Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #डा.विश्वास बस्नेत
  • #काठमाडौं निर्वाचन क्षेत्र नम्बर-२
  • #पुतली_नाच
  • #मनोनयन_दर्ता
  • #शेरबहादुर देउवा
  • #सामाजिक सुरक्षा कोष
  • #रासस
  • #तामाङ_घेदुङ
  • #सोनाम_ल्होछार
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • आईसिसी विश्वकप लिग–२ ‘ओमानसँग नेपाल पुनः पराजित’
आईसिसी विश्वकप लिग–२ ‘ओमानसँग नेपाल पुनः पराजित’
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, माघ २७, २०७६
crrrr
Hardik health
काठमाडौं– आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्र्तगतको आप्mनो तेस्रो खेलमा नेपाल ओमानसँग पराजित भएको छ । आइतबार घरेलु मैदान कीर्तिपुरमा खेलेको जारी लिगमा ओमानसँगको दोस्रो खेलमा नेपाल ८ विकेटले पराजित भएको हो । यस हारसँगै नेपाल सन् २०१३ देखि ओमानविरुद्ध जित हासिल गर्न सफल भएको छैन । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ओमानले टस जितेर फिल्डिङ रोजेपछि नेपाल ब्याटिङमा उत्रेको थियो । नेपालले ओमानसामु जितका लागि २५० रनको लक्ष्य प्रस्तुत गरेको थियो । नेपालले ५० ओभर पूरै खेल्दै आठ विकेटको क्षतिमा २४९ रन बनाएको थियो । दुई सय ५० रनको विजय लक्ष्य ओमानले ४७ दशमलव दुई ओभरमा मात्र दुई विकेट गुमाएर पूरा गर्याे । ओमानका लागि अकिब इलियासले शतकीय पारी खेल्दै १०८ बलमा अविजित १०९ रन बनाए । पच्चीस दशमलव पाँच ओभरमा आरिफ शेखले अकिबको क्याच छोड्नु नै नेपालका लागि घातक सावित भयो । यस्तै जेशन मक्सुदले अविजित ६८ रनको योगदान दिए । यसैगरी खवर अलीले ४१ तथा जितिन्दर सिंहले २३ रन बनाए । बलिङतर्फ नेपालका कुशल मल्ल र सुशन भारीले एक एक विकेट लिए । यसअघि नेपालका लागि ब्याटिङ गर्ने क्रममा कप्तान ज्ञानेन्द्र मल्ल र सुवास खकुरेलले ४८ रनको साझेदारी गरे । अमेरिकासितको खेलमा तीन रनमा आउट भएका खकुरेलले आइतबारको खेलमा २२ रन बनाए भने कप्तान ज्ञानेन्द्र मल्लले ७६ बलमा ५६ रनको अर्धशतकीय पारी खेल । त्यस्तै पूर्वकप्तान पारस खड्काले ३४ बलमा विस्फोटक ३८ रन बनाउँदै आउट भएका थिए । यस्तै विनोद भण्डारीले पाँच चौकाको मद्दतमा ३५ रन बनाए । उनी व्यक्तिगत ३५ रन बनाउँदा रन आउट भए । शनिबार अमेरिकासितको खेलमा विश्व कीर्तिमान बनाएका कुशल मल्लले दुई छक्का र दुई चौका प्रहार गर्दै २८ रनको योगदान गरे । आरिफ शेखले २८ रन तथा करन केसीले १० रन बनाए । सन्दिप लामिछानेले अविजित १० तथा डेब्यु म्यान कमलसिंह ऐरीले अविजित नौ रन बनाए । बलिङतर्फ ओमानका अकिब इलियासले चार तथा मोहमद नदिमले तीन विकेट लिए । शतकीय पारीका साथै चार विकेटसमेत लिएका ओमानका अकिब प्लेयर अफ दी म्याच घोषित भए । ओमान जितसँगै लिगको शीर्ष स्थानमा उक्लेको छ । हालसम्म खेलेको नौ खेलमध्ये सातमा जित तथा दुईमा हारका साथ ओमानले १४ अङ्क बटुलेको छ । अमेरिका १२ अङ्कसहित लिगको दोस्रो स्थानमा झरेको छ । नेपालले भने हालसम्म खेलेको तीन खेलमा दुईमा हार तथा एकमा जित निकाल्दै दुई अङ्क जोडेको छ । नेपाल लिगको छैटौँ स्थानमा छ । अब नेपालले अन्तिम खेल बुधबार अमेरिकासित खेल्नेछ । आइसिसी विश्वकप क्रिकेट लिग दुईमा नेपालसहित, अमेरिका, ओमान, स्कटल्याण्ड, नामिविया, युनाइटेड अरब इमिरेट्स (युएई) र पपुवा न्युगिनी रहेका छन् ।
प्रकाशित मिति: सोमबार, माघ २७, २०७६  ०६:३९
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
नामिबियाले पायो १४५ को लक्ष्य
नामिबियाले पायो १४५ को लक्ष्य बिहीबार, माघ ८, २०८२
नेदरल्यान्ड्ससँग नेपाल पराजित
नेदरल्यान्ड्ससँग नेपाल पराजित बिहीबार, माघ ८, २०८२
‘टाइगर कप’राष्ट्रिय - अन्तरराष्ट्रिय भलिबलको खेल तालिका सार्वजनिक
‘टाइगर कप’राष्ट्रिय - अन्तरराष्ट्रिय भलिबलको खेल तालिका सार्वजनिक बिहीबार, माघ ८, २०८२
नेदरल्यान्ड्सविरुद्धको खेलमा बलिङ गर्दै नेपाल
नेदरल्यान्ड्सविरुद्धको खेलमा बलिङ गर्दै नेपाल बिहीबार, माघ ८, २०८२
राष्ट्रिय काष्ठमण्डम कराते प्रतियोगिता शुरु
राष्ट्रिय काष्ठमण्डम कराते प्रतियोगिता शुरु बुधबार, माघ ७, २०८२
एन्फाको निर्वाचन स्थगित
एन्फाको निर्वाचन स्थगित बुधबार, माघ ७, २०८२
साफ यू-१९ महिला फुटबल टोली घोषणा
साफ यू-१९ महिला फुटबल टोली घोषणा बुधबार, माघ ७, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP