Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #डा.विश्वास बस्नेत
  • #काठमाडौं निर्वाचन क्षेत्र नम्बर-२
  • #पुतली_नाच
  • #मनोनयन_दर्ता
  • #शेरबहादुर देउवा
  • #सामाजिक सुरक्षा कोष
  • #रासस
  • #तामाङ_घेदुङ
  • #सोनाम_ल्होछार
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • भारोत्तोलन संघमा नयाँ नेतृत्व
भारोत्तोलन संघमा नयाँ नेतृत्व
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, माघ २०, २०७६
bharottolan
Hardik health
काठमाडौं– नेपाल भारोत्तोलन संघको अध्यक्षमा रामकृष्ण श्रेष्ठ (बोस) निर्वाचित भएका छन् । संघको चुनावी साधारणसभाबाट श्रेष्ठ आफ्ना प्रतिद्वन्दी बिजेन्द्र बिक्रम शाहलाई २ मत अन्तरले पराजित गर्दै चार बर्षका लागि संघको नयाँ अध्यक्षमा निर्वाचित भएका हुन् । श्रेष्ठ यसअघि संघको उपाध्यक्ष थिए । संघका पूर्व अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटिका कोषाध्यक्ष रतनकुमार टण्डनले संघको नेतृत्व त्याग्ने भएपछि संघको चुनावमा सरगर्मी आएको थियो । श्रेष्ठले ३० मत पाउँदा उनका निकटतम् प्रतिद्वन्द्वी शाहले २८ मत पाए । संघको पाँच उपाध्यक्ष, महासचिव, सहसचिव र कोषाध्यक्ष भने निर्विरोध निर्वाचित भए । उपाध्यक्षमा पार्थसारथी सेन गुप्त, जगदिश प्रधान, समसुद्दिन सिद्धिकी, राजनकुमार बड्गामी र रुकेश तण्डुकार चयन भए । यस्तै महासचिवमा तिलकबहादुर राउत, सहसचिवमा रामेश्वर श्रेष्ठ र कोषाध्यक्षमा रुद्रबहादुर न्यौपाने चयन भए । सचिवमा भने कुमारमान श्रेष्ठ निर्वाचित भए । उनले ३३ मत पाउँदा उनका प्रतिद्वन्द्वी विपेन्द्र महर्जनले २४ मत प्राप्त गरे । १० सदस्यका लागि भएको मतदानमा सदस्यमध्ये गीता श्रेष्ठ निर्विरोध निर्वाचित भइन् । उनी महिला सदस्यतर्फ निर्विरोध भएकी हुन् । अन्य सदस्यहरूमा शिवनारायण चौधरी ५१, गोपालबहादुर श्रेष्ठ ५०, रत्नमान माली ४४, महेशप्रसाद यादव ४३, शत्रुघन यादव ३९, दीपेन्द्रकुमार ठाकुर ३६, प्रेमकुमार कौशल ३६, राजेन्द्र प्रधान ३५ र अजय शाहीले ३४ मत ल्याउँदै निर्वाचित भए । अजय र उमेश सि.के.को ३४÷३४ मत प्राप्त भएकोमा गोला प्रथाबाट अजयले सदस्यमा बाजी मारे । सदस्य तर्फ १० स्थानका लागि १५ जनाको उम्मेदवारी भएको । संघको कार्यकाल चार वर्षको हुनेछ । पराजित अन्य सदस्यका उम्मेदवारहरू मध्ये सानु कुमार महर्जन २८, लिला राम पौडेल २६, कुलाराम थारु २४ र प्रधुम्न भारीेले २३ मत प्राप्त गरेका थिए । साधारण सभामा २३ कार्य समिति सदस्य, ३ प्राविधिक, १ ओलम्पियन र २१ जिल्लाका ४२ गरि ६९ प्रतिनिधीहरू रहेकोमा ६० मत खसेको थियो । जसमा २ मत बदर भएको थियो । विजयी पदाधीकारीहरूलाई प्रमुख निर्वाचन अधिकृत राखेप खेलकुद विकास विभाग प्रमुख डेम बहादुर बस्नेतले पद तथा गोपनियताको सपथका साथै प्रमाण पत्र वितरण गरेका थिए । राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिम्सिनाले उद्घाटन गरेको निर्वाचन कार्यक्रममा ओलम्पिक कमिटिका तर्फबाट कमिटिका सचिव एवं जुडो संघका अध्यक्ष दीपक हर्ष बज्राचार्यले प्रतिनिधित्व गरेका थिए । बिजयपछि बोल्दै नवनिर्वाचित अध्यक्ष श्रेष्ठले सबैसँग मिलेर भारोत्तोलन खेलको विकास र विस्तारमा लाग्ने तथा संघको आफ्नो हल र भवन नभएकोले आफ्नै भवन निर्माण गर्ने तर्फ अग्रसर हुने बताए ।
प्रकाशित मिति: सोमबार, माघ २०, २०७६  ०७:२२
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
नामिबियाले पायो १४५ को लक्ष्य
नामिबियाले पायो १४५ को लक्ष्य बिहीबार, माघ ८, २०८२
नेदरल्यान्ड्ससँग नेपाल पराजित
नेदरल्यान्ड्ससँग नेपाल पराजित बिहीबार, माघ ८, २०८२
‘टाइगर कप’राष्ट्रिय - अन्तरराष्ट्रिय भलिबलको खेल तालिका सार्वजनिक
‘टाइगर कप’राष्ट्रिय - अन्तरराष्ट्रिय भलिबलको खेल तालिका सार्वजनिक बिहीबार, माघ ८, २०८२
नेदरल्यान्ड्सविरुद्धको खेलमा बलिङ गर्दै नेपाल
नेदरल्यान्ड्सविरुद्धको खेलमा बलिङ गर्दै नेपाल बिहीबार, माघ ८, २०८२
राष्ट्रिय काष्ठमण्डम कराते प्रतियोगिता शुरु
राष्ट्रिय काष्ठमण्डम कराते प्रतियोगिता शुरु बुधबार, माघ ७, २०८२
एन्फाको निर्वाचन स्थगित
एन्फाको निर्वाचन स्थगित बुधबार, माघ ७, २०८२
साफ यू-१९ महिला फुटबल टोली घोषणा
साफ यू-१९ महिला फुटबल टोली घोषणा बुधबार, माघ ७, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP