Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #शेरबहादुर देउवा
  • #सोनाम_ल्होछार
  • #तामाङ_घेदुङ
  • #सामाजिक सुरक्षा कोष
  • #रासस
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • तीन सय २४ खेलाडी प्रदेश सरकारबाट नगदसहित सम्मानित
तीन सय २४ खेलाडी प्रदेश सरकारबाट नगदसहित सम्मानित
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, मंसिर १८, २०७९
Hardik health
कास्की-  राष्ट्रिय खेलकुदमा तीन सय २४ पदक विजेता खेलाडीहरुलाई प्रदेश सरकारबाट नगदसहित सम्मानित गरेकाे  छ । गण्डकी प्रदेशमा सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता गण्डकी प्रदेशका खेलाडीहरूलाई प्रदेश सरकारले नगदसहित सम्मान गरेको हाे । प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजनामा आज पोखरा रङ्गशालामा आयोजित कार्यक्रममा पदक विजेता खेलाडी, प्रशिक्षक तथा टिम व्यवस्थापकलाई सम्मान गरिएको हो । राष्ट्रिय खेलकुदमा स्वर्ण पदक प्राप्त गर्न सफल एकल तथा टिमतर्फ गरी कूल ७२, रजत पदक विजेता ९२ र कास्य पदक विजेता एक सय ६० गरी तीन सय २४ खेलाडीलाई सम्मान गरिएको हो । प्रतियोगितामा समावेश ३६ खेलमध्ये गण्डकीले २८ खेलमा पदक जितेको थियो । गण्डकी राष्ट्रिय खेलकुदको इतिहासमा पहिलो पटक नवौँमा सातै प्रदेशमध्ये प्रथम स्थान प्राप्त गर्न सफल थियो भने समग्रमा विभागीय टिम पश्चात चौथो स्थान प्राप्त गरेको थियो । यसैगरी खेल प्रशिक्षक र व्यवस्थापक गरी ८२ र २८ खेल सङ्घलाई सम्मान गरिएको छ । गत असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा सम्पन्न नवौँ राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशले ३२ स्वर्ण, ३१ रजत र ७६ कास्य पदक जितेको थियो । प्रदेश सरकारले राष्ट्रिय खेलकुदमा एकलतर्फ स्वर्ण पदक विजेतालाई नगद रु १८ हजार, रजतलाई रु १२ हजार र कास्य पदक विजेतालाई रु आठ हजार प्रदान गरेको छ । यसैगरी टिममा स्वर्ण पदक विजेतालाई नगद जनही रु नौ हजार, रजततर्फ रु छ हजार र कास्य पदक विजेतालाई रु चार हजारसहित सम्मान गरिएको हो । यसैगरी प्रशिक्षकतर्फ स्वर्ण, रजत र काश्य पदक विजेतालाई क्रमश जनही नगद रु १० हजार, आठ हजार र छ हजार प्रदान गरिएको थियो । टिमका व्यवस्थापकलाई जनही नगद रु आठ हजार, छ हजार र चार हजार प्रदान गरिएको गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव घनश्याम पौडेलले जानकारी दिए । खेल सङ्घतर्फ स्वर्ण पदक विजेतालाई नगद रु ४० हजार, रजत पदक विजेतालाई नगद रु ३० हजार र कास्य पदक विजेता सङ्घलाई नगद रु २० हजार प्रदान गरेको छ । नवौँमा ‘रेकर्ड ब्रेक’ गर्ने आर्चरी खेलका जागृत गुरुङलाई थप नगद रु १० हजारसहित सम्मान गरिएको थियो । पदक विजेता खेलाडी, प्रशिक्षक, व्यवस्थापक र खेल सङ्घलाई गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ, युवा तथा खेलकुद मन्त्रालयका सचिव बद्रीनाथ अधिकारी, परिषद्का उपाध्यक्ष ध्वजकुमार गुरुङ, नेपाली सेनाका पश्चिम पृतनापति दीपक बानियाँ लगायतले पुरस्कार वितरण गरेका थिए ।
प्रकाशित मिति: आइतबार, मंसिर १८, २०७९  १९:५४
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
साफ यू-१९ महिला फुटबल टोली घोषणा
साफ यू-१९ महिला फुटबल टोली घोषणा बुधबार, माघ ७, २०८२
ईन्डिया कपमा नेपाललाई दुई स्वर्ण सहित पाँच पदक
ईन्डिया कपमा नेपाललाई दुई स्वर्ण सहित पाँच पदक सोमबार, माघ ५, २०८२
अनिशा र विन्दु फाइनलमा
अनिशा र विन्दु फाइनलमा सोमबार, माघ ५, २०८२
नेपाल थाइल्याण्डसँग पराजित
नेपाल थाइल्याण्डसँग पराजित आइतबार, माघ ४, २०८२
थाइल्याण्डलाई जितका लागि १२३ रनको लक्ष्य
थाइल्याण्डलाई जितका लागि १२३ रनको लक्ष्य आइतबार, माघ ४, २०८२
थाइल्यान्डविरुद्धको खेलमा नेपालले ब्याटिङ गर्दै
थाइल्यान्डविरुद्धको खेलमा नेपालले ब्याटिङ गर्दै आइतबार, माघ ४, २०८२
हाफ म्याराथनको उपाधि गुरुङलाई
हाफ म्याराथनको उपाधि गुरुङलाई बुधबार, पुस ३०, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP