छिरेका दिपेशले मैदान पसेको चार मिनेट नबित्दै डिबक्स बाहिर प्राप्त बललाई पोस्टको जाली चुमाएका थिए । खेलमा थ्री स्टारका गोलकिपर प्रिसो म्यान अफ दि म्याच चुनिए । त्यस्तै मंगलबार सम्पन्न पहिलो खेलमा ब्रिगेड ब्वाईज क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै आर्मी शीर्ष स्थानमा उक्लिएको हो । आर्मीको जितमा कप्तान भरत खवास, विकास तामाङ र टेक बहादुर बुढाथोकीले एक एक गोल गरे । खेलको पाँचौं मिनेटमा कप्तान भरतले गोल गर्दै आर्मीलाई सुरुवाती अग्रता दिलाएका थिए । भरतले जर्ज प्रिन्स कार्कीको क्रसमा हेड गोल गरेका थिए । यस गोलसँगै नेपाली राष्ट्रिय टोलीका फरवार्ड समेत रहेका भरतले नेपाली फुटबलकै माथिल्लो श्रेणीको ’ए’ डिभिजन लिगमा ५० गोल पुरा गरेका छन् । ’ए’ डिभिजन लिगमा ५० गोल पुरा गर्ने भरत सातौं खेलाडी हुन् । भरतले बिसं २०६३ सालमा संकटा क्लबबाट शीर्ष डिभिजन लिगमा डेब्यु गोल गरेका थिए । यस अघि लिगमा बसन्त थापा, रमेश बुढाथोकी, सुरेन्द्र तामाङ, सन्तोष साहुखल, गणेश लावती र अनिल गुरुङले ५० गोल गरिसकेका छन् । लिगमा १०० गोल पुरा गर्ने कीर्तिमान भने च्यासलका सन्तोष शाहुखलको नाममा रहेको छ । खेलको ५४ औं मिनेटमा विकास तामाङले गोल गर्दै आर्मीको अग्रता २–० को बनाए । उनले सन्तोष तामाङको पासलाई सदुपयोग गरे । त्यसपछि खेलको ७० औं मिनेटमा टेकले गोल गर्दै आर्मीलाई ३–० को जित दिलाए । उनले ब्रिगेडका किपर विशाल सुनारले पन्च गर्दै फ्यालेको रिबाउन्ड बलमा गोल गरेका थिए । जितसँगै आर्मीले उपाधि होड बलियो बनाएको छ । र, शीर्ष स्थानमा १ अंकको अग्रता बनाएको छ । आर्मीले १२ खेलमा २९ अंक जोडेको छ । दोस्रो स्थानको मच्छिन्द्रको २८ अंक रहेको छ । पराजित ब्रिगेड ८ अंक जोडेर १२ औं स्थानमा रहेको छ । आर्मीको जितसँगै लिगको उपाधिको छिनोफानो अन्तिम खेलले तय हुने भएको छ । लिगको अन्तिम चरणको अन्तिम खेलमा आर्मी र मछिन्द्रबीच प्रतिस्पर्धा हुनेछ । आर्मी र मछिन्द्रबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा फागुन ३ गते हुनेछ । आर्मीलाई उपाधि जित्न बराबरीले पुग्नेछ भने मछिन्द्रलाई स्पष्ट जितको आवश्यकता रहेको छ ।
प्रकाशित मिति: बुधबार, माघ २९, २०७६  ०६:४४
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
नामिबियाले पायो १४५ को लक्ष्य
नामिबियाले पायो १४५ को लक्ष्य बिहीबार, माघ ८, २०८२
नेदरल्यान्ड्ससँग नेपाल पराजित
नेदरल्यान्ड्ससँग नेपाल पराजित बिहीबार, माघ ८, २०८२
‘टाइगर कप’राष्ट्रिय - अन्तरराष्ट्रिय भलिबलको खेल तालिका सार्वजनिक
‘टाइगर कप’राष्ट्रिय - अन्तरराष्ट्रिय भलिबलको खेल तालिका सार्वजनिक बिहीबार, माघ ८, २०८२
नेदरल्यान्ड्सविरुद्धको खेलमा बलिङ गर्दै नेपाल
नेदरल्यान्ड्सविरुद्धको खेलमा बलिङ गर्दै नेपाल बिहीबार, माघ ८, २०८२
राष्ट्रिय काष्ठमण्डम कराते प्रतियोगिता शुरु
राष्ट्रिय काष्ठमण्डम कराते प्रतियोगिता शुरु बुधबार, माघ ७, २०८२
एन्फाको निर्वाचन स्थगित
एन्फाको निर्वाचन स्थगित बुधबार, माघ ७, २०८२
साफ यू-१९ महिला फुटबल टोली घोषणा
साफ यू-१९ महिला फुटबल टोली घोषणा बुधबार, माघ ७, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP