Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #डा.विश्वास बस्नेत
  • #काठमाडौं निर्वाचन क्षेत्र नम्बर-२
  • #पुतली_नाच
  • #मनोनयन_दर्ता
  • #शेरबहादुर देउवा
  • #सामाजिक सुरक्षा कोष
  • #रासस
  • #तामाङ_घेदुङ
  • #सोनाम_ल्होछार
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • सहिद स्मारक ‘ए’ डिभिजन लिग – थ्रीस्टार र जावलाखेल विजयी
सहिद स्मारक ‘ए’ डिभिजन लिग – थ्रीस्टार र जावलाखेल विजयी
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, माघ १०, २०७६
Thirstar
Hardik health
काठमाडौं — सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको बिहीबार सम्पन्न खेलमा जावलाखेल युथ क्लब र थ्रीस्टार क्लब विजयी भएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा जावलाखेल युथ क्लबले सशस्त्र प्रहरीको एपीएफ क्लबलाई १–० ले पराजित गरेको छ भने हिमालयन शेर्पा क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै थ्री स्टार लिगको शीर्ष तीनमा उक्लिएको छ । जावलाखेललाई जित दिलाउन विदेशी खेलाडी फोडे फोफानाले निर्णायक गोल गरे । फोफानाले खेलको ७१ औँ मिनेटमा गोल गरेका हुन् । खेलको ५७ औं मिनेटमा जावलाखेल १० खेलाडीमा समेटिएको थियो । गोलकिपर टेकेन्द्र थापाले रातो कार्ड पाएपछि जावलाखेलले १० खेलाडीमा रहेर खेलेको थियो । एपीएफका आशिष लामासँग वान भर्सेस वानमा अवस्थामा डिबक्सको ठिक बाहिर ह्याण्ड गरेपछी रेफ्री कबिन ब्यन्जनकारले गोलरक्षक टेकेन्द्रलाई सिधै रातो कार्ड देखाएका थिए । तर, एपीएफले त्यसको फाइदा उठाउन सकेन । खेलको ६९ मिनेटमा जावलाखेलले गोल गर्ने सुन्दर मौका पाएको थियो । तर, उसका सुजित बुढाथोकी चुके । खेलमा जावलाखेलका फोडे म्यान अफ दि म्याच चुनिए । एपीएफमाथिको जितसँगै जावलाखेल लिगको पाँचौं स्थानमा उक्लिएको छ । जावलाखेलले ८ खेलमा १२ अंक जोडेको छ । पराजित एपीएफ ८ खेलमा ५ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ । त्यस्तै शुसिल राई, सन्जोग राई र ओलानडिरन हाजमतको एक एक गोलको मद्दतले थ्री स्टारले हिमालयन शेर्पाविरुद्ध सहज जित हात पार्याे । स्टेफेन समिरले सान्त्वना स्वरूप शेर्पाका लागि एक गोल फर्काए पनि जितका लागि उनको गोल काफी भएन । तुलनात्मक कमजोर टिम शेर्पाविरुद्ध खेलको छैटौं मिनेटमा शुसिलले गोल गर्दै थ्री स्टारलाई १–० को अग्रता दिलाएका थिए । पहिलो हाफमा थप गरिएको इन्जुरी समयको पहिलो मिनेटमा स्टेफेनले गोल गर्दै शेर्पालाई १–१ को बराबरीमा ल्याए । तर, त्यसको एक मिनेटपछि सन्जोगले गोल गर्दै पहिलो हाफमा थ्री स्टार २–१ को अग्रता दिलाए । त्यसपछि खेलको ५० औं मिनेटमा निशान खड्काको पासमा शेर्पाका गोलकिपर किशोर गिरीलाई बिट गर्दै हाजमतले उत्कृष्ट गोल गर्दा थ्री स्टारले ३–१ को सहज जित निकाल्यो । खेलमा थ्री स्टारका सन्जोग म्यान अफ दि म्याच चुनिए । जितसँगै तेस्रो स्थानमा उक्लिएको थ्री स्टारले ८ खेलमा १४ अंक जोडको छ । शेर्पाले ८ खेलमा ७ अंक जोडेको छ । शेर्पा लिगको ११ औं स्थानमा रहेको छ ।
प्रकाशित मिति: शुक्रबार, माघ १०, २०७६  ०७:१९
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
नामिबियाले पायो १४५ को लक्ष्य
नामिबियाले पायो १४५ को लक्ष्य बिहीबार, माघ ८, २०८२
नेदरल्यान्ड्ससँग नेपाल पराजित
नेदरल्यान्ड्ससँग नेपाल पराजित बिहीबार, माघ ८, २०८२
‘टाइगर कप’राष्ट्रिय - अन्तरराष्ट्रिय भलिबलको खेल तालिका सार्वजनिक
‘टाइगर कप’राष्ट्रिय - अन्तरराष्ट्रिय भलिबलको खेल तालिका सार्वजनिक बिहीबार, माघ ८, २०८२
नेदरल्यान्ड्सविरुद्धको खेलमा बलिङ गर्दै नेपाल
नेदरल्यान्ड्सविरुद्धको खेलमा बलिङ गर्दै नेपाल बिहीबार, माघ ८, २०८२
राष्ट्रिय काष्ठमण्डम कराते प्रतियोगिता शुरु
राष्ट्रिय काष्ठमण्डम कराते प्रतियोगिता शुरु बुधबार, माघ ७, २०८२
एन्फाको निर्वाचन स्थगित
एन्फाको निर्वाचन स्थगित बुधबार, माघ ७, २०८२
साफ यू-१९ महिला फुटबल टोली घोषणा
साफ यू-१९ महिला फुटबल टोली घोषणा बुधबार, माघ ७, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP