Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #डा.विश्वास बस्नेत
  • #काठमाडौं निर्वाचन क्षेत्र नम्बर-२
  • #पुतली_नाच
  • #मनोनयन_दर्ता
  • #शेरबहादुर देउवा
  • #सामाजिक सुरक्षा कोष
  • #रासस
  • #तामाङ_घेदुङ
  • #सोनाम_ल्होछार
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • सहिद स्मारक ‘ए’ डिभिजन लिग – लिगमा सरस्वतीको पहिलो जित
सहिद स्मारक ‘ए’ डिभिजन लिग – लिगमा सरस्वतीको पहिलो जित
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, माघ १५, २०७६
RoS_Ktm20200128_MG_78712625 copy
Hardik health
काठमाडौं– सहिद स्मारक ‘ए’ डिभिजन लिगको मंगलबारको खेलमा त्रिभुवन आर्मी क्लब र सरस्वती क्लबले जित हात पारेका छन् । जावलाखेल युथ क्बललाई १—० को जित हात पारेको आर्मीले मंगलबारको जितसँगै लिगमा शीर्षस्थानमा पुगेको छ भने बलियो टिम हिमालयन शेर्पा क्लबविरुद्ध ४–३ को रोमाञ्चक जित हात पार्दै सरस्वती युथ क्वबले लिगमा पहिलो जित हात पार्दै स्पष्ट ३ अंक जोड्न सफल भएको छ । कप्तान भरत खवासको गोलमा आर्मी ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको हो । आर्मीको जितमा भरत खवासले ७४ औ मिनेटमा निर्णायक गोल गरे । उनले डिबक्सभित्र दुई डिफेन्डरलाई छलाउँदै भलीमा गोल गरेका थिए । खेल अवधिभर आर्मीले जावलाखेलमाथि दबाब बनाएपनि गोल निकाल्न भने सकेन । आर्मीमा भरतसँगै नवयुग श्रेष्ठले समेत गोलका धेरै अवसर गुमाएका थिए । खेलको १० औं मिनेटमा टंक बस्नेतको पासमा डिबक्सभित्र रहेका नवयुगले बल नियन्त्रण गर्न नसक्दा अग्रता लिने मौका गुमेको थियो । भरतको पासमा ४१ औं मिनेटमा भरतको पासमा नवयुगको प्रहार जावलाखलका गोलरक्षक अरुण ब्लोनले पन्च गरेर बाहिर फालेका थिए । दोस्रो हाफमा जावलाखेलले सुधारिएको खेल प्रर्दशन गर्यो । उसका रूपबहादुर लामाले डिबक्स बाहिरबाट हानेको प्रहार आर्मीका गोलरक्षक विकेश कुथुले उत्कृष्ट डाइभ गर्दै पन्च गरेर बाहिर फाले । विजयी गोल गरेका भरत खेलको ‘म्यान अफ दी म्याच’ घोषित भए । जितसँगै आर्मीले ९ खेलबाट २० अंक जोडेको छ । उसले दोस्रो स्थानको मछिन्द्रसँग एक अंकको अग्रता लिएको छ । जावलाखेल १२ अंक सहित लिगको आठौं स्थानमा यथावत छ । त्यसैगरी एन्फा कम्प्लेक्समा सम्पन्न पहिलो खेलमा सरस्वती युथ क्लबले हिमालयन शेर्पा क्लबलाई ४–३ गोल अन्तरले पराजित गर्दै लिगमा पहिलो जित निकालेको हो । सरस्वतीले लिगमा ९ खेलपछि पहिलो ३ अंक जोडेको हो । सरस्वतीको जितमा काजिम बुसारीले दुई गोल गरे । यस्तै विनोद केसी र मनिष थापाको नाममा एक एक गोल रह्यो । शेर्पाका आशिष गुरुङ, रबि थापा मगर र विजय श्रेष्ठले एक एक गोल फर्काए । रोमान्चक बनेको खेलको पाँचौं मिनेटमा बुसारीले गोल गर्दै सरस्वतीलाई अग्रता दिलाएका थिए । १० औं मिनेटमा आशिषले गोल गर्दै शेर्पालाई १–१ को बराबरीमा ल्याए । खेलको ३५ औं मिनेटमा विनोदले गोल गर्दै सरस्वतीलाई २–१ को अग्रता दिलाए । तर, ४५ औं मिनेटमा शेर्पाका विजयले गोल गर्दा पहिलो हाफ २–२ गोलको बराबरीमा सकिएको थियो । खेलको ८३ औं मिनेटमा बुसारीले व्यक्तिगत दोस्रो गोल गर्दै सरस्वतीलाई ३–२ को अग्रता दिलाए । ८८ औं मिनेटमा मनिषले गोल गर्दा सरस्वती ४–२ ले अघि रह्यो । त्यसपछि खेलको इन्जुरी समयमा शेर्पाका रबिले गोल गरेपनि सरस्वती ४–३ ले विजयी भयो । खेलमा सरस्वतीका बुसारी म्यान अफ दि म्याच चुनिए । जितसँगै सरस्वतीले ९ खेलमा ४ अंक जोडेको छ । सरस्वती लिगको पुछारमा यथावत रहेको छ । शेर्पा ९ खेलमा ७ अंक जोडेर १२ औं स्थानमा रहेको छ । बुधबार एन्फा कम्प्लेक्समा हुने खेलमा पुर्वच्याम्पियन मनाङ र संकटाबीचको एक मात्र प्रतिस्पर्धा हुनेछ ।
प्रकाशित मिति: बुधबार, माघ १५, २०७६  ०७:१८
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
नामिबियाले पायो १४५ को लक्ष्य
नामिबियाले पायो १४५ को लक्ष्य बिहीबार, माघ ८, २०८२
नेदरल्यान्ड्ससँग नेपाल पराजित
नेदरल्यान्ड्ससँग नेपाल पराजित बिहीबार, माघ ८, २०८२
‘टाइगर कप’राष्ट्रिय - अन्तरराष्ट्रिय भलिबलको खेल तालिका सार्वजनिक
‘टाइगर कप’राष्ट्रिय - अन्तरराष्ट्रिय भलिबलको खेल तालिका सार्वजनिक बिहीबार, माघ ८, २०८२
नेदरल्यान्ड्सविरुद्धको खेलमा बलिङ गर्दै नेपाल
नेदरल्यान्ड्सविरुद्धको खेलमा बलिङ गर्दै नेपाल बिहीबार, माघ ८, २०८२
राष्ट्रिय काष्ठमण्डम कराते प्रतियोगिता शुरु
राष्ट्रिय काष्ठमण्डम कराते प्रतियोगिता शुरु बुधबार, माघ ७, २०८२
एन्फाको निर्वाचन स्थगित
एन्फाको निर्वाचन स्थगित बुधबार, माघ ७, २०८२
साफ यू-१९ महिला फुटबल टोली घोषणा
साफ यू-१९ महिला फुटबल टोली घोषणा बुधबार, माघ ७, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP