Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #जनैपूर्णिमा
  • #भव्य नगर
  • #रजु राणा
  • #जर्मन प्राज्ञ
  • #भूमि विधेयक
  • #चिकेन एनेमिया भाइरस
  • #कमला नदीको पक्की पुल
  • #सवारी दुर्घटना
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • क्यानमा कार्यसम्पादन समितिको राजीनामा माग
क्यानमा कार्यसम्पादन समितिको राजीनामा माग
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, माघ १५, २०७९
cann rajinama
काठमाडाैं - नेपाल क्रिकेट सङ्घ ,क्यानका सात जना केन्द्रीय सदस्यले नेपाल टी–२० लिग प्रतियोगिताको क्रममा 'स्पट फिक्सिङ' जस्तो गम्भीर अपराधका लागि बाटो खोलिदिएको भन्दै कार्यसम्पादन समितिको राजीनामा मागेका छन् । क्यानका केन्द्रीय सदस्यहरू ऋषिराम गौतम, दाउन अन्सारी, सञ्जयराज सिंह, करण महतरा क्षेत्री, अमितवीर पाण्डे, छुम्बी लामा र धर्मराज गिरीले आइतवार पत्रकार सम्मलेन गरेर कार्यसम्पादन समितिमा रहेका अध्यक्ष चतुरबहादुर चन्द, कार्यवाहक सचिव प्रशान्त मल्ल, कोषाध्यक्ष रोशन सिंह, केन्द्रीय सदस्यहरू दुर्गाराज पाठक र पदक खड्कालाई राजीनामा दिन माग गरेका हुन् । केन्द्रीय सदस्य छुम्बी लामाले गैरकानुनी काम गरेको क्यान नेतृत्वले गल्ती भयो भन्दैमा उम्किन नपाउने र सम्झौता गलत भएको दाबी गरेका छन्  । गलत तरिकाले गरिएको सम्झौताका कारण उदीयमान खेलाडी सीआईबीको हतकडीमा पर्नुमा क्यान नेतृत्व दोषी रहेको लामाले बताएका छन् । कीर्तिपुरको त्रिवि मैदानमा आयोजना भएको टी–२० लिग प्रतियोगितामा क्यानसँग सम्झौता गरेको रणनीतिक र व्यावसायिक साझेदार कम्पनी सेभेन थ्री स्पोट्र्सकै प्रमुख स्पट फिक्सिङमा संलग्न हुनु दुःखद रहेको भन्दै कार्यसम्पादन समिति दोषी रहेको उनीहरूकाे आरोप छ । लिगको साझेदार कम्पनी नै फिक्सिङमा संलग्न हुनुको मुख्य दोष क्रिकेटको क्यान नेतृत्व भएको र महत्त्वपूर्ण निर्णय गर्ने क्यानको कार्यसम्पादन समिति नै यसको जिम्मेवार हुनुपर्ने पत्रकार सम्मेलनमा उपस्थित एक सदस्य ऋषिराम गौतमले बताए । 'स्पट फिक्सिङ' हुँदा संस्था बिरलै प्रत्यक्षरूपमा संलग्न हुने गरेको तर साझेदार कम्पनी नै फिक्सिङमा संलग्न भएको भन्दै क्यान नेतृत्व र कार्यसम्पादन समिति स्पट फिक्सिङको दोषबाट भाग्न नमिल्ने उनले बताए। सम्झौतामाथि टिप्पणी गर्दै आफूहरूले दुर्घटना हुने भन्दै सचेत गराउँदा पनि कार्यसम्पादन समितिले नेपाल टी–२० लिगको आयोजनाका लागि भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्ससँग सम्झौता गरेर गल्ती गरेको अर्का केन्द्रीय सदस्य सञ्जयराज सिंहले बताए। उनले नेतृत्वलाई बारम्बार सचेत गराउँदा समेत अ‍टेरी गरेको आरोप लगाए । गएकाे पुस ९ देखि २७ गतेसम्म आयोजना भएको प्रतियोगितामा खेलाडीले पारिश्रमिक नपाएको र फिक्सिङका लागि 'अप्रोच' आएको सहभागी खेलाडीले नै बताएका थिए । खेलाडीको त्याे अभिव्यक्तिपछि लिगकाे विवाद बाहिरिएको थियो । त्याे घटनाक्रमपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले लिगमा 'स्पट फिक्सिङ' भएको निष्कर्ष निकालेको थियो । प्रारम्भिक अनुसन्धानपछि सीआईबीले राष्ट्रिय टिमका पूर्वखेलाडी महबुब आलम र राष्ट्रिय टोलीका सदस्य आदील अन्सारीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । साथै एकेन्द्र कुँवरको संयोजकत्वमा गठित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को छानबिन समितिले क्यान र सेभेन थ्री स्पोर्ट्सबीचको सम्झौता प्रतिवेदनले प्रचलित ऐन, नियम बमोजिम प्रक्रिया पूरा नगरिएकाले तत्काल खारेज गर्न सुझाव दिएको थियो । क्यान र सेभेन थ्री स्टारबीच लिग आयोजनाका लागि आठ वर्षको सम्झौता भएको थियो ।  
प्रकाशित मिति: आइतबार, माघ १५, २०७९  २०:१०
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
सनी सिंहले जिते स्वर्ण पदक
सनी सिंहले जिते स्वर्ण पदक मंगलबार, साउन १३, २०८२
दसौँ राष्ट्रिय खेलकुुद प्रतियोगिताको तयारी गर्न प्रधानमन्त्रीको निर्देशन
दसौँ राष्ट्रिय खेलकुुद प्रतियोगिताको तयारी गर्न प्रधानमन्त्रीको निर्देशन सोमबार, साउन १२, २०८२
खेलाडी दर्ता गर्ने आज अन्तिम दिन
खेलाडी दर्ता गर्ने आज अन्तिम दिन मंगलबार, साउन ६, २०८२
बंगलादेशले नेपाललाई  ४-० ले हरायाे
बंगलादेशले नेपाललाई ४-० ले हरायाे मंगलबार, साउन ६, २०८२
कराते खेलाडी अकबरे खुर्सानीखेतीमा व्यस्त
कराते खेलाडी अकबरे खुर्सानीखेतीमा व्यस्त सोमबार, साउन ५, २०८२
दक्षिण कोरियामा नेपाली खेलाडीलाई  ८ स्वर्ण
दक्षिण कोरियामा नेपाली खेलाडीलाई ८ स्वर्ण सोमबार, साउन ५, २०८२
कीर्तिपुर क्रिकेट रंगशाला निर्माण अन्तिम चरणमाः प्रधानमन्त्री
कीर्तिपुर क्रिकेट रंगशाला निर्माण अन्तिम चरणमाः प्रधानमन्त्री बिहीबार, साउन १, २०८२
लोकप्रिय
  • Week
  • Month
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP