Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #डा.विश्वास बस्नेत
  • #काठमाडौं निर्वाचन क्षेत्र नम्बर-२
  • #पुतली_नाच
  • #मनोनयन_दर्ता
  • #शेरबहादुर देउवा
  • #सामाजिक सुरक्षा कोष
  • #रासस
  • #तामाङ_घेदुङ
  • #सोनाम_ल्होछार
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • सहिद स्मारक ‘ए’ डिभिजन लिग – संकटाको जित, आर्मी बराबरीमा
सहिद स्मारक ‘ए’ डिभिजन लिग – संकटाको जित, आर्मी बराबरीमा
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, माघ १२, २०७६
Sankata
Hardik health
काठमाडौं — सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शनिबार सम्पन्न खेलमा संकटा क्बलले जित हात पारेको छ भने लिगको शीर्षस्थानमा कब्जा जमाएको नेपाली सेनाको त्रिभुवन आर्मी क्लब न्यूरोड टिम (एनआरटी) विरुद्ध बराबरीमा रोकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा संकटा क्बलले फ्रेन्ड्स क्बललाई १–० ले पराजित ग¥यो भने पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र एनआरटीबीचको खेल गोलरहित बराबरीमा सकियो । संकटाका अजयी मार्टिन्सको निर्णायक गोलका मद्दतले संकटाले फ्रेन्ड्स क्लबविरुद्ध ३ अंक हात पारेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा संकटाले दोस्रो हाफमा गोल गरेको थियो । खेलको ६४ औं मिनेटमा सुवास गुरुङको कर्नरमा अनमार्क रहेका मार्टिन्सले हेड गोल गरेका थिए । त्यसअघि पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गरेको फ्रेन्ड्सले दोस्रो हाफमा उक्त लयलाई कायम राख्न सकेन । दोस्रो हाफमा संकटा हाबी भएको थियो । दोस्रो हाफको सुरुवातमै कर्ण लिम्बुको चिप बल पोस्टको नजिकैबाट बाहिरिदा संकटा अग्रता बनाउनबाट चुकेको थियो । यस्तै ८३ औं मिनेटमा अर्नेस्ट टेम्पीको पासमा मार्टिन्स गोल गर्न चुके । वान भर्सेस वानको अवस्थामा उनको प्रहार फ्रेन्ड्सका गोलकिपर देव लिम्बुले उत्कृष्ट बचाउ गरे । खेलको इन्जुरी समयमा मासौके मारीको प्रहार पोस्टमा लागेर फर्कदा संकटा अग्रता दोब्बर बनाउन असफल भएको थियो । खेलमा संकटाका लक्ष्मण रुचाल म्यान अफ दि म्याच चुनिए । जितसँगै संकटाले ८ खेलमा १२ अंक जोडेको छ । र, लिगको सातौं स्थानमा उक्लिएको छ । फ्रेन्ड्सले ८ खेलमा ८ अंक जोडेको छ । फ्रेन्ड्स ११ औं स्थानमा रहेको छ । त्यस्तै पहिलो खेलमा न्युरोड टिम एनआरटी क्लबसँग गोलरहित बराबरीमा रोकिँदै नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले अंक बाँडेको हो । एनआरटीविरुद्ध बल पोजिसनमा पकड जमाएपनि आर्मीले गोल गर्न सकेन । उसका लागि एनआरटीका गोलकिपर अजित प्रजापति बाधक बनेका थिए । आर्मीका पदक पटकको प्रहार उनले उत्कृष्ट बचाऊ गरे । खेलको १६ औं मिनेटमा आर्मीका जर्ज प्रिन्स कार्कीले डिबक्सको ठिक बाहिरबाट हानेको सशक्त प्रहार एनआरटीका गोलकिपर अजित प्रजापतिले उत्कृष्ट बचाउ गरे । यस्तै खेलको १७ औं मिनेटमा एनआरटीले पनि गोलको अवसर गुमायो । उसका दर्शन गुरुङले डिबक्स भित्रबाट बाहिर प्रहार गरे । खेलको ८० औं मिनेटमा सुमन अर्यालको हेड बाहिरिएको थियो । खेलको इन्जुरी समयमा जुनियर निकेनगुएले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा एनआरटी १० खेलाडीमा समेटिएको थियो । यस्तै इन्जुरी समयमा आर्मीका सन्तोष तामाङको उत्कृष्ट फ्रिकिक पनि अजितले उत्कृष्ट बचाऊ गरे । खेलमा एनआरटीका गोलकिपर अजित प्रजापति म्यान अफ दि म्याच चुनिए । आर्मीले ८ खेलमा १७ अंक जोडेको छ । र, आर्मी दोस्रो स्थानको मछिन्द्र भन्दा १ अंकले अघि रहेको छ । एनआरटीले ८ खेलमा १२ अंक जोडेको छ । एनआरटी पाँचौं स्थानमा रहेको छ ।
प्रकाशित मिति: आइतबार, माघ १२, २०७६  ०६:४४
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
नामिबियाले पायो १४५ को लक्ष्य
नामिबियाले पायो १४५ को लक्ष्य बिहीबार, माघ ८, २०८२
नेदरल्यान्ड्ससँग नेपाल पराजित
नेदरल्यान्ड्ससँग नेपाल पराजित बिहीबार, माघ ८, २०८२
‘टाइगर कप’राष्ट्रिय - अन्तरराष्ट्रिय भलिबलको खेल तालिका सार्वजनिक
‘टाइगर कप’राष्ट्रिय - अन्तरराष्ट्रिय भलिबलको खेल तालिका सार्वजनिक बिहीबार, माघ ८, २०८२
नेदरल्यान्ड्सविरुद्धको खेलमा बलिङ गर्दै नेपाल
नेदरल्यान्ड्सविरुद्धको खेलमा बलिङ गर्दै नेपाल बिहीबार, माघ ८, २०८२
राष्ट्रिय काष्ठमण्डम कराते प्रतियोगिता शुरु
राष्ट्रिय काष्ठमण्डम कराते प्रतियोगिता शुरु बुधबार, माघ ७, २०८२
एन्फाको निर्वाचन स्थगित
एन्फाको निर्वाचन स्थगित बुधबार, माघ ७, २०८२
साफ यू-१९ महिला फुटबल टोली घोषणा
साफ यू-१९ महिला फुटबल टोली घोषणा बुधबार, माघ ७, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP